Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

तरुण दलको लम्मजुङ अधिवेशनमा खुकुरी प्रहार, ४ घाइते मध्य २ लाई काठमाडौं रिफर

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको छ । सो क्रममा चार जना घाइते भई दुई जना उपचारपछि घर फर्केका छन् भने दुईजनाको थप उपचारका लागि शनिबार काठमाडौं रिफर गरिएको छ ।

जिल्ला सदरमुकाम बेसीसहरमा भएको तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा एक पक्षबाट अर्को पक्षलाई खुकुरी प्रहार भएको हो । तरुण दलको संस्थापन पक्षका र इतर पक्षका तरुणहरूमाथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी सहभागीहरूले बताएका छन् ।

घाइते हुनेमा बेसीसहर नगरपालिका– ९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहनेको घाइते किशोरजङ्ग बस्नेतले बताए । उनका अनुसार काँग्रेसका जिल्ला सभापति टकराज गुरुङ, जिल्ला सचिव कृष्णबहादुर अधिकारी र पूर्वक्षेत्रीय सभापति बृषराज गुरुङले हतियार प्रयोग गर्न उक्साएका हुन् ।

‘राजनीति आफ्नो ठाउँमा छ प्रहरीले खुकुरी र तरबार खोजेको छ, तिनलाई कारवाही भएन भने राम्रो हुँदैन, प्रशासनप्रति पनि हाम्रो आपक्ति रहनेछ’ बस्नेतले भने, ‘हामी त बेसीशहरकै बासिन्दा हो, भोलिका दिनमा अन्य कोही काँग्रेस कुटियो भने त्यतिबेला हामीलाई पनि गिरफ्तार गर्र्न पाइन्न ।’

घाइतेमध्ये नेविसंघका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारका लागि काडमाडौं रिफर गरिएको प्रदेश अस्पताल लमजुङका एचए गौतम पण्डितले बताए । उनका अनुसार खुशीजङ गुरुङलाई पनि रिफर गरिएको छ, दुवैको टाउकोमा समस्या देखिएको हुँदा सिटि स्क्यानका लागि रिफर गरिएको हो ।

अन्य दुई जना घाइते उपचार पछि र फर्किएकाछन् । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेसका पूर्व जिल्लासभापति समेत रहेका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल पक्षधर युुवाहरू बिचको गुटबन्दीले घटना निम्तिएको हो ।

उक्त अधिवेशनमा कार्यसमितिको निर्वाचन निर्विरोध गर्नेका नाउँमा प्रतिनिधि छनौटदेखि कार्यसमितिमा एक लौटी गर्ने, कतिपय पुराना सदस्यलाई हटाएर चिन्दै नचिनेका व्यक्तिलाई पदाधिकारीमा ल्याउन काम गर्नु भएन नयाँ पुरानालाई मिलाएर समिति गठन गरौं भन्ने हाम्रो आग्रहलाई लत्याइयो किशोरजङ्ग बस्नेतले बताए ।उनका अनुसार तरुण दलको जिल्ला अध्यक्षको प्रत्यासी समेत रहेका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, अध्यक्षका अर्का आकांक्षी भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारी लगायतलाई सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट छेकिएको हुँदा हाम्रो आपत्ती छ । उनले भने, ‘हामीलाई वार्ताका नाउँमा बोलाएर हतियार प्रहार गर्ने काम भयो, हाम्रो पनि नियत खराब हुन्थ्यो भने त्यस्तो हतियार हामीले पनि ल्याउन सक्थ्यौं ।’

यस विषयमा बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलसँग सम्पर्क गर्दा तपाईले जे थाहा पाउनु भयो, त्यही हो भने । उनलाई घट्नास्थलबाट हतियार बरामत भएको हो ? भन्ने जिज्ञासामा ‘यस विषयमा पनि बुझेर कुरा गर्छु नि है १’ भन्ने जवाफ दिए ।

यस घट्नाका विषयमा काँग्रेसका आधिकारिक व्यक्तिहरू कसैले पनि बोल्न चाहेका छैनन् । अधिकांशको फोन उठेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending