Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कालोधनलाई सेतो बनाउन स्वर्ग बन्दै न्यूरोड

खबरडबली संवाददाता

काठमाडौं । सम्पत्ती शुद्धिकरण निवारण हुन नदिनका लागि नेपाल राष्ट्र बैंकले १० लाख रूपैयाँभन्दा बढी नगद कारोबारमा अनिवार्य श्रोत खुलाउनुपर्ने प्रावधान लागू गरेको छ। सर्वसाधारणले कुनै बैंकिङ कारोबारका लागि १० लाख रूपैयाँ भुक्तानी गर्दा वा खातामा जम्मा गर्दा रकमको श्रोत खुल्ने प्रमाण पेश गर्नुपर्छ।

यस्तो प्रावधानका कारण बैंकमा नगद जम्मा गर्न जाँदा बैंकका कर्मचारीले रकमको श्रोत खोज्छन् । शंकास्पद लागेको अवस्थामा कारोबारको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा जानकारी पठाउँछन्।

नियम कानून यति कडा छ, तर न्यू रोडका सुन पसलेका लागि यस्ता कुनै पनि कानूनले छेक्दैन। उनीहरू लाख होइन, करोड होइन, अर्ब रूपैयाँमा नगदमै सुनचाँदी कारोबार गरेपनि न त कर कार्यालयले, न त सम्पत्ती शुद्धिकरण विभागले, न त प्रहरीको अपराध अनुसन्धानले अनुसन्धान वा कारवाही गर्छ।

यसबाहेक नगदमै गरेको भुक्तानीको रकम पनि उनीहरूले कारोबार विवरणमा खर्च कट्टी दाबि समेत गरिरहेका छन् । यसमा सम्बद्ध कर कार्यालयले सघाएको छ।  आयकर ऐन, २०५८ को दफा २१ (२) मा एक पटकमा रु.५० हजार भन्दा बढीको भुक्तानी नगदमा गरेमा सो खर्च कट्टी गर्न नपाउने उल्लेख छ।

महालेखा परिक्षकको ६२ औं वार्षिक प्रतिवेदनका अनुसार, आन्तरिक राजश्व कार्यालय नयाँ सडक अन्तर्गतको बहुमूल्य धातु(सुन,चाँदी,हिरा,मोती) को कारोबार गर्ने २७ वटा पसलेले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा १८ अर्ब १५ करोड ६० लाख रूपैयाँ बराबरको गहना र धातु नगदमै खरिद गरेका छन्।

यो रकम उनीहरूले त्यो दुई वर्षमा खरिद गरेको कुल रकमको ७८.१६ प्रतिशत रकम हो। यो आँकडाले न्यूरोडको सुनचाँदी पसलहरू कालोधनलाई सेतो बनाउने सम्पत्ती शुद्धिकरणको सहज माध्यमका रूपमा प्रयोग भइरहेको पुष्टी गर्छ।

आन्तरिक राजश्व कार्यालय नयाँ सडक अन्तर्गतको बहुमूल्य धातुको कारोबार गर्ने २७ करदाताले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा २३ अर्ब २२ करोड ९८ लाख बराबरको खरिद गरेका थिए । योमध्ये बैंकिङ प्रणालीबाट रू १ अर्ब ४६ करोड ८७ लाख, अन्य पार्टीबाट ३ अर्ब ६० करोड ५० लाखको खरिद गरेका थिए ।

महालेखाले प्रतिवेदनमा लेखेको छ, ”प्राकृतिक व्यक्तिबाट खरिद गरेकोमा बैंक प्रणालीबाट भुक्तानी भएको देखिएन । यो खरिदको वैधानिक श्रोत तथा खरिद सम्बन्धमा छानबिन गरी कर निर्धारण गर्नुपर्छ।”

सम्पत्ती शुद्धिकरण निवारणमा अपेक्षित भूमिका निर्वाह नगरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्सले ग्रे लिस्ट(खराब सूची) मा नेपाललाइ समावेश गरिदिएको छ। यसले देशको अन्तर्राष्ट्रिय छबिमा नोक्सानी पुगेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending