Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ग्वार्को फ्लाइओभरको काम सम्पन्न, ‘कुल लागतको १० प्रतिशत हर्जाना तिराइँदै

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौ‌ं। ग्वार्को ओभरपास निर्माणको अन्तिम चरणमा पुगेको छ । भौतिक संरचना निर्माणको समग्र काम सकिसकेको छ भने अब कालोपत्र गर्न बाँकी रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

ओभरपासका समग्र भौतिक संरचना निर्माण भइसकेको र कालोपत्रे मात्र बाँकी रहेको केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले जानकारी दिए । मौसमका कारण कालोपत्रको काम तत्काल थाल्न नसकिने अवस्था रहेकाले हालसम्म काम सुरु हुन सकेको छैन ।

‘पानी परेर समस्या भइरहेको छ, पानी नपरे जेठ मसान्तसम्म सकाउने लक्ष्य हो । रेगुलर ठुलो पानी परिरह्यो भने अलि पर सर्न सक्छ,’ इन्जिनियर भण्डारीले भने, ‘सानोतिनो पानीले खासै फरक पार्दैन, तर पीच गर्नलाई पानी परेपछि सुक्नुपर्छ, नभए पीच गर्न समस्या हुन्छ ।’

उनका अनुसार अबको मुख्य काम कालोपत्रे हो । त्यसपछि रोडमार्किङ, पेन्ट, ट्राफिक चिन्ह र लाइट राख्ने काम गर्नु पर्नेछ । यी काम सामान्य भएपनि हाल वर्षातका कारण कालोपत्रे चुनौती बनेको इन्जिनियर भण्डारीको भनाइ छ ।

यसअघि गत माघमा ८२ प्रतिशत निर्माण सम्पन्न भएको यो ओभरपासको एउटा खण्ड प्राविधिक समस्या देखिएपछि भत्काएर पुनः निर्माण गरिएको थियो । सातदोबाटोतर्फ राखिएको रेनफोस्र्ड अर्थ (आरई) वालको प्यानल झिकेर फेरि राखिएको हो । माघ २४ गतेदेखि करिब ४० मिटर दूरीमा रहेको वालको प्यानलमा ग्याप देखिएकाले सुधार गरिएको थियो ।

आरई वालको काम सकिएपछि बेस र सब–बेस राख्ने कार्य सम्पन्न भएको छ । यस्तै आरई वाल र पुल जोड्ने ‘एप्रोच स्ल्याब’ राख्ने कार्यसमेत सम्पन्न भएको छ । सडक छेउमा प्यारापिट वाल निर्माण कार्य सकिएको छ ।

‘भौतिक संरचना निर्माणको काम लगभग सकिएको छ,’ उनले भने, ‘अब रेलिङ, पेभमेन्ट, रङरोगन आदि काम बाँकी रहेको छ ।’

२०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर सो अवधिमा निर्माण कार्य सम्पन्न नभएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो ।

३० मिटर स्पानको ४ लेन प्रिकास्ट गर्डर पुल निर्माण गर्नेसहितको एमएसई वाल भएको ५ सय ४० मिटर अप्रोच सडक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिएको थियो । र्‍याम्प १०।२ मिटरसम्म अग्लो बनाइनुपर्ने, सडकमा १२ सेमी अलकत्रा, १५ सेमी डीबीएम, ३० सेमी बेस, ३० सेमी सबबेस राख्ने प्रावधान सम्झौतामा उल्लेख गरिएको छ । साथै उक्त सडकमा ट्राफिक लाइटसमेत जडान गर्नुपर्नेछ ।

चार वर्ष अघि निर्माण थालिएको यो ओभरपास निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ १ पैसाको कुल लागतमा आशीष–समानान्तर–रेलिगेर जेभीले ईपीसी मोडलमा ठेक्का सम्झौता गरेको थियो । २०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर सो अवधिमा निर्माण कार्य सम्पन्न नभएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम नसकिएपछि म्याद तेस्रो पटक २०८१ पुस ८ गतेसम्म थपिएको थियो । तर सो म्यादभित्र पनि काम सकिन सकेन ।

ठेक्का सम्झौता भएको एक वर्षपछि डिजाइनमा समस्या देखिएपछि निर्माण कार्य रोकिएको थियो । ईपीसी मोडलअनुसार ठेक्का गरिएकाले डिजाइनदेखि निर्माणसम्मको जिम्मेवारी ठेक्का लिने कम्पनीकै थियो । डिजाइन नमिलेपछि प्रमुख निर्माण कार्य रोक्दै पुनः डिजाइन गरिएको थियो । डिजाइन परिवर्तनलगायत कारणले काम तोकिएको समयभित्र सकिन नसकेको निर्माण व्यवसायीको दाबी छ ।

म्यादभित्र काम नसकेपछि निर्माण व्यवसायीले चैत मसान्तसम्मका लागि म्याद थप गर्न माग गरेका थिए । तर म्याद थप नगरी हर्जाना तिराएर काम जारी राखिएको छ ।

कुल लागतको १० प्रतिशत हर्जाना तिराइँदै

पुस यता निर्माण कम्पनीले हर्जाना तिरेर काम गरिरहेको छ । तोकिएको अवधिमा निर्माण नसकिएपछि पुस ९ गतेदेखि हर्जाना तिराइँदै निर्माण कार्य भइरहेको हो । कुल ठेक्का रकमको ०।०५ प्रतिशत बराबरको दैनिक हर्जाना दरअनुसार निर्माण कार्य अघि बढाइएको हो । उक्त अनुपातले दैनिक ८५ हजार रुपैयाँ बराबर हर्जाना पर्न जान्छ ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले जेठभित्र ओभरपास निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी गरे । निर्माण कम्पनीले सो अवधिसम्म हर्जाना तिरिरहनुपर्ने देखिएको छ । बाराहीका अनुसार निर्माण कम्पनीले कुल लागतको १० प्रतिशत अर्थात् करिब १ करोड ७० लाख रुपैयाँ बराबरको हर्जाना तिर्नुपर्ने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending