Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

राष्ट्र बैंकको गभर्नर नियुक्तः काङ्ग्रेसको उम्मेदवार बनी पराजित भएका पौडेलले मारे बाजी

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिक ‘दाग’ लागेका अर्थशास्त्र विश्वनाथ पौडेल राष्ट्र बैंकको १८ औँ गभर्नरमा नियुक्त भएका छन् । २०७९ को संसदीय चुनावमा काङ्ग्रेसको उम्मेदवार बनी चितवन १ बाट पराजित अर्थशास्त्री पौडेलले राष्ट्र बैंकको गभर्नरमा बाजी मारेका हुन् ।

पौडैलले संसदीय चुनावमै प्रतिस्पर्धा गरेकाले अप्ठ्यारोमा पर्नसक्ने भन्दै  प्रधानमन्त्री केपी शर्मा ‌ओलीले उनको नामप्रति असहमति पनि प्रकट गरेका थिए । काङ्ग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा उनलाई बनाउनै पर्ने पक्षमा अडिग भएपछि पौडेल गभर्नर बनेका हुन् ।

पौडेलको नामप्रति प्रधानमन्त्री ओलीले सोमबारसम्म पनि अहसमति जनाएका थिए । काङ्ग्रेस सभापति देउवा चिढिँदै  प्रधानमन्त्रीले सोमबारका लागि बोलाएको बालुवाटार बैठकमै अनुपस्थित भएपछि दुई नेताबीच मंगलबार बालुवाटारमा वार्ता भएको थियो । उक्त बैठकमा देउवाले पौडैलकै नाममा अडान लिएपछि दुई महिनापछि सिफारिस समितिको बैठक मंगलबार बस्यो । सिफारिस समितले पौडैलको नाम पहलो नम्बरमा सिफारिस गरेको थियो ।

गभर्नरको प्रतिस्पर्धामा रहेका पात्रहरू डेपुटी गभर्नर नीलम ढुंगाना, राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्ट लगायतका आकांक्षीलाई पन्छ्याउँदै काङ्ग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणाको बलमा गभर्नर उनी बन्न सफल भएका हुन् ।

सरकारले  गभर्नर सिफारिस समिति गठन गर्दा विश्व पौडेल सिफारिस समितिमा थिए । सुदूरपश्चिमका नेताहरूले सभापति देउवालाई भट्टलाई गभर्नर बनाउन भनेकाले देउवाले सुरूमा भट्टको नाम प्रधानमन्त्रीलाई दिएका थिए । उनको राजीनामा स्वीकृत नभएपछि प्रधानमन्त्री ओलीले देउवालाई अर्को नाम प्रस्ताव गर्न भने । गभर्नरमा आफ्नो नाम अघि बढेसँगै सिफारिस समितिबाट पौडैलले वैशाख २८ गते राजीनामा दिएका थिए ।

पौडेलमाथि राजनीतिक प्रश्न उठेपछि काङ्ग्रेसले संसदीय निर्वाचनमा पराजित भएसँगै उनले काङ्ग्रेसको सदस्यता परित्याग गरेको बताएको थियो । योजना आयोगको उपाध्यक्ष रहेकै बखत संसदीय निर्वाचनका लागि उनले उपाध्यक्ष पद त्याग गरेका थिए । साउन १२, २०७८ मा उनी योजना आयोगका उपाध्यक्ष भएका थिए । २०७९ असोज २३ गते उनले  उपाध्यक्षबाट राजीनामा गरेका थिए ।

संसदीय निर्वाचनमा पराजित भएसँगै पार्टी सदस्यता त्यागेर आफू काठमाडौं विश्वविद्यालयमा पढाउन थालेको जिकिर उनले पनि गरेका छन् । संसदीय चुनावलगत्तै मैले पार्टीको सदस्यता त्यागेर काठमाडौं विश्वविद्यालयमा अध्यापन थालेको हुँ,’ उनले भने ।

उनी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकार भइसकेका व्यक्ति हुन् ।  उनले अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन् । प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा पौडेलको विज्ञता छ ।  विज्ञताका हिसाबले उनीमाथि प्रश्न उठाउने ठाउँ नरहेको जानकारहरूको मत छ । दलबाट संसदीय चुनाव लडेको विगत, लामो रस्साक्सीबाट गभर्नर बनेकाले स्वायत्त संस्थाको गरिमा राख्ने विषयमा पनि संशय पैदा भएको छ ।

सरकारले नजरअन्दाज गर्‍यो

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा राष्ट्र बैंकको गरिमा र स्वायत्तता चुनौती आइलागेको भन्दै त्यसको व्यवस्थापनमा गभर्नरले सक्षमता प्रदर्शन गर्नुपर्ने बताउँछन् । ‘राजनीतिक रस्साकास्सीका कारण राष्ट्र बैंकको गरिमामा आँच पुगेको छ । यसको स्वायत्ततामाथि समेत संशय पैदा भएको अवस्थामा राजनीतिक विगत भएका व्यक्ति नियुक्ति भएपछि उहाँले परिवर्तित भूमिका बुझेर कार्यसम्पादन गर्नुपर्ने अवस्था छ,’ थापाले भने ।

यस्तै, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक केशव आचार्य राजनीतिक पृष्ठभूमि भएका व्यक्तिलाई नियुक्त गर्न नहुने भएप नि सरकारले त्यसलाई नजरअन्दाज गरेको बताउँछन् । ‘नवनियुक्त गभर्नरको अर्थशास्त्रसम्बन्धी योग्यतामा कुनै प्रश्न छैन । तर,चुनावै लडेका व्यक्तिलाई गभर्नर बनाउनुअघि विचार गर्नुपर्थ्यो सरकारले नजरअन्दाज गर्‍यो,’ उनले भने ।

राष्ट्र बैंकको स्वच्छता र मर्यादामा आँच पुग्न नदिने दायित्व गभर्नरलाई रहेको उनी बताउँछन् । ‘उहाँका विषयमा त प्रश्न उठिसक्यो । अब उहाँ स्वयंले नै संस्थाको स्वच्छता र मर्यादा कायम गर्न ध्यान दिनुपर्छ,’ उनले भने ।

राजनीतिक ‘दाग’ लागेका पौडेलका चुनौती

राष्ट्र बैंकका १८ औँ गभर्नरका सामु संस्थाको गरिमा कायम गर्ने पहिलो चुनौती रहेको जानकारहरूको मत छ । राजनीतिक खिचातानीका कारण गभर्नर नियुक्तिमा विलम्ब हुँदा संस्थाको गरिमामा असर पुगेकाले त्यसलाई उँचो बनाउनुपर्ने सुझाव पूर्वकार्यकारी निर्देशकद्वय आचार्य र थापाको छ ।

गभर्नर नियुक्तिमा दलहरूले देखाएको चरित्रका  कारण राष्ट्र बैंकको गरिमामा आँच पुगेकाले नयाँ गभर्नर संस्थाको साख फर्काउनुपर्ने आचार्य बताउँछन् । ‘नियुक्तिमा यो हदको राजनीति यसअघि निकै कम थियो । अति राजनीतीकरणले गर्दा केन्द्रीय बैंकको गरिमामा ठेस पुगेको छ । पहिलो चुनौती भनेकै यसको साख फिर्ती हो,’ आचार्यले भने ।

थापाले पनि यस्तै तर्क गरेका छन् । ‘पहिलो चुनौती भनेकै राष्ट्र बैंकको छवी पुनर्स्थापित गर्नुपर्ने रह्यो । यसको स्वायत्ततामा आँच पुग्न दिने काम तत्कालै रोक्नुपर्‍यो,’ उनले भने ।

त्यसबाहेकका चुनौतीहरूमा वित्तीय गतिरोध अन्त्य गर्नुपर्ने, असल अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्दै संकुचित वित्तीय पहुँचको विस्तार गर्नुपर्ने रहेको उनको भनाइ छ ।

पूर्वकार्यकारी निर्देशक आचार्य विगत २ वर्षदेखि बढिरहेको तरलताको व्यवस्थापन, विदेशी मुद्रा सञ्चितिको उचित व्यवस्थापन, रेमिट्यान्सबाट भित्रिएको रकमको सुपरीवेक्षणमा ध्यान दिनुपर्ने बताउँछन् । ‘मुलुक ग्रे लिस्टमा परिरहेको बखत सम्पत्ति शुद्धीकरण आकर्षित हुने रकम पनि  रेमिट्यान्सबाट भित्रिरहेको कुरा आइरहेको छ । रेमिट्यान्सबाट भित्रिरहेको रकमको सुपरीवेक्षण अपरिहार्य छ,’ उनले भने ।

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले पनि सुपरिवेक्षणलाई नै आफूले प्राथामिकतामा राख्ने बताएका छन् । ‘सुपरिवेक्षण बढाएर अर्थतन्त्र चलाउनुपर्ने मेरो मान्यता छ । कम नियम र बढी सुपरीवेक्षणमै म केन्द्रित हुनेछु,’ पौडेल भन्छन् ।

सरकारले आफूलाई गरेको विश्वासप्रति उनले धन्यवाद व्यक्त गरेका छन् । संस्थाको गरिमा र आँचप्रति उठेका प्रश्नहरूलाई कामबाट एकमुष्ठ जवाफ दिने उनको भनाइ छ । ‘यो पदमा सरकारले गरेको विश्वासप्रति म धन्यवाद भन्न चाहान्छु । केन्द्रीय बैंकप्रति सार्वजनिक रूपमा उठेका चिन्ता र प्रश्नबारेको जवाफ कामबाट दिनेछु,’ उनले भने ।

संवादमा आधारित प्रशासन र पारदर्शीतालाई प्राथामिकतामा राखेर अघि बढ्ने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending