Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

प्रहरी हिरासतमा अनिवार्य सीसीटीभीको माग गर्दै दायर हुन लागेको रिट सर्वोच्चबाट दरपिठ

खबरडबली संवाददाता

काठमाडौं। नेपालभरका प्रहरी कार्यालय र हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख निश्चित अवधिसम्म सुरक्षित राख्ने व्यवस्था गर्न माग गरिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ।

कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गर्न खोजेको रिट बिहीबार सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलको आदेशबाट दरपिठ भएको हो।

निवेदनमा देशभरका प्रहरी कार्यालय तथा हिरासत कक्षका सबै भाग समेटिने गरी सीसीटीभी जडान गर्न, रातिको समयमा समेत स्पष्ट दृश्य देखिने नाइट भिजन प्रविधिसहित अडियो र भिडियो दुवै रेकर्ड हुने प्रणाली प्रयोग गर्न तथा रेकर्ड भएका फुटेज कम्तीमा १२ देखि १८ महिनासम्म सुरक्षित राख्ने कानुनी व्यवस्था गर्न परमादेश जारी गर्न माग गरिएको थियो।

यस्तै, पक्राउ परेदेखि नै व्यक्तिको विवरण र अनुसन्धान प्रक्रियाको डिजिटल अभिलेख राख्ने एकीकृत मापदण्ड तयार गरी कार्यान्वयन गर्न पनि निवेदनमार्फत आग्रह गरिएको थियो।

तर, रजिस्ट्रार पोखरेलले निवेदनसँग मागको औचित्य पुष्टि हुने पर्याप्त आधार, अध्ययन, अनुसन्धान वा आधिकारिक तथ्याङ्क संलग्न नगरिएको उल्लेख गर्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४० र ४१ बमोजिम रिट दर्ता गर्न नमिल्ने आदेश दिएका छन्।

आदेशमा असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट दर्ता गर्न पर्याप्त तथ्य र प्रमाण आवश्यक पर्ने भए पनि प्रस्तुत निवेदनले ती कानुनी मापदण्ड पूरा गर्न नसकेको उल्लेख गरिएको छ। सोही आधारमा मुलुकी देवानी कार्यविधि संहिता तथा सर्वोच्च अदालत नियमावलीका प्रावधानअनुसार निवेदन दरपिठ गरिएको हो।

यद्यपि, दरपिठ आदेशविरुद्ध सम्बन्धित इजलाससमक्ष निवेदन दिएर आदेशको पुनरवलोकन गराउने कानुनी बाटो भने निवेदकका लागि खुला रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवाको निवेदनमा सर्वोच्चको आदेश, गगन थापालाई आधिकारिकता दिने फैसलामाथि पुन: सुनुवाइ हुने

काठमाडौँ। नेपाली काङ्ग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारि...

प्रहरी हिरासतमा अनिवार्य सीसीटीभीको माग गर्दै दायर हुन लागेको रिट सर्वोच्चबाट दरपिठ

काठमाडौं। नेपालभरका प्रहरी कार्यालय र हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख निश्चित अवधिसम्म सुरक्षित राख्ने व्यवस्था ...

देउवा साउन २६ गते स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा हङकङमा रहेका थिए। उनी साउन २६ गते राति स्वदेश फर्किने त...

पहिरोले दुई दिनदेखि बुद्धसिंह मार्ग अवरुद्ध

तनहुँ। पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोले गर्दा दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको सदरमुका...

राष्ट्रिय सभामा गृहमन्त्री गुरुङले माफी माग्दै भने– मेरो भाषा अलि ठाडो भयो, क्षमा चाहन्छु

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको सवाल–जवाफका क्रममा प्रयोग भएको आफ्नो शैलीप्रति गृहमन्त्री सुधन गुरुङले आत्मालोचना गर्दै माफी मागेका छन...

सांसदलाई प्रश्न नसोध्न निर्देशन दिएको भन्दै गृहमन्त्रीप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले संसद्‌मा सांसदहरूलाई प्रश्न नगर्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ। कांग्रेसले यस्तो अभिव्यक्त...

निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन ?

काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले सरकारले उक्त घट...

भारतीय सेनाध्यक्ष सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने तयारीमा छन्। उच्च सरकारी स्रोतका अनुसार उनी आगामी अगस्ट १६ मा नेपाल आउने कार्य...

‘इन्टर्न चिकित्सक कर्मचारी होइनन्, विद्यार्थी हुन् ’

काठमाडौँ। निजी मेडिकल तथा डेन्टल कलेजले एमबिबिएस तथा बिडिएस अध्ययनरत इन्टर्न चिकित्सक कर्मचारी नभई विश्वविद्यालयको शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययनरत ...

मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका । बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट मिडियासँग गरेको प्रत्यक्ष संवादप्रति कडा आपत्ति जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending