रुपन्देही । कर्मचारीले अटेरी गरेर समयमा नआएको भन्दै बाँकेको बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले पालिका कार्यालयको गेटमा करिब चार घण्टा ताला लगाएर आफू भित्र बसेकी छन् ।
बुधबार उपाध्यक्ष रोकायाले समयमा कर्मचारीहरू हाजिर नहुने समस्याबारे कार्यपालिका तथा कर्मचारी बैठकमा पटक–पटक छलफल गरिए पनि वास्ता नगरेपछि बाध्य भएर ताला लगाएको बताएकी छन् ।
कर्मचारीले सधैं अनुशासन नमान्ने प्रवृत्तिलाई बुधबार पनि निरन्तरता दिएपछि ताला लगाउन बाध्य भएको उनको भनाइ छ ।
‘मैले धेरै पटक यो कुरा उहाँहरुलाई भनेको थिएँ, समयमा कर्मचारी नआउँदा धेरै गुनासो आयो तर सुधार नै हुन सकेन, आज अध्यक्ष र कार्यकारी दुवै बाहिर तालिममा जानुभएको थियो, कर्मचारीहरुले झनै वेवास्था गर्नुभएपछि ताला लगाएको हुँ, त्यो जानकारी सिडियो, अध्यक्ष र कार्यकारीलाई दिएको छ’ उनले भनिन् ।
आफू समयमा पालिका पुगेर कर्मचारीलाई पर्खिँदा धेरै कर्मचारी नआएपछि बुधबार बिहान १०ः१७ बजे मूलद्वारको च्यानल गेटमा ताला लगाएको उनले बताकी छन् । उनी पुग्दा एक–दुई जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी मात्र आएका थिए ।
कर्मचारीहरूमा पदीय मर्यादा र अनुशासन हराउँदै गएको, कर्मचारी पोशाक नलगाउने, जतिखेर मन लाग्यो काम छाडेर कार्यालय बाहिर निस्कने गरेको उनको गुनासो छ । पालिकामा अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखा प्रमुख भने तालिममा गएका छन् ।
गेटमा ताला लगाएपछि प्रमुख प्रशासकीय अधिकृतलाई फोनमार्फत जानकारी गराएको र कार्यालय समयमा हाजिर नहुने कर्मचारीको बानी तत्काल सुधार्नुपर्ने बताएको उनको भनाइ छ । यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसबाट निर्वाचन जितेका हुन् ।
उपाध्यक्षले गेटमा ताला लगाइदिएपछि ढिलो आउने कर्मचारी र सेवाग्राहीहरू बाहिर बसेको र ढिलो आएका कर्मचारीहरूले अबदेखि समयमै कार्यालयमा आउने प्रतिबद्धता जनाएपछि दिउँसो २ बजे ताला खोलिएको उपाध्यक्ष रोकायाले बताइन् । ‘हाकिम सापलाई यो विषयमा अब नदोहोराउने गरी कर्मचारीलाई लिखित पत्र दिन लगाएर ताला खोलिएको होड उनले भनिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: