म्याग्दी । राज्यको नियम तथा कानुनको उल्लङ्घन गर्दै अवैध तवरले सञ्चालनमा रहेका पश्चिम म्याग्दीको दरवाङ स्थित औषधी पसलहरूमा गाउँपालिकाले ताला लगाएको छ ।
नियामक निकायमा दर्ता नगरेको, आवश्यक सामान्य मापदण्ड पनि पुरा नगरेका ६ वटा औषधी पसल सिलबन्दी गरिएको गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिका–६, दरबाङ बजार क्षेत्रमा रहेका औषधी पसलको मालिका गाउँपालिकाले गरेको अनुगमन गर्दा बिना दर्ता सञ्चालनमा रहेको पाइएपछि औषधी पसललाई बन्द गरिएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद खर्बुजाको नेतृत्वमा गएको अनुगमन टोलीमा उपाध्यक्ष लक्ष्मी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की, इलाका प्रहरी कार्यालय दरवाङका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । टोलीले गरेको अनुगमनको क्रममा औषधी पसल दर्ता नभएको, औषधीहरूको सुरक्षित भण्डारण र रेकर्ड नराखेको, नियमित बिक्री वितरणका बारेमा जानकारी नराखेको देखिएको स्वास्थ्य संयोजक कार्कीले बताए । ‘बजारदेखि ग्रामीण क्षेत्रसम्म दर्ताबिना सञ्चालित पसल बन्द गछौं, अनुगमनलाई तीव्रता दिन्छौ’ स्वास्थ्य संयोजक कार्कीले भने ।
अनुगमनमा गाउँपालिका अध्यक्ष गर्बुजाले औषधी व्यवस्था विभाग, गाउँपालिकामा दर्ता नभएका औषधी पसललाई कडाइ गरिने बताए । जनताको प्रत्यक्ष सरोकार रहने औषधी पसल सामान्य प्रक्रिया समेत पुरा नगरी सञ्चालन हुँदा मानव स्वास्थ्यमा जोखिम हुने भएकोले आवश्यक प्रक्रिया पुरा गरेर सञ्चालन गर्न निर्देशन सहित बन्द गरिएको उनको भनाई छ । कानुनी प्रक्रिया पूरा नगर्ने, अनधिकृत व्यक्तिबाट औषधि बिक्री गर्ने, चिकित्सकको प्रेसक्रिप्सन ९पुर्जा० बिना बिरामीलाई औषधी दिने गरेको गुनासोका आधारमा अनुगमन गर्दा दर्ता बिनै सञ्चालन गरेको पाइएपछि बन्द गरिएको उनले बताए ।
मालिका गाउँपालिकाको दरवाङ बजार क्षेत्रमा मात्रै गत वर्ष सम्म ९ वटा पसल सञ्चालनमा रहेको भए पनि यस पटक सँगै ७ वटा पसल बन्द भएका छन् । सामान्य प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेका दुई वटा मात्रै भेटिएको स्वास्थ्य शाखा प्रमुख कार्कीले जानकारी दिए ।
मालिका गाउँपालिकाले ७ वटै वडामा अनुगमन गरेर अवैध तवरले सञ्चालनमा रहेको भेटिएमा बन्द गरेर कानुनी दायरामा आएर मात्रै सञ्चालनका लागि निर्देशन दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए । म्याग्दी जिल्ला भित्र ५० भन्दा धेरै औषधी पसल सञ्चालनमा रहेको भए पनि औषधी व्यवस्था विभागबाट १५ पसलले मात्रै अनुमति दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: