Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

किन अस्वीकार गर्दै छन् प्रधानमन्त्री ओलीलाई भेट्न देउवा ?

गभर्नर नियुक्तिमा टिकेको गठबन्धन

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ दलबीचको किचलोका कारण नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन सकेको छैन । गभर्नर नियुक्तिमा ढिलाइ हुन थालेपछि सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले सरकारको आलोचना गर्न थालेका छन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित साना दलको गठबन्धन सरकार छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको सहमतिअनुसार गभर्नर कांग्रेसको कोटामा परेको छ । तर, महिनौंदेखि गभर्नर नियुक्त हुन नसक्दा सत्तारूढ दल कांग्रेसभित्रै आशंका बढ्दै गइरहेको छ ।

सोमबार मन्त्रिपरिषद् बैठक बोलाइएको थियो र बैठकबाट गभर्नर नियुक्त गर्ने बताइएको थियो । तर, प्रधानमन्त्री ओलीले एकाएक मन्त्रिपरिषद् बैठक स्थगित गरे । ओली र देउवाबीच सोमबार नै छलफल हुने बताइए पनि देउवा बालुवाटार गएनन् । छलफलका लागि बालुवाटारमा ओलीले देउवालाई पर्खिबसे तर ओली भेट्न देउवा गएनन् । गभर्नर नियुक्तिमा देखिएको गाँठो फुकाउने ’दयगतमा ओलीले देउवासँग छलफल गर्न खोजेका थिए । हुन त यसअघि गभर्नर नियुक्तिको विषयमा ओली र देउवाबीच छलफल हुँदैआएको छ । यस विषयमा दुई नेताका बीचमा पटक–पटक गरी घण्टौं छलफल भए पनि राष्ट्र बैंकले गभर्नर पाउन सकेको छैन ।

मन्त्रिपरिषद्ले निर्णय गर्नुभन्दा अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय गभर्नर सिफारिस समितिले सिफारिस गर्नुपर्ने हुन्छ । तर, सो समितिले अझै नामावली सिफारिस गर्न सकेको छैन । ओली र देउवाले जति छलफल गरे पनि गभर्नरको नाम भने सिफारिस समितिमा अड्काएर राखिएको छ ।

विगत डेढ महिना लामो अवधिदेखि राष्ट्र बैंक गभर्नरविहीन छ । कानुनतः गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअगावै नयाँ नियुक्ति गरिनुपर्ने हुन्छ । तर, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको डेढ महिना भइसक्दा पनि राष्ट्र बैंकले गभर्नर पाउन सकेको छैन ।

सत्तारूढ दल कांग्रेसका एक नेताले गभर्नर नियुक्तिमै अहिलेको गठबन्धनको भविष्य रहेको जनाएका छन् । सहमतिअनुसार अगाडि नबढे सत्तारूढ गठबन्धन पनि नरहनसक्ने दाबी उनको छ । ‘अहिलेको गठबन्धनको भविष्य गभर्नर नियुक्तिमै रहेको छ, सहमतिअनुसार अगाडि नबढे गठबन्धन बदलिन पनि सक्छ, नेताहरू निरन्तर छलफलमा हुनुहुन्छ हेरौं के हुन्छ,’ ती नेताले भने ।

ओली र देउवाबीच भएको सहमतिअनुसार गभर्नर कांग्रेसले पाउनुपर्ने दाबी कांग्रेस नेताहरूले गर्दै आएका छन् । तर, नियुक्तिमा ढिलाइ भएपछि नेताहरूले गठबन्धन भत्किने चेतावनीसहितको असन्तुष्टिसमेत पोख्दै आएका छन् ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफूहरूले राष्ट्र बैंकको गभर्नरमा प्रोफेसनल मान्छे आओस् भन्ने चाहेको बताए । कास्की पुगेका प्रवक्ता महतले प्रधानमन्त्री ओलीको अहिलेको जस्तो मानसिकताबाट गठबन्धन नचल्ने चेतावनीसमेत दिए ।

मैले जे सोच्छु, त्यही नै सत्य हो भन्ने प्रधानमन्त्री ओलीको मानसिकता रहेको टिप्पणी गर्दै प्रवक्ता महतले भने, ‘मैले जे सोच्छु, त्यही नै ध्रुव सत्य हो, अरूले मेरो किन विरोध गरिरहेका होलान् भन्ने मानसिकताबाट गठबन्धन चल्दैन ।’

त्यस्तै, फरक प्रसंगमा उनले टेरामक्स प्रकरणमा पार्टीका नेता मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दा चलाइएकामा असन्तुष्टि व्यक्त गरे । उनले सो प्रकरणमा अरूलाई जोगाउने प्रयास भएको र सबै मोहन बस्नेतलाई मात्रै जिम्मा लगाइएकामा आश्चर्य लागिरहेको बताए । यस सन्दर्भमा आफूले थप बुझ्ने प्रयास गरिरहेको पनि प्रवक्ता महतले बताए ।

साथै, नेता बस्नेतलाई भ्रष्टाचार मुद्दा लगाइएकामा पार्टीले डिफेन्स नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । अरू दलले आफ्ना नेतामाथि त्यसरी मुद्दा लगाउँदा जुलुस, धर्नालगायतका अनेक गतिविधि गर्ने गरेकामा कांग्रेस भने चुप बसिरहेको उनले बताए ।

यस्तै, कांग्रेस महामन्त्री गगनकुमार थापाले अहिले पार्टीभित्र उकुसमुकुस, गुनासो र असन्तुष्टि रहेको बताएका छन् । काठमाडौंमा आयोजित सान्दाजु उपन्यास सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस तीनै तहको सरकारमा सहभागी भएर पनि खुसी हुन नसकिरहेको बताए । तीनै तहको सरकारमा सहभागी, गभर्नर पनि कांग्रेसलाई नै र अबको केही समयपछि प्रधानमन्त्री पनि पाउने निश्चित हुँदा पनि कांग्रेस अहिले खुसी नरहेको उनले बताए ।

‘कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो र असन्तुष्टि छ, छट्पटाहट देखिन्छ तर म एउटा अवसर पनि छ, भनिरहेको छु, कांग्रेसका सन्दर्भमा हामीले लामो समयदेखि टेक्निकल कुरा ग¥यौं, निर्वाचनको कुरा ग¥यौं, चुनाव जित्नुपर्छ भन्यौं, को उम्मेदवार बन्ने कुरा ग¥र्यौं, यसपटकको घटनाले हामीलाई के देखाइदिएको छ रु हामीले अहिले निर्वाचन जितेका छौं,’ उनले भने । नेपालको सबैभन्दा ठूलो पार्टी आफूहरू नै भएको र सबैतिर सरकारमा पनि आफूहरू भएकामा खुसी हुनुपर्नेमा खुसी हुन नसकेको उनको भनाइ छ ।

यसअघि पनि कांग्रेस नेताहरूले सरकारविरुद्ध असन्तुष्टि पोख्दै आएका छन् । सदनदेखि सार्वजनिक कार्यक्रमका साथै पार्टीकै बैठकमा सरकारविरुद्ध असन्तुष्टि पोखिँदै आएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध नेताहरूले असन्तुष्टि पोखिरहेका कारण कांग्रेस सभापति देउवा दबाबमा रहेका छन् । यो समाचार राजधानी दैनिकबाट लिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending