लमजुङ। चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मेकी फुटबलर सावित्रा भण्डारीको सम्मानमा स्थापना गरिएको चोकमा साम्बाको स्क्याचुसहित स्तम्भ निर्माण गरिएको हो ।
सो स्तम्भको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बोहोरा, सशस्त्र प्रहरी आश्रित गुल्मका डिएसपी दीपक पुरी, अनुसन्धान प्रमुख विष्णुहरि पण्डितलगायतको सहागिता थियो ।
“हाम्रो चेली सावित्राले फुटबल खेलको क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुँदा पालिकाबासी धेरै हर्षित छौं”, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, “पालिकाको मात्र नभएर राष्ट्रको गहनाको रुपमा स्थापित सावित्राको सम्मानार्थ साम्बा चोक स्थापना गरेका हौं ।”
प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले सावित्रा भण्डारी जस्ता खेलाडीहरुले राष्ट्रलाई खेलका माध्यमबाट विश्वसामु परिचित गराएको बताए । उनले राज्यले यस्ता खेलाडीलाई सदैव सम्मान गर्नुपर्ने बताए। अन्नपूर्ण पदमार्ग अन्र्तगत मनाङ जाने सडकमा अबस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने वडा नं। ९ का वडाअध्यक्ष हरिश्चन्द्र थापाले बताए।
हाल फ्रान्सेली लिग प्रिमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिमा खेल्दै आउनुभएकी सावित्राले आफ्नो नाममा चोकको नामाकरण गरिएको र स्तम्भ राखिएकोमा खुसी ब्यक्त गरे । “मेरो नाममा चोकको नामाकरण गर्ने पालिकाको निर्णयले धेरै खुसी तुल्याएको छ”, उनले भने, “यो निर्णय र कामका लागि म गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।”
स्तम्भ उद्घाटनका क्रममा साम्बाका बुवा आमा थमबहादुर भण्डारी र मुना भण्डारीलाई सम्मान गरिएको थियो । छोरीको नाममा चोकको नामाकरण भएकोमा साम्बाका बुवा थमबहादुरले खुसी ब्यक्त गरे।
वि.सं. २०५४ जेठ १० गते मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छिन्। सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बाले नेपाली महिला टोलीका लागि हालसम्म ५० भन्दा बढी गोल गरिसकेको छिन् । सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता छिन्। साबित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि छिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १३:४३
काठमाडौं । गृहमन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी...
फाल्गुन २० गते, २०८२ - १३:३५
घोराही। दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणन...
फाल्गुन २० गते, २०८२ - १३:३०
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी का क...
फाल्गुन २० गते, २०८२ - १३:२३
काठमाडौं । कन्सुलर सेवा विभाग ले यूएईमा ट्रान्जिट परेर रोकिएका नेपालीहरूको विवरण संकलन सुरु गरेको छ। नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको पर...
फाल्गुन २० गते, २०८२ - १३:११
डोल्पा । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने एक दुर्गम मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको शे(फोक्स...
फाल्गुन २० गते, २०८२ - १३:०४
जमुनाह। बाँके जिल्लामा भोलि हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प...
फाल्गुन २० गते, २०८२ - १२:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। कालोस...
फाल्गुन २० गते, २०८२ - १२:०७
ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका घटनामा संलग्न कुल...
फाल्गुन २० गते, २०८२ - १२:०१
तनहुँ। निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले फागुन २० देखि ...
फाल्गुन २० गते, २०८२ - ११:५६
काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।...



प्रतिकृया लेख्नुहोस्: