Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अझैसम्म पनि कार्यान्वयनमा आएन सर्वोच्च अदालतले ७ वर्ष अघि दिएको आदेश

खाडी जाने कामदार भिसा र टिकट खर्च व्यहोर्न बाध्य, मन्त्रालय रमिते मात्र

खबरडबली संवाददाता

काठमाडौं । खाडी मुलुक सहित एशियाका सात गन्तव्यमा वैदेशिक रोजगारका लागि जाने श्रमिकको भिसा र हवाई टिकटवापतको खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गर्न सर्वोच्च अदालतले ७ वर्ष अघि दिएको निर्देशनात्मक आदेश अझैसम्म पनि कार्यान्वयनमा आएको छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार दलाल(म्यान पावर)मार्फत हुँदै आएको ठगी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा कामदार ठगिने अवस्थाको अन्त्य हुन नसकेको हो।

श्रम मन्त्रालयले २०७२ साल असार २१ गते युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार र साउदी अरबसमेत ७ श्रम गन्तव्य मुलुकमा जाने नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बेहोनुपर्ने निर्णय गरेकोमा सर्वोच्च अदालतले २०७५ पाैष १८ गते मा निःशुल्क भिसा र टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न पनि निर्देशनात्मक आदेश समेत जारी गरेको थियो।

मन्त्रालयको निर्णय र सर्वोच्चको आदेशका बावजुद पनि म्यानपावर सप्लायर्सले विभिन्न बहानामा श्रमिकको शोषण गर्ने क्रम जारी नै राखेका छन्।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २४ मा कुनै खास मुलुक वा कम्पनीको लागि प्रति कामदार सेवा शुल्क र प्रवर्द्धन खर्च सम्बन्धित संस्थाले लिन पाउने रकमको अधिकतम हद तोक्ने उल्लेख छ।

वैदेशिक रोजगार विभागको अभिलेख अनुसार आर्थिक वर्ष २०८०।८१ मा वैदेशिक रोजगारीमा गएका कुल सङ्ख्या ७ लाख ४१ हजार २९७ मध्ये ती मुलुकमा मात्र ६ लाख ४३ हजार ८०४ (८७ प्रतिशत) र युनाइटेड अरब इमिरेट्समा मात्र १ लाख ९३ हजार ४३८ (२६ प्रतिशत) वैदेशिक रोजगारीमा गएको देखिन्छ।

महालेखा परिक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदनमा समेत प्रमुख श्रम गन्तव्य मुलुकहरूको भिसा र टिकट प्राप्ती सहज र मितव्ययी बनाउनका लागि वैदेशिक रोजगार विभागलाई सुझाव दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending