Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सल्यानमा असिनापानीले तरकारी बालीमा क्षति

खबरडबली संवाददाता

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाका विभिन्न वडामा बुधबार बिहान परेको असिनापानीले एक हजार रोपनी क्षेलफलमा लगाएको बेमौसमी तरकारीमा क्षति पुर्‍याएको छ ।

वर्षासँगै परेको असिनाले  वडा १, २ र ५ मा बढी क्षति गरेको गाउँपालिकाले जनाएको छ । किसानले लगाएको फल्न थालेको तरकारी बोट र रोप्नका लागि राखेको ब्याडमा क्षति पुर्‍याएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए ।

भण्डारीले असिनाले तीन वडाका झन्डै एक हजार रोपनी जग्गामा किसानले लगाएको तरकारीमा क्षति पुगेको बताए । फल्न थालेको बेमौसमी तरकारीमा क्षति पुर्‍याएपछि स्थलगत अध्ययन र क्षतिको विवरण संकलनको तयारी भइरहेको उनको भनाइ छ । कति रकमबराबरको क्षति भयो भन्ने कुरा स्थलगत अध्ययनबाट मात्र थाहा हुने भण्डारीको भनाइ छ ।

आयस्रोतको मुख्य माध्यमको रूपमा रहेको तरकारी बाली नष्ट भएपछि कसरी जीविकोपार्जन गर्ने भन्दै किसान चिन्तित भएका छन् । वर्षासँगै परेको असिनाले आफूले १० रोपनी जग्गामा लगाएको काउली नष्ट भएको कपुरकोट गाउँपालिका– ५ सल्लामका प्रदीप बस्नेतले बताए । असिनाकै कारण पातहरू सबै सकिएपछि बारीमा काउलीका डाँठ मात्र रहेका र फलसमेत काम नलाग्ने भएका उनको भनाइ छ । 

उनले भने, ‘काउली, बन्दा बिक्री गरेर वार्षिक १० लाखसम्म कमाउँदै आएको थिएँ । त्यसले घरखर्च चलाउन धेरै सहज भएको थियो । असिनाले बाली सबै सखाप पारेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।’ असिनाले आफ्नो बारीमा फल्न थालेको टमाटर, भेडेखुर्सानी, सिमी, बोडीलगायतका सबै तरकारीमा क्षति पुर्‍याएको वडा नं. १ सारपानीका किसान उजरसिंह पुनले बताए।असिनाले गर्दा कुनै बोट ठाडो नरहेका, बिचैबाट भाँचिएका र फल, फूल सबै सखाप भएका जानकारी दिए । कपुरकोट गाउँपालिका बेमौसमी तरकारीका लागि देशभरि चिनिन्छ । पालिकाका चार हजारभन्दा बढी किसान बेमौसमी तरकारी खेतीमा लाग्दै आएका छन्। किसानको मुख्य आयस्रोतको माध्यम नै तरकारी हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending