रुपन्देही । काठमाडौंबाट रोल्पा फर्किँदै गरेका एक यात्रुको यात्राकै क्रममा बसको सिटमै मृत्यु भएको छ।
रोल्पा त्रिवेणी गाउँपालिका–५, धैरेनीका ५० वर्षीय लालबहादुर खत्री मङ्गलवार राति काठमाडौंबाट दाङको घोराही पुगेर त्यहाँबाट रा १ ख २३५७ नम्बरको यात्रुवाहक बस चढेर घरतर्फ लागेका थिए। तर, उनी गन्तव्यमा पुग्न सकेनन्।
बुधवार दिउँसो दाङको घोराही हुँदै रोल्पाको होलेरीतर्फ जाँदै गरेको सो बसको सिटमा उनी मृत भेटिएका हुन्। मृत्यु कतिबेला भयो भन्ने विषयमा यकिन नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
इलाका प्रहरी कार्यालय होलेरीका वरिष्ठ प्रहरी नायव निरीक्षक ताराबहादुर छारीका अनुसार लालबहादुर बिहान घोराहीबाट बस चढेर होलेरीतर्फ लागेका थिए। उनी ७ र ८ नम्बर सिटमा एक्लै बसेका थिए। पछाडिका सिटहरू प्रायः खाली भएकाले उनको अवस्थाबारे अरूले ध्यान नदिएको जनाइएको छ।
केरा खाँदै थिए, सिटमुनि मृत भेटिए
बसका कर्मचारीका अनुसार बस दिउँसो १२ बजेतिर होलेरी पुगेको थियो। त्यसअघि अन्य यात्रुसँगै लालबहादुर पनि खाजा खान झरेका थिए र उनले केरा किनेर खाएका थिए। बसभित्र उनको सिटमा तीन–चारवटा केराका बोक्रा भेटिएको र मुखमा पनि केराका अंश देखिएको प्रहरीले जनाएको छ।
खाजा खाएर फर्किएपछि अरू यात्रु सिटमा बसे पनि लालबहादुर भने सिटमुनि कोलियातिर लम्पसार परेको अवस्थामा थिए। सहचालकले उनलाई उठाउन खोज्दा कुनै प्रतिक्रिया नदिएपछि मृत्यु भइसकेको थाहा पाइएछि मात्रै प्रहरीलाई खबर गरिएको जनाएका छन् ।
उनलाई मद्यसेवन र औषधि सेवनको आशंका गरिएको छ । प्रहरीका अनुसार मृतकको झोलाबाट जन्डिसका औषधिहरू फेला परेका छन्। त्यस्तै, यात्राका क्रममा केहीबेर उनीसँगै बसेका एक युवकले लालबहादुरले मदिरा सेवन गरेको प्रहरीसमक्ष बताएका छन्। ती युवक केही समयपछि अर्को सिटमा सरेका थिए।
लालबहादुर काठमाडौंस्थित इँटाभट्टामा काम गर्थे। मङ्गलवार बेलुकी उनी चिनजानकै चालकको बस चढेर घर फर्किएका थिए। काठमाडौंबाट सिधै जुँगार जाने बस नभएकोले उनी घोराही झरेर गाडी फेरेका थिए । उनी सवार बस रोल्पाको जुगाँर जाने क्रममा होलेरीमै रोकिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकका श्रीमती र आफन्तहरू खबर पाएपछि होलेरी पुगेका छन्। पोस्टमार्टम तथा विस्तृत परीक्षणपछि मात्रै मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: