गुल्मी । मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
पौराणिक महत्व बोकेको मालीका मन्दिर परिसर वरपर देखिने सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । मालिका मन्दिरमा वर चिच्याएर माग्नुपर्दछ । यहाँ विषेश पर्वहरुमा श्रद्धालुहरुको घुइँचो लाग्छ । यहाँ दर्शन एवं पूजाआजा गर्न गुल्मीलगायत अर्घाखाँची, बागलुङ, प्युठान, बुटवल, काठमाडौँलगायत ठाउँबाट श्रद्धालुहरु आउने गरेका छन् । ज्ञमालिका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पूरा हुन्छ भन्ने जनविश्वास छ । भाकल गरेपछि परेवा उडाउने र बली दिने प्रचलन छ ।
मन्दिर नजिकैको ठूलो चट्टानबाट निस्किएको पानीको मूल यस मन्दिरमा पुग्नेहरुका लागि थप सुन्दर र आकर्षक मानिन्छ । सानो पानीको कुण्डमा रङ्गिबिरङ्गी माछाहरु तैरिरहेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउँछ । मालिका मन्दिरमा बैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीमा हजारौँ भक्तजनको घुइँचो लाग्ने स्थानीय ज्ञानहरी सापकोटाले बताए ।
मालिका क्षेत्रमा किम्मु, बर र सिमलका रुखहरु रहेका र तिनै रुखको फेदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने किम्बदन्ती छ । उक्त क्षेत्रमा प्रशस्त मात्रामा वनजङ्गल रहेकाले जङ्गली जनावर र चराचुरुङ्गीको वासस्थान रहेको छ । पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान मागभन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरुले दुःख पाएको भनेर पुकार गरेपछि देवी मालीका भगवती प्रसन्न भएर मन्दिर परिशरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ । चट्टानको बीचमा सानो जलकुण्ड छ । यहाँ साउन र माघ महिनामा बली चढ्दैन ।
मन्दिर नजिकै स्वाँरामा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । मन्दिरबाट फर्केपछि दर्शनार्थीहरु होमस्टेमा बास बस्नुका साथै रैथाने बस्तुका विभिन्न परिकारको स्वाद लिने गरेका छन् । मालिका क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिकाले सडक, खानेपानी, मन्दिर पुनःर्निमाण, व्यवस्थापन लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको नगरप्रमुख जीवलाल खरेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: