Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ग्वार्को फ्लाइओभरको काम सम्पन्न, ‘कुल लागतको १० प्रतिशत हर्जाना तिराइँदै

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौ‌ं। ग्वार्को ओभरपास निर्माणको अन्तिम चरणमा पुगेको छ । भौतिक संरचना निर्माणको समग्र काम सकिसकेको छ भने अब कालोपत्र गर्न बाँकी रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

ओभरपासका समग्र भौतिक संरचना निर्माण भइसकेको र कालोपत्रे मात्र बाँकी रहेको केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले जानकारी दिए । मौसमका कारण कालोपत्रको काम तत्काल थाल्न नसकिने अवस्था रहेकाले हालसम्म काम सुरु हुन सकेको छैन ।

‘पानी परेर समस्या भइरहेको छ, पानी नपरे जेठ मसान्तसम्म सकाउने लक्ष्य हो । रेगुलर ठुलो पानी परिरह्यो भने अलि पर सर्न सक्छ,’ इन्जिनियर भण्डारीले भने, ‘सानोतिनो पानीले खासै फरक पार्दैन, तर पीच गर्नलाई पानी परेपछि सुक्नुपर्छ, नभए पीच गर्न समस्या हुन्छ ।’

उनका अनुसार अबको मुख्य काम कालोपत्रे हो । त्यसपछि रोडमार्किङ, पेन्ट, ट्राफिक चिन्ह र लाइट राख्ने काम गर्नु पर्नेछ । यी काम सामान्य भएपनि हाल वर्षातका कारण कालोपत्रे चुनौती बनेको इन्जिनियर भण्डारीको भनाइ छ ।

यसअघि गत माघमा ८२ प्रतिशत निर्माण सम्पन्न भएको यो ओभरपासको एउटा खण्ड प्राविधिक समस्या देखिएपछि भत्काएर पुनः निर्माण गरिएको थियो । सातदोबाटोतर्फ राखिएको रेनफोस्र्ड अर्थ (आरई) वालको प्यानल झिकेर फेरि राखिएको हो । माघ २४ गतेदेखि करिब ४० मिटर दूरीमा रहेको वालको प्यानलमा ग्याप देखिएकाले सुधार गरिएको थियो ।

आरई वालको काम सकिएपछि बेस र सब–बेस राख्ने कार्य सम्पन्न भएको छ । यस्तै आरई वाल र पुल जोड्ने ‘एप्रोच स्ल्याब’ राख्ने कार्यसमेत सम्पन्न भएको छ । सडक छेउमा प्यारापिट वाल निर्माण कार्य सकिएको छ ।

‘भौतिक संरचना निर्माणको काम लगभग सकिएको छ,’ उनले भने, ‘अब रेलिङ, पेभमेन्ट, रङरोगन आदि काम बाँकी रहेको छ ।’

२०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर सो अवधिमा निर्माण कार्य सम्पन्न नभएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो ।

३० मिटर स्पानको ४ लेन प्रिकास्ट गर्डर पुल निर्माण गर्नेसहितको एमएसई वाल भएको ५ सय ४० मिटर अप्रोच सडक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिएको थियो । र्‍याम्प १०।२ मिटरसम्म अग्लो बनाइनुपर्ने, सडकमा १२ सेमी अलकत्रा, १५ सेमी डीबीएम, ३० सेमी बेस, ३० सेमी सबबेस राख्ने प्रावधान सम्झौतामा उल्लेख गरिएको छ । साथै उक्त सडकमा ट्राफिक लाइटसमेत जडान गर्नुपर्नेछ ।

चार वर्ष अघि निर्माण थालिएको यो ओभरपास निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ १ पैसाको कुल लागतमा आशीष–समानान्तर–रेलिगेर जेभीले ईपीसी मोडलमा ठेक्का सम्झौता गरेको थियो । २०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर सो अवधिमा निर्माण कार्य सम्पन्न नभएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम नसकिएपछि म्याद तेस्रो पटक २०८१ पुस ८ गतेसम्म थपिएको थियो । तर सो म्यादभित्र पनि काम सकिन सकेन ।

ठेक्का सम्झौता भएको एक वर्षपछि डिजाइनमा समस्या देखिएपछि निर्माण कार्य रोकिएको थियो । ईपीसी मोडलअनुसार ठेक्का गरिएकाले डिजाइनदेखि निर्माणसम्मको जिम्मेवारी ठेक्का लिने कम्पनीकै थियो । डिजाइन नमिलेपछि प्रमुख निर्माण कार्य रोक्दै पुनः डिजाइन गरिएको थियो । डिजाइन परिवर्तनलगायत कारणले काम तोकिएको समयभित्र सकिन नसकेको निर्माण व्यवसायीको दाबी छ ।

म्यादभित्र काम नसकेपछि निर्माण व्यवसायीले चैत मसान्तसम्मका लागि म्याद थप गर्न माग गरेका थिए । तर म्याद थप नगरी हर्जाना तिराएर काम जारी राखिएको छ ।

कुल लागतको १० प्रतिशत हर्जाना तिराइँदै

पुस यता निर्माण कम्पनीले हर्जाना तिरेर काम गरिरहेको छ । तोकिएको अवधिमा निर्माण नसकिएपछि पुस ९ गतेदेखि हर्जाना तिराइँदै निर्माण कार्य भइरहेको हो । कुल ठेक्का रकमको ०।०५ प्रतिशत बराबरको दैनिक हर्जाना दरअनुसार निर्माण कार्य अघि बढाइएको हो । उक्त अनुपातले दैनिक ८५ हजार रुपैयाँ बराबर हर्जाना पर्न जान्छ ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले जेठभित्र ओभरपास निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी गरे । निर्माण कम्पनीले सो अवधिसम्म हर्जाना तिरिरहनुपर्ने देखिएको छ । बाराहीका अनुसार निर्माण कम्पनीले कुल लागतको १० प्रतिशत अर्थात् करिब १ करोड ७० लाख रुपैयाँ बराबरको हर्जाना तिर्नुपर्ने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending