बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन् ।
मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आएका उनले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको उल्लेख गरे ।
मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकको गुनासा र सुझाव ग्रहण गर्दै पार्टी अगाडि बढिरहेको बताउँदै अध्यक्ष दाहालले यो अभियानले देशमा नयाँ राजनीतिक वातावरण बनाउने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आगामी दिनमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै किसान, मजदुरका, उत्पीडन वर्गका समस्या समाधानमा केन्द्रित हुने वातवरण बनाउने उल्लेख गरे ।
आफू प्रधानमन्त्री हुँदा देशमा ठूला परिवर्तन भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय गौवरको आयोजना मध्यपहाडी लोकमार्गसहित अन्य कतिपय योजना तत्कालीन समयमा थालनी गरेको दाबी गरे । मध्यपहाडी लोकमार्गले मध्यपहाडमा बस्ने लाखौँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उनले विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले भने, ‘नेपालमा स्वच्छ र स्वस्थ राजनीति गर्ने परिपाटीको विकास भएको छैन । अबमा दिनमा सबै राजनीतिक दल इमान्दारीपूर्वक जनताका पक्षमा केन्द्रित हुनुपर्ने जरुरी छ । पार्टीले सुरु गरेको मध्यपहाडी जनजगरण अभियानमा माओवादी केन्द्रप्रति जनताको आशा पलाएको पाएका छौँ । यो यात्रा आमनागरिकको सुझाव ग्रहण गर्ने र पार्टीलाई मजबुत बनाउनका लागि हो ।’
पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उनले यसलाई न्यूनीकरण गर्न पार्टीले खबरदारी गर्दै आएको उल्लेख गरे ।
उनले भने, ‘‘दश वर्षमा संविधानको समीक्षा गर्नुपर्छ । अब समीक्षा गर्नुपर्ने बेला आएको छ । जनताको अधिकार थप्ने गरी संविधान संशोधन गर्नुपर्छ । अहिले त्यसको समय आएको छ ।’’
पूर्व प्रधानमन्त्री प्रचण्डले पहाडी र हिमाली क्षेत्रको जडिबुटीबाट आम्दानी बढाउन सकिने बताएका छन् । उनले आत्मनिर्भर देश बनाउन बाँझो जग्गालाई प्रयोगमा ल्याउन जरुरी रहेको बताए । गणतन्त्र आएपछि केही भएन भनेर भ्रम फैलाएको र जनतालाई साँचो भन्नुपर्ने अवस्था भएको प्रचण्डको भनाइ छ । उनले गणतन्त्रपछि भौतिक पूर्वाधारको क्षेत्रमा गाउँ गाउँमा सडक सञ्जाल पुग्नुका साथै स्वास्थ्यमा समेत सकरात्मक परिवर्तन भएको बताए । उनले लोकतन्त्रको विकल्प अझ बलियो लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्रको विकल्प नभएको बताए ।
प्रचण्डले सरकारले सबै जनयुद्धका सहिद र बेपत्तालाई राष्ट्रिय सहिद घोषणा गरिएको बताउँदै विधेयक र आयोग बनाएर काम सुरु गरिसकेको बताए । उनले आयोगले कानुन अनुसार सहिद बेपत्ता परिवारलाई सम्मान, परिचयपत्र, आर्थिक परिपुरण दिने, रोजगारी दिनैपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - २०:२९
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...
आषाढ़ ८ गते, २०८२ - २०:२१
आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...
आषाढ़ ८ गते, २०८२ - २०:०९
झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...
आषाढ़ ८ गते, २०८२ - २०:०६
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...
आषाढ़ ८ गते, २०८२ - २०:०२
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...
आषाढ़ ८ गते, २०८२ - १९:०२
काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...
आषाढ़ ८ गते, २०८२ - १८:५७
काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...
आषाढ़ ८ गते, २०८२ - १८:५३
बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...
आषाढ़ ८ गते, २०८२ - १८:२३
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...
आषाढ़ ८ गते, २०८२ - १८:१९
बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...
प्रतिकृया लेख्नुहोस्: