Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गरिने

खबरडबली संवाददाता

काठमाडौँ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।

सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को कार्यअवधि आगामी २०८३ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । यसैगरी, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग ९रावल आयोग०, २०५२ को प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।

बैठकले सिन्धुपाल्चोक निवासी रमेशकुमार धिताललाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको छ । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग आबद्ध मुलुकबीच निकासी हुने वस्तुको भन्सारमा पूर्वजानकारी प्राप्त गर्नेसम्बन्धी समझदारीपत्रलाई सरकारले स्वीकृत गरेको छ । उक्त दस्ताबेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न भन्सार विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

उहाँका अनुसार मध्य भोटेकोशी जलविद्युत् आयोजनाले प्रयोग गरेको वन क्षेत्रको जग्गाबापत उपलब्ध गराउनुपर्ने सट्टाभर्ना जग्गाको समयसीमा थप गर्न बैठकले स्वीकृति प्रदान गरेको छ । नेपाली सेनातर्फ एक जना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरिएको छ । यसका साथै, अवकाश हुनुपूर्व एक जना महासेनानीलाई सहायक रथी र एक जना सहायक रथीलाई उपरथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहाको बालकको मृत्युपछि भगवानपुर तनावग्रस्त, स्वास्थ्य केन्द्रमा तोडफोड र हुलाकी सडक अवरुद्ध

सिरहा। सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा समयमै एम्बुलेन्स उपलब्ध...

मकवानपुरमा भिरबाट लडेर ४५ वर्षीय थिङको मृत्यु

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस...

सांसदका स्वकीय सचिव नियुक्तिको निर्णयविरुद्ध जेनजी नागरिक अभियानको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...

स्वास्थ्य अवस्था जटिल बनेपछि डा केसी सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना

धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...

सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने

बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending