Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

खुद मुनाफामा ४८.६७ प्रतिशतले कमी

खबरडबली संवाददाता
  • काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको कुल सञ्चालन आयमा सामान्य कमी आए पनि कर अघिको मुनाफामा भने उल्लेखनीय वृद्धि देखिएको छ। यद्यपि, खुद मुनाफामा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले कमी आएको छ।

मुख्य वित्तीय विवरणको सारांश:

  • कुल सञ्चालन आय: रु. २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार (गत वर्षको सोही अवधिमा रु. २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार) – ०.६४ प्रतिशतले कमी
  • कुल आय: रु. २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार (गत वर्षको सोही अवधिमा रु. ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार) – ८.८९ प्रतिशतले कमी
  • EBITDA: रु. १४ अर्ब १९ करोड २१ लाख ९२ हजार (गत वर्षको सोही अवधिमा रु. १३ अर्ब ४० करोड २९ लाख ४५ हजार) – ५.८९ प्रतिशतले वृद्धि
  • कर अघिको मुनाफा: रु. ८ अर्ब ६२ करोड ५४ लाख ४ हजार (गत वर्षको सोही अवधिमा रु. ७ अर्ब ३८ करोड ३३ लाख ६३ हजार) – १६.८२ प्रतिशतले वृद्धि
  • खुद मुनाफा: रु. २ अर्ब ८४ करोड २२ लाख ८९ हजार (गत वर्षको सोही अवधिमा रु. ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार) – ४८.६७ प्रतिशतले कमी
  • प्रति शेयर आम्दानी (annualized): रु. २१.०५

राजस्व तथा खुद मुनाफामा आएको परिवर्तनका प्रमुख कारणहरू:

नेपाल टेलिकमले राजस्व र खुद मुनाफामा आएको परिवर्तनका मुख्य कारणहरू पनि उल्लेख गरेको छ:

  • ओटीटी (OTT) सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा कमी आएकोले अन्तरआवद्धता आयमा करिब २२.३७ प्रतिशतले कमी आएको र यसले समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको।
  • गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणका लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र कर्मचारीहरूको निवृत्तिभरणका लागि ठूलो रकम (गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस वर्ष रु. १३ अर्ब १५ करोड) छुट्याइएकाले लगानीमा कमी र ब्याज दर घटेको कारण ब्याज आयमा करिब ४६.०२ प्रतिशतले कमी आएको।
  • प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक (ISP) हरूले मोबाइलमा आधारित वाई-फाई सेवा दिइरहेकाले मोबाइल डेटाको प्रयोगमा उल्लेखनीय कमी आएको।
  • राष्ट्रिय सञ्चार भएकोले बढी लागत र कम प्रतिफल हुने दुर्गम स्थानमा पनि सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लागिरहेकोले लागत बढिरहेको।
  • सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएकाले सेवाको दररेटमा कटौती भई राजस्वमा नकारात्मक असर परेको।
  • नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन र यस वर्ष रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्याइएका कारण स्थगन करको प्रभाव परेको।
  • गत वर्षसम्म Contingent Liabilities मा देखिएका केही मुद्दाहरूको यस वर्ष छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भार व्यवस्थापन गरिएको।

यसरी नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरणले कुल सञ्चालन आय र कुल आयमा सामान्य गिरावट देखाए पनि, कर अघिको मुनाफामा वृद्धि भएको छ। तर, विभिन्न कारणहरूले गर्दा खुद मुनाफामा भने उल्लेख्य कमी आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending