काठमाडौं। संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिबेदनमा पुन: असन्तुष्टी जाहेर भएको छ ।
गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर बिधालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टी जाहेर गरेको हो ।
आन्दोलनको मागको मर्म बिपरित शिक्षा उप समितिले प्रतिवेदन बुझाएको भन्दै अध्यक्ष लक्ष्मी किशोर सुबेदीले सामाजिक सञ्जालवाट असहमति जाहेर गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘शिक्षा उपसिमितिको प्रतिवेदन’ शिर्षकमा असहमति जाहेर गर्दै लेखेका छन, ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेश गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो ।’
उनले अगाडी भने, ‘यसले अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी र करार, सिकाइ अनुदान, प्राविधिक धार, विेशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमती बमोजिम न्याय गरेन, आबाधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो, सरुवा झन् शिक्षक मारा भयो, अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन भएन, विभागीय कार्यबाही जस्ताको तस्तै रहयो ।’
हिजो मात्रै उपसमितिले आफ्नो प्रतिबेदन मुल समिति समक्ष पेश गरेको थियो, त्यसमा आन्दोलनरत शिक्षक महासंघको पुरै असन्तुष्टी देखिएको छ । अध्यक्ष सुबेदी अगाडी लेख्छन्, ‘बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन, सबैलाई अन्याय गर्न खोजियो, विक्रम सम्बत २०७५, २०७८ र २०८० मा भएका सबै सहमतिलाई लत्याइयो र भर्खरै भएको २०८१ ०८२ को आन्दोलनलाई पनि बिर्सिएको देखियो।’
महासंघको निष्कर्षमा अध्यक्ष सुबेदीले भनेका छन, ‘अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १६:०१
काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...
आषाढ़ ५ गते, २०८३ - १५:५६
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...
आषाढ़ ५ गते, २०८३ - १५:४८
काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...
आषाढ़ ५ गते, २०८३ - १५:३३
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...
आषाढ़ ५ गते, २०८३ - १५:२१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर ...
आषाढ़ ५ गते, २०८३ - १५:०२
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादे...
आषाढ़ ५ गते, २०८३ - १४:५२
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएको छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले ‘राष्ट्र ऋण...
आषाढ़ ५ गते, २०८३ - १४:३९
काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएको उक्त अध्यादेश पछिल्ल...
आषाढ़ ५ गते, २०८३ - १४:२९
काठमाडौँ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मक...
आषाढ़ ५ गते, २०८३ - १४:१६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा आर्थिक विधेयकसम्बन्धी छलफलका क्रममा सांसदहरूले प्रस्तुत गर्ने धारणा विरोधाभासपूर्ण भएको टि...



प्रतिकृया लेख्नुहोस्: