Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पद्वारा ‘नरसंहार’ को आरोप

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसालाई एउटा भिडियो प्ले गरेर आक्रमण गरेका छन् । भिडियो प्लेमा ट्रम्पले श्वेत मानिसहरूविरुद्ध नरसंहार भइरहेको प्रमाणित गरेको र यसले किसानहरूलाई संयुक्त राज्य अमेरिकामा भाग्न बाध्य बनाइरहेको दाबी गरे । 

यो असाधारण स्टन्टले दक्षिण अफ्रिकी श्वेत किसानहरूलाई उनीहरूको जग्गा छोड्न बाध्य पारिएको र मारिएको ट्रम्पको तर्कका लागि ओभल अफिसको सामान्यतया शान्त कूटनीतिक वातावरणलाई मञ्चमा परिणत गर्‍यो । पत्रकारहरूको उपस्थितिमा ट्रम्पले दक्षिण अफ्रिकाका अश्वेत राजनीतिज्ञहरूले श्वेत मानिसहरूको उत्पीडनका लागि आह्वान गरेको भन्दै कर्मचारीहरूलाई चार मिनेटको भिडियो ठुलो स्क्रिनमा राख्न लगाएका थिए । 

“तपाईंले उनीहरूलाई जमिन लिन अनुमति दिनुहुन्छ र त्यसपछि जब उनीहरूले जमिन लिन्छन् । उनीहरूले श्वेत किसानलाई मार्छन् र जब उनीहरूले सेतो किसानलाई मार्छन्, उनीहरूलाई केही हुँदैन”, ट्रम्पले भने । ट्रम्पले समाचार क्लिपिङहरू पनि देखाएकाे उनले आफ्नो दाबीलाई समर्थन गरेको बताए । यद्यपि एउटामा वास्तवमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तस्बिर थियो ।

“मृत्यु, मृत्यु, मृत्यु । भयानक मृत्यु”, ट्रम्पले भने । ट्रम्पको प्रशासनले यस महिनाको सुरुमा ५० भन्दा बढी श्वेत अफ्रिकीलाई शरणार्थी दर्जा प्रदान गरेको छ भने विश्वका अन्य भागहरूबाट शरणार्थीहरू लिन प्रभावकारी रूपमा बन्द गरेको छ । तर दक्षिण अफ्रिकी राष्ट्रपतिले ट्रम्पको दाबीलाई अस्वीकार गरे । फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग ट्रम्पले गरेको विवादलाई बेवास्ता गर्दै सुरुमा यो कदमबाट स्तब्ध देखापरेपछि उनि शान्त भए । 

अप्ठ्यारो कुराकानी

रङ्गभेद शासनको ऐतिहासिक असमानता निवारण गर्ने उद्देश्यले जनवरीमा हस्ताक्षर गरिएको जग्गा कब्जा कानुनअन्तर्गत आफ्नो देशले श्वेत किसानहरूबाट जग्गा जफत गरेको कुरा रामाफोसाले अस्वीकार गरे । “होइन, होइन, होइन”, रामाफोसाले जवाफ दिए । उनले दक्षिण अफ्रिकाको कुख्यात उच्च अपराध दरका अधिकांश पीडितहरू अश्वेत हुन् भनी जोड दिए । भिडियोमा रहेका राजनीतिज्ञहरू विपक्षी दलका थिए भने । 

दक्षिण अफ्रिकी नेताको भ्रमणलाई ट्रम्प र दक्षिण अफ्रिकामा जन्मेका उनका अर्बपति सहयोगी सहयोगी एलन मस्कले गरेको निराधार नरसंहार दाबीपछि सम्बन्ध सुधार गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको थियो । ओभल अफिसमा समेत रहनुभएका मस्क ‘श्वेत नरसंहार’ दाबीहरूका मुख्य चालक भए । 

रामाफोसा गल्फप्रिय अमेरिकी राष्ट्रपतिलाई मनाउने प्रयासमा दक्षिण अफ्रिकाका दुई शीर्ष गल्फर अर्नी एल्स र रेटिफ गुसेनसँग ह्वाइट हाउस पुगेका थिए । “हामी मूलतः संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्धलाई पुनःस्थापित गर्न यहाँ आएका छौँ”, रामाफोसाले भने । तर रामाफोसाले भिडियो चलिरहँदा बारम्बार बोल्न खोजिरहँदा ट्रम्पले उहाँलाई बोल्न दिनुभएन । “यो कहाँ छ ?”, दक्षिण अफ्रिकी राष्ट्रपतिले आफ्नो सिटमा अनौठो ढङ्गले फेरबदल गर्दा भने । 

भिडियोमा उग्र वामपन्थी विपक्षी सांसद जुलियस मालेमालाई ‘बोअरलाई मार, किसानलाई मार’ गाएको देखाइएको थियो । यो रङ्गभेदी युगको श्वेत–अल्पसङ्ख्यक शासनविरुद्धको लडाइँको समयको कुख्यात नारा हो । भिडियो दक्षिण अफ्रिकामा भएको एक प्रदर्शनका तस्बिरहरूसँग समाप्त भयो जहाँ मारिएका किसानहरूको प्रतिनिधित्व गर्न ग्रामीण सडकको छेउमा सेता क्रसहरू राखिएका थिए, तर ट्रम्पले गलत रूपमा उनीहरूका चिहानहरू देखाएको भने । 

गल्फ कूटनीति

एक विन्दुमा रामाफोसाले उनिहरू ‘यसबारे धेरै शान्तिपूर्वक कुरा गर्न’ आग्रह गरे । “हामीलाई नेल्सन मण्डेलाले सिकाउनुभएको थियो कि जहिले पनि समस्याहरू हुन्छन्, मानिसहरूले टेबुलको वरिपरि बसेर तिनीहरूबारे कुरा गर्नुपर्छ”, उनले भने । 

दुई च्याम्पियन गल्फरहरूले पनि ट्रम्पले उनिहरूलाई बोल्न आग्रह गरेपछि स्थितिलाई शान्त पार्न खोजेका थिए । “हामी हाम्रो देशमा सबै कुरा राम्रो भएको हेर्न चाहन्छौँ । यही मुख्य कुरा हो”, चार पटकको प्रमुख विजेता एल्सले भने । दक्षिण अफ्रिकी नेताले पछि यो ‘ठूलो सफलता’ भएको र नोभेम्बरमा जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा ट्रम्पले भाग लिने अपेक्षा गरेको भन्दै बैठकमा साहसी अनुहार राख्ने प्रयास गरे । 

उनले भिडियोका बावजुद श्वेतहरू विरुद्ध नरसंहार भएको छ भन्ने कुरामा ट्रम्प पूर्णरूपमा विश्वास गर्नुहुन्न पनि भने । “अन्त्यमा, मेरो मतलब, म विश्वास गर्दछु कि यी सबै कुरामा उहाँको मनमा यो शङ्का र अविश्वास छ”, रामाफोसाले पत्रकारहरूलाई भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending