काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा नरेश रञ्जित निर्वाचित भएका छन् ।
बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा सम्पन्न प्रथम प्रदेश सम्मेलनको बन्द सत्रबाट रञ्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नवनिर्वाचित अध्यक्ष नरेश रञ्जित यसअघि वाइसीएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको रूपमा सक्रिय थिए। उनी नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमी नगर उपाध्यक्ष पनि हुन् ।
अध्यक्ष नरेश रञ्जित नेतृत्वको बागमती प्रदेश समितिमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी उपाध्यक्ष निर्वाचित भएका निर्वाचन समितिका संयोजक गोविन्द बटालाले बताए ।
समितिको सचिवमा प्रदीप तामाङ ङेमासङ निर्वाचित भएका छन् भने सहसचिवमा क्रमशः विष्णु नेगी, अर्जुन तामाङ, सुदिप केसी, बिकास श्रेष्ठ, सनम महर्जन(जनजाति), प्रितिमा तामाङ(महिला) निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा रोमि घले निर्वाचित भएकी छन् ।
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रस्तुत गरेको प्यानल सर्वसम्मत भएपछि निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन परिणाम घोषणा गरेको हो ।
बन्द सत्रमा माओवादी केन्द्रका केन्द्रीय नेताहरू हितमान शाक्य, हितबहादुर तामाङ, दिलिप प्रजापति, सूर्य सुवेदी पथिक लगायतको आतिथ्यता रहेको निवर्तमान प्रदेश संयोजक साजन अधिकारीले बताए ।
सोमबार सो सम्मेलन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उद्घाटन गरेका थिए । सम्मेलनमा ४ सय बढी सम्मेलन प्रतिनिधिको सहभागिता रहेको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि नरेश रन्जितले सङ्गठनलाई अझ सशक्त बनाउने, युवाहरूलाई राजनीतिसँगै सामाजिक परिवर्तनमा सक्रिय बनाउन भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: