Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

कालोधनलाई सेतो बनाउन स्वर्ग बन्दै न्यूरोड

खबरडबली संवाददाता

काठमाडौं । सम्पत्ती शुद्धिकरण निवारण हुन नदिनका लागि नेपाल राष्ट्र बैंकले १० लाख रूपैयाँभन्दा बढी नगद कारोबारमा अनिवार्य श्रोत खुलाउनुपर्ने प्रावधान लागू गरेको छ। सर्वसाधारणले कुनै बैंकिङ कारोबारका लागि १० लाख रूपैयाँ भुक्तानी गर्दा वा खातामा जम्मा गर्दा रकमको श्रोत खुल्ने प्रमाण पेश गर्नुपर्छ।

यस्तो प्रावधानका कारण बैंकमा नगद जम्मा गर्न जाँदा बैंकका कर्मचारीले रकमको श्रोत खोज्छन् । शंकास्पद लागेको अवस्थामा कारोबारको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा जानकारी पठाउँछन्।

नियम कानून यति कडा छ, तर न्यू रोडका सुन पसलेका लागि यस्ता कुनै पनि कानूनले छेक्दैन। उनीहरू लाख होइन, करोड होइन, अर्ब रूपैयाँमा नगदमै सुनचाँदी कारोबार गरेपनि न त कर कार्यालयले, न त सम्पत्ती शुद्धिकरण विभागले, न त प्रहरीको अपराध अनुसन्धानले अनुसन्धान वा कारवाही गर्छ।

यसबाहेक नगदमै गरेको भुक्तानीको रकम पनि उनीहरूले कारोबार विवरणमा खर्च कट्टी दाबि समेत गरिरहेका छन् । यसमा सम्बद्ध कर कार्यालयले सघाएको छ।  आयकर ऐन, २०५८ को दफा २१ (२) मा एक पटकमा रु.५० हजार भन्दा बढीको भुक्तानी नगदमा गरेमा सो खर्च कट्टी गर्न नपाउने उल्लेख छ।

महालेखा परिक्षकको ६२ औं वार्षिक प्रतिवेदनका अनुसार, आन्तरिक राजश्व कार्यालय नयाँ सडक अन्तर्गतको बहुमूल्य धातु(सुन,चाँदी,हिरा,मोती) को कारोबार गर्ने २७ वटा पसलेले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा १८ अर्ब १५ करोड ६० लाख रूपैयाँ बराबरको गहना र धातु नगदमै खरिद गरेका छन्।

यो रकम उनीहरूले त्यो दुई वर्षमा खरिद गरेको कुल रकमको ७८.१६ प्रतिशत रकम हो। यो आँकडाले न्यूरोडको सुनचाँदी पसलहरू कालोधनलाई सेतो बनाउने सम्पत्ती शुद्धिकरणको सहज माध्यमका रूपमा प्रयोग भइरहेको पुष्टी गर्छ।

आन्तरिक राजश्व कार्यालय नयाँ सडक अन्तर्गतको बहुमूल्य धातुको कारोबार गर्ने २७ करदाताले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा २३ अर्ब २२ करोड ९८ लाख बराबरको खरिद गरेका थिए । योमध्ये बैंकिङ प्रणालीबाट रू १ अर्ब ४६ करोड ८७ लाख, अन्य पार्टीबाट ३ अर्ब ६० करोड ५० लाखको खरिद गरेका थिए ।

महालेखाले प्रतिवेदनमा लेखेको छ, ”प्राकृतिक व्यक्तिबाट खरिद गरेकोमा बैंक प्रणालीबाट भुक्तानी भएको देखिएन । यो खरिदको वैधानिक श्रोत तथा खरिद सम्बन्धमा छानबिन गरी कर निर्धारण गर्नुपर्छ।”

सम्पत्ती शुद्धिकरण निवारणमा अपेक्षित भूमिका निर्वाह नगरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्सले ग्रे लिस्ट(खराब सूची) मा नेपाललाइ समावेश गरिदिएको छ। यसले देशको अन्तर्राष्ट्रिय छबिमा नोक्सानी पुगेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending