Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

मध्य पूर्वपश्चिम जोड्ने गरी सुरु गरिएको पुष्पलाल राजमार्ग माओवादीकै अवधारणामा निर्मित: प्रचण्ड

खबरडबली संवाददाता

धनगढी। नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी स् मध्यपहाडी लोकमार्ग जागरण अभियानले राष्ट्र, राष्ट्रियता र समाजवादको पक्षमा मजबुत जनलहर प्रकट भएको जनाएको छ । 

सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले अभियानले क्रान्तिकारी ऊर्जा, सुदृढ जनसम्बन्ध, बलियो पार्टी एकता र माओवादीप्रति विश्वास बढेको दाबी गरिएको छ । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान समापनपश्चात् माओवादी पार्टीले सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पाटनबाट मध्यपहाडी लोकमार्ग अभियान थालेको थियो । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियानको उद्घाटन गरेको थिए । 

पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने १० वटा ठाउँमा स्याटेलाइट सहर योजनाभित्र पश्चिममा बैतडीको पाटन पर्ने गरेकाले मध्यपहाडी लोकमार्ग जागरण अभियानको सुरुवात यही विन्दुबाट गरिएको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीले जानकारी दिएको छ । मध्य पूर्वपश्चिम जोड्ने गरी सुरु गरिएको पुष्पलाल राजमार्ग माओवादीकै अवधारणामा निर्मित आर्थिक, सामाजिक रूपान्तरणको सडक रहेकाले अभियान सो राजमार्ग केन्द्रित गरिएको जनाइएको छ । 

बैतडीबाट सुरु भएको अभियान सुदूरपश्चिम प्रदेशको चार जिल्लाका १३ वटा पालिकामा पुगेको माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले बताए । उनका अनुसार पाटनपछि डडेलधुराको बागबजार बसपार्कमा जनसंवाद, डोटीको पिपल्ला बजार र अछामको साँफेबगरमा जनसभा गरिएको थियो । अछामकै मङ्गलसेनमा जनसंवाद, पञ्चदेवल विनायक नगरपालिकामा स्वागत कार्यक्रम गरिएको थियो । 

अभियानका क्रममा सुदूरपश्चिममा बेपत्ता परिवार तथा घाइतेसँग भेटघाट कार्यक्रम तीन वटा, जनस्वागत १३ वटा ठाउँमा, स्थानीय पालिकाद्वारा १० ठाउँमा स्वागत गर्ने कार्य भएको माओवादी प्रदेश कमिटीले जानकारी दिएको छ । 

यसै गरी पाँच वटा समस्या अवलोकन, ६३ वटा ज्ञापनपत्र ग्रहण, चार वटा प्रशासनिक भेटघाट, एक वटा उद्घाटन, विभिन्न व्यक्तिसँग भेटघाट १५ वटा, सांस्कृतिक प्रस्तुति ११ वटा भएको माओवादी पार्टीले जानकारी दिएको छ । 

मध्यपहाडी लोकमार्ग जस्तो रणनैतिक सडक बन्नुको अन्तर्य स्थानीय उत्पादनलाई वृद्धि गरी व्यापक सहरीकरण गर्नु रहेको माओवादी भनाइ छ । यद्यपि, सुदूरपश्चिम प्रदेशमा यस सडक खण्डमा अपेक्षा गरिएअनुरूप आर्थिक विकास नभएको इन्चार्ज पोखरेलले बताएको छन् । 

अभियान पूर्ण रूपमा सफल भएको भन्दै माओवादी पार्टीले अभियान सफल पार्ने पार्टी नेतृत्व, सुदूरपश्चिम प्रदेशका नेता, कार्यकर्ता, स्थानीय सबैप्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE