Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सरुवा रोग अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्दै

खबरडबली संवाददाता

काठमाडौं । गर्मी बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले गर्मी बढेसँगै अस्पतालको बहिरंग सेवा (ओपिडी) लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिए । उनका अनुसार अस्पतालमा चैत अन्तिम हप्तादेखि ओपिडीमा आउने बिरामी र अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढ्दो छ ।

उनि भने, “चैत महिनाको अन्तिमदेखि ओपिडीमा आउने बिरामीको सङ्ख्या बढ्दो छ । यो भन्दा पहिले पाँच छ÷सय बिरामीले ओपिडी सेवा दिने गरेकोमा यो सङ्ख्या बढेर एक हजार देखि १२ सय पुगेको छ ।” ज्वरो, निमोनिया, रुघाखोकी, झाडा बान्ता हुने, पेट दुख्ने, सर्पले टोकेर बिरामी अस्पतालको ओपिडीमा आउने गरेको उनले बताए । 

त्यसैगरी, अस्पतालको इमर्जेसीमा ज्वरो, झाडापखाला, रुघाखोकीलगायतको समस्या लिएर बिरामी आउने गर्छन् । उनका अनुसार चैतदेखि वैशाख महिनामा सात जना डेंगुका विरामी अस्पतालमा भर्ना भएर उपचार गराएका छन् । 

त्यस्तै दुई हप्तादेखि दैनिक पाँच/छ जना सर्पदंशका बिरामी अस्पतालमा पुग्ने गर्छ । ज्वरो आएर, रुघा खोकी लागेक दैनिक १०/१२ जना विरामी आउने उनको भनाइ छ ।कालाजार, रेविजविरुद्धको खोप लगाउन बिरामी पनि अस्पतालमा पुग्ने गर्छन् । अस्पतालमा फुड प्वाइजनको कारणले झाडा पखाला, वान्ताको समस्या लिएर आउने विरामीको सङ्ख्या पनि बढ्दो छ ।

उनका अनुसार अस्पतालमा भर्ना हुने विरामीको सङ्ख्या बढ्दो छ । अस्पतालमा निमोनिया टाइफाइड, दम, ज्वरो, कालाजार, मलेरिया, रेबिज, टिटनास, सर्पदंशका बिरामी भर्ना हुने गरेका छन् । गर्मी मौसममा गर्मीजन्य रोगबाट बच्न सरसफाइमा ध्यान दिन सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनको आग्रह छ । गर्मी बढेसँगै ज्वरो आउने, सर्पले टोकेर, निमोनिया, झाडा बान्तालगायतका बिरामी बढ्दै गएकाले खानपान र सरसफाइमा ध्यान दिन उनले आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: