Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

राष्ट्र बैंकको गभर्नर नियुक्तः काङ्ग्रेसको उम्मेदवार बनी पराजित भएका पौडेलले मारे बाजी

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिक ‘दाग’ लागेका अर्थशास्त्र विश्वनाथ पौडेल राष्ट्र बैंकको १८ औँ गभर्नरमा नियुक्त भएका छन् । २०७९ को संसदीय चुनावमा काङ्ग्रेसको उम्मेदवार बनी चितवन १ बाट पराजित अर्थशास्त्री पौडेलले राष्ट्र बैंकको गभर्नरमा बाजी मारेका हुन् ।

पौडैलले संसदीय चुनावमै प्रतिस्पर्धा गरेकाले अप्ठ्यारोमा पर्नसक्ने भन्दै  प्रधानमन्त्री केपी शर्मा ‌ओलीले उनको नामप्रति असहमति पनि प्रकट गरेका थिए । काङ्ग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा उनलाई बनाउनै पर्ने पक्षमा अडिग भएपछि पौडेल गभर्नर बनेका हुन् ।

पौडेलको नामप्रति प्रधानमन्त्री ओलीले सोमबारसम्म पनि अहसमति जनाएका थिए । काङ्ग्रेस सभापति देउवा चिढिँदै  प्रधानमन्त्रीले सोमबारका लागि बोलाएको बालुवाटार बैठकमै अनुपस्थित भएपछि दुई नेताबीच मंगलबार बालुवाटारमा वार्ता भएको थियो । उक्त बैठकमा देउवाले पौडैलकै नाममा अडान लिएपछि दुई महिनापछि सिफारिस समितिको बैठक मंगलबार बस्यो । सिफारिस समितले पौडैलको नाम पहलो नम्बरमा सिफारिस गरेको थियो ।

गभर्नरको प्रतिस्पर्धामा रहेका पात्रहरू डेपुटी गभर्नर नीलम ढुंगाना, राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्ट लगायतका आकांक्षीलाई पन्छ्याउँदै काङ्ग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणाको बलमा गभर्नर उनी बन्न सफल भएका हुन् ।

सरकारले  गभर्नर सिफारिस समिति गठन गर्दा विश्व पौडेल सिफारिस समितिमा थिए । सुदूरपश्चिमका नेताहरूले सभापति देउवालाई भट्टलाई गभर्नर बनाउन भनेकाले देउवाले सुरूमा भट्टको नाम प्रधानमन्त्रीलाई दिएका थिए । उनको राजीनामा स्वीकृत नभएपछि प्रधानमन्त्री ओलीले देउवालाई अर्को नाम प्रस्ताव गर्न भने । गभर्नरमा आफ्नो नाम अघि बढेसँगै सिफारिस समितिबाट पौडैलले वैशाख २८ गते राजीनामा दिएका थिए ।

पौडेलमाथि राजनीतिक प्रश्न उठेपछि काङ्ग्रेसले संसदीय निर्वाचनमा पराजित भएसँगै उनले काङ्ग्रेसको सदस्यता परित्याग गरेको बताएको थियो । योजना आयोगको उपाध्यक्ष रहेकै बखत संसदीय निर्वाचनका लागि उनले उपाध्यक्ष पद त्याग गरेका थिए । साउन १२, २०७८ मा उनी योजना आयोगका उपाध्यक्ष भएका थिए । २०७९ असोज २३ गते उनले  उपाध्यक्षबाट राजीनामा गरेका थिए ।

संसदीय निर्वाचनमा पराजित भएसँगै पार्टी सदस्यता त्यागेर आफू काठमाडौं विश्वविद्यालयमा पढाउन थालेको जिकिर उनले पनि गरेका छन् । संसदीय चुनावलगत्तै मैले पार्टीको सदस्यता त्यागेर काठमाडौं विश्वविद्यालयमा अध्यापन थालेको हुँ,’ उनले भने ।

उनी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकार भइसकेका व्यक्ति हुन् ।  उनले अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन् । प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा पौडेलको विज्ञता छ ।  विज्ञताका हिसाबले उनीमाथि प्रश्न उठाउने ठाउँ नरहेको जानकारहरूको मत छ । दलबाट संसदीय चुनाव लडेको विगत, लामो रस्साक्सीबाट गभर्नर बनेकाले स्वायत्त संस्थाको गरिमा राख्ने विषयमा पनि संशय पैदा भएको छ ।

सरकारले नजरअन्दाज गर्‍यो

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा राष्ट्र बैंकको गरिमा र स्वायत्तता चुनौती आइलागेको भन्दै त्यसको व्यवस्थापनमा गभर्नरले सक्षमता प्रदर्शन गर्नुपर्ने बताउँछन् । ‘राजनीतिक रस्साकास्सीका कारण राष्ट्र बैंकको गरिमामा आँच पुगेको छ । यसको स्वायत्ततामाथि समेत संशय पैदा भएको अवस्थामा राजनीतिक विगत भएका व्यक्ति नियुक्ति भएपछि उहाँले परिवर्तित भूमिका बुझेर कार्यसम्पादन गर्नुपर्ने अवस्था छ,’ थापाले भने ।

यस्तै, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक केशव आचार्य राजनीतिक पृष्ठभूमि भएका व्यक्तिलाई नियुक्त गर्न नहुने भएप नि सरकारले त्यसलाई नजरअन्दाज गरेको बताउँछन् । ‘नवनियुक्त गभर्नरको अर्थशास्त्रसम्बन्धी योग्यतामा कुनै प्रश्न छैन । तर,चुनावै लडेका व्यक्तिलाई गभर्नर बनाउनुअघि विचार गर्नुपर्थ्यो सरकारले नजरअन्दाज गर्‍यो,’ उनले भने ।

राष्ट्र बैंकको स्वच्छता र मर्यादामा आँच पुग्न नदिने दायित्व गभर्नरलाई रहेको उनी बताउँछन् । ‘उहाँका विषयमा त प्रश्न उठिसक्यो । अब उहाँ स्वयंले नै संस्थाको स्वच्छता र मर्यादा कायम गर्न ध्यान दिनुपर्छ,’ उनले भने ।

राजनीतिक ‘दाग’ लागेका पौडेलका चुनौती

राष्ट्र बैंकका १८ औँ गभर्नरका सामु संस्थाको गरिमा कायम गर्ने पहिलो चुनौती रहेको जानकारहरूको मत छ । राजनीतिक खिचातानीका कारण गभर्नर नियुक्तिमा विलम्ब हुँदा संस्थाको गरिमामा असर पुगेकाले त्यसलाई उँचो बनाउनुपर्ने सुझाव पूर्वकार्यकारी निर्देशकद्वय आचार्य र थापाको छ ।

गभर्नर नियुक्तिमा दलहरूले देखाएको चरित्रका  कारण राष्ट्र बैंकको गरिमामा आँच पुगेकाले नयाँ गभर्नर संस्थाको साख फर्काउनुपर्ने आचार्य बताउँछन् । ‘नियुक्तिमा यो हदको राजनीति यसअघि निकै कम थियो । अति राजनीतीकरणले गर्दा केन्द्रीय बैंकको गरिमामा ठेस पुगेको छ । पहिलो चुनौती भनेकै यसको साख फिर्ती हो,’ आचार्यले भने ।

थापाले पनि यस्तै तर्क गरेका छन् । ‘पहिलो चुनौती भनेकै राष्ट्र बैंकको छवी पुनर्स्थापित गर्नुपर्ने रह्यो । यसको स्वायत्ततामा आँच पुग्न दिने काम तत्कालै रोक्नुपर्‍यो,’ उनले भने ।

त्यसबाहेकका चुनौतीहरूमा वित्तीय गतिरोध अन्त्य गर्नुपर्ने, असल अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्दै संकुचित वित्तीय पहुँचको विस्तार गर्नुपर्ने रहेको उनको भनाइ छ ।

पूर्वकार्यकारी निर्देशक आचार्य विगत २ वर्षदेखि बढिरहेको तरलताको व्यवस्थापन, विदेशी मुद्रा सञ्चितिको उचित व्यवस्थापन, रेमिट्यान्सबाट भित्रिएको रकमको सुपरीवेक्षणमा ध्यान दिनुपर्ने बताउँछन् । ‘मुलुक ग्रे लिस्टमा परिरहेको बखत सम्पत्ति शुद्धीकरण आकर्षित हुने रकम पनि  रेमिट्यान्सबाट भित्रिरहेको कुरा आइरहेको छ । रेमिट्यान्सबाट भित्रिरहेको रकमको सुपरीवेक्षण अपरिहार्य छ,’ उनले भने ।

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले पनि सुपरिवेक्षणलाई नै आफूले प्राथामिकतामा राख्ने बताएका छन् । ‘सुपरिवेक्षण बढाएर अर्थतन्त्र चलाउनुपर्ने मेरो मान्यता छ । कम नियम र बढी सुपरीवेक्षणमै म केन्द्रित हुनेछु,’ पौडेल भन्छन् ।

सरकारले आफूलाई गरेको विश्वासप्रति उनले धन्यवाद व्यक्त गरेका छन् । संस्थाको गरिमा र आँचप्रति उठेका प्रश्नहरूलाई कामबाट एकमुष्ठ जवाफ दिने उनको भनाइ छ । ‘यो पदमा सरकारले गरेको विश्वासप्रति म धन्यवाद भन्न चाहान्छु । केन्द्रीय बैंकप्रति सार्वजनिक रूपमा उठेका चिन्ता र प्रश्नबारेको जवाफ कामबाट दिनेछु,’ उनले भने ।

संवादमा आधारित प्रशासन र पारदर्शीतालाई प्राथामिकतामा राखेर अघि बढ्ने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending