Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

खबरडबली संवाददाता

ढाका । बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट मिडियासँग गरेको प्रत्यक्ष संवादप्रति कडा आपत्ति जनाएको छ। हसिनालाई बङ्गलादेशमा गम्भीर मानवअधिकार उल्लङ्घन र सामूहिक अपराधको आरोप लागेको भन्दै ढाकाले भारत सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको हो।

बुधबार जारी गरिएको प्रेस वक्तव्यमा बङ्गलादेशको विदेश मन्त्रालयले फरार घोषित दोषी शेख हसिनालाई नयाँदिल्लीमा सार्वजनिक रूपमा आफ्ना धारणा राख्ने अवसर दिइएको घटनाले आफूहरू “गहिरो रूपमा आक्रोशित” भएको जनाएको छ। मन्त्रालयले दुई देशबीचको सम्बन्धमा पर्न सक्ने असरलाई बेवास्ता गर्दै भारतले यस्तो कार्यक्रम आयोजना गर्न अनुमति दिएको आरोप लगाएको छ।

बङ्गलादेशका अनुसार जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सवका अवसरमा भारतीय भूमिबाट हसिनाले गरेको सार्वजनिक अभिव्यक्ति बङ्गलादेशको सार्वभौमसत्ता र आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति अपमान भएको हो।

विदेश मन्त्रालयले सन् २०२४ को जुलाई–अगस्ट अवधिमा हसिना नेतृत्वको सरकारमाथि निर्दोष नागरिकको हत्या गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसङ्घीय तथ्य–अन्वेषणबाट आएका विषयलाई समेत उल्लेख गरेको छ। हसिनाको समूहलाई पुनः राजनीतिक रूपमा स्थापित गर्ने कुनै पनि प्रयासले इतिहासलाई उल्टाउने प्रयासलाई सहयोग गर्ने मन्त्रालयको भनाइ छ।

बङ्गलादेश सरकारले आफ्नो देशका नागरिकले विगतमा पनि यस्ता प्रयास अस्वीकार गरेको र भविष्यमा पनि लोकतान्त्रिक तथा जनआकाङ्क्षामा आधारित बाटोबाट अघि बढ्ने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले दोषी ठहर भएका हसिना र उनका सहयोगी समूहलाई बङ्गलादेशको राजनीतिमा पुनः स्थान नदिइने दाबी गरेको छ।

यसैबीच, ढाकाले भारतसँगको सम्बन्ध कायम राख्न आफू इच्छुक रहेको पनि स्पष्ट पारेको छ। सार्वभौम समानता, पारस्परिक सम्मान र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारमा रचनात्मक सम्बन्ध विकास गर्न चाहेको बङ्गलादेशको भनाइ छ।

तर, सन् २०१३ मा दुई देशबीच भएको प्रत्यर्पण सन्धिअन्तर्गत हसिनालाई बङ्गलादेश फर्काउन गरिएको अनुरोधमा भारतबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया नआएको भन्दै ढाकाले असन्तुष्टि जनाएको छ। प्रत्यर्पण प्रक्रिया अघि नबढिरहेका बेला हसिनालाई सार्वजनिक रूपमा बोल्ने अवसर दिइनु द्विपक्षीय सम्बन्धका लागि सकारात्मक नभएको बङ्गलादेशको भनाइ छ।

यसअघि शेख हसिनाले नयाँदिल्लीबाट गरिएको भर्चुअल पत्रकार सम्मेलनमा आफू बङ्गलादेश फर्कने इच्छा व्यक्त गरेकी थिइन्। उनले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गर्दै त्यस क्रममा गिरफ्तारी, जेल वा अन्य चुनौती सामना गर्न तयार रहेको बताएकी थिइन्।

हसिनाले आफ्ना समर्थक र देशवासी कठिन अवस्थामा रहेका बेला विदेशमा लामो समय बस्न नसक्ने बताउँदै आफू आफ्नो जनताबाट टाढा रहन नसक्ने दाबी गरेकी थिइन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending