रुपन्देही । काठमाडौंबाट रोल्पा फर्किँदै गरेका एक यात्रुको यात्राकै क्रममा बसको सिटमै मृत्यु भएको छ।
रोल्पा त्रिवेणी गाउँपालिका–५, धैरेनीका ५० वर्षीय लालबहादुर खत्री मङ्गलवार राति काठमाडौंबाट दाङको घोराही पुगेर त्यहाँबाट रा १ ख २३५७ नम्बरको यात्रुवाहक बस चढेर घरतर्फ लागेका थिए। तर, उनी गन्तव्यमा पुग्न सकेनन्।
बुधवार दिउँसो दाङको घोराही हुँदै रोल्पाको होलेरीतर्फ जाँदै गरेको सो बसको सिटमा उनी मृत भेटिएका हुन्। मृत्यु कतिबेला भयो भन्ने विषयमा यकिन नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
इलाका प्रहरी कार्यालय होलेरीका वरिष्ठ प्रहरी नायव निरीक्षक ताराबहादुर छारीका अनुसार लालबहादुर बिहान घोराहीबाट बस चढेर होलेरीतर्फ लागेका थिए। उनी ७ र ८ नम्बर सिटमा एक्लै बसेका थिए। पछाडिका सिटहरू प्रायः खाली भएकाले उनको अवस्थाबारे अरूले ध्यान नदिएको जनाइएको छ।
केरा खाँदै थिए, सिटमुनि मृत भेटिए
बसका कर्मचारीका अनुसार बस दिउँसो १२ बजेतिर होलेरी पुगेको थियो। त्यसअघि अन्य यात्रुसँगै लालबहादुर पनि खाजा खान झरेका थिए र उनले केरा किनेर खाएका थिए। बसभित्र उनको सिटमा तीन–चारवटा केराका बोक्रा भेटिएको र मुखमा पनि केराका अंश देखिएको प्रहरीले जनाएको छ।
खाजा खाएर फर्किएपछि अरू यात्रु सिटमा बसे पनि लालबहादुर भने सिटमुनि कोलियातिर लम्पसार परेको अवस्थामा थिए। सहचालकले उनलाई उठाउन खोज्दा कुनै प्रतिक्रिया नदिएपछि मृत्यु भइसकेको थाहा पाइएछि मात्रै प्रहरीलाई खबर गरिएको जनाएका छन् ।
उनलाई मद्यसेवन र औषधि सेवनको आशंका गरिएको छ । प्रहरीका अनुसार मृतकको झोलाबाट जन्डिसका औषधिहरू फेला परेका छन्। त्यस्तै, यात्राका क्रममा केहीबेर उनीसँगै बसेका एक युवकले लालबहादुरले मदिरा सेवन गरेको प्रहरीसमक्ष बताएका छन्। ती युवक केही समयपछि अर्को सिटमा सरेका थिए।
लालबहादुर काठमाडौंस्थित इँटाभट्टामा काम गर्थे। मङ्गलवार बेलुकी उनी चिनजानकै चालकको बस चढेर घर फर्किएका थिए। काठमाडौंबाट सिधै जुँगार जाने बस नभएकोले उनी घोराही झरेर गाडी फेरेका थिए । उनी सवार बस रोल्पाको जुगाँर जाने क्रममा होलेरीमै रोकिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकका श्रीमती र आफन्तहरू खबर पाएपछि होलेरी पुगेका छन्। पोस्टमार्टम तथा विस्तृत परीक्षणपछि मात्रै मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: