सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि हवाई उडान बन्द भएको छ । जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज आउजाउ बन्द गरिएको हो।
रनवेमा खाल्डो परेपछि गत मंगलबारदेखि उडान रोकेर मर्मत सम्भार भइरहेको छ। तर एउटा खाल्डो पुरिए पनि रनवेको अर्को ठाउँमा पनि पानी निस्किन थालेपछि शुक्रबारसम्मका लागि हवाई सेवा बन्द गरिएको हो।
विमानस्थलका प्रमुख हिराज काफ्लेले सुरुमा भ्वाङ ९खाल्डो० परेको ठाउँको मर्मत सकेको तर १० मिटरको दूरीमा पुनः अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि उडान बन्द गरिएको बताए।
उनका अनुसार पानी हटाएर खाल्डो पुर्ने काम शुक्रबारसम्म सक्ने योजना छ। खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर बनाइएको स्थान हो। सुर्खेतको नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेको हो।
खाल्डो पुरेर शनिबारदेखि नियमित उडान र अवतरण गराउने तयारी रहेको प्रमुख काफ्लेले जानकारी दिए। सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौँ–सुर्खेत रुटमा उडान गरिरहेका छन्।
विमानस्थल बन्द हुँदा यात्रु ३ घण्टा सडक यात्रा गरेर नेपालगन्ज पुगेर त्यहाँबाट काठमाडौँ जाने गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: