Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

विमानस्थलको रनवेमा पानी निस्कियो, हवाई सेवा बन्द

खबरडबली संवाददाता

सुर्खेत  । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि हवाई उडान बन्द भएको छ । जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज आउजाउ बन्द गरिएको हो।

रनवेमा खाल्डो परेपछि गत मंगलबारदेखि उडान रोकेर मर्मत सम्भार भइरहेको छ। तर एउटा खाल्डो पुरिए पनि रनवेको अर्को ठाउँमा पनि पानी निस्किन थालेपछि शुक्रबारसम्मका लागि हवाई सेवा बन्द गरिएको हो। 

विमानस्थलका प्रमुख हिराज काफ्लेले सुरुमा भ्वाङ ९खाल्डो० परेको ठाउँको मर्मत सकेको तर १० मिटरको दूरीमा पुनः अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि उडान बन्द गरिएको बताए।

उनका अनुसार पानी हटाएर खाल्डो पुर्ने काम शुक्रबारसम्म सक्ने योजना छ। खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर बनाइएको स्थान हो। सुर्खेतको नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेको हो। 

खाल्डो पुरेर शनिबारदेखि नियमित उडान र अवतरण गराउने तयारी रहेको प्रमुख काफ्लेले जानकारी दिए।  सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौँ–सुर्खेत रुटमा उडान गरिरहेका छन्।

विमानस्थल बन्द हुँदा यात्रु ३ घण्टा सडक यात्रा गरेर नेपालगन्ज पुगेर त्यहाँबाट काठमाडौँ जाने गरिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending