दार्चुला। प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताले प्रतिबद्धता जनाएको छन् ।
मतदानको दिन सबै राजनीतिक दलका तोकिएका आधिकारिक प्रतिनिधिले मतदान केन्द्रमा सहयोग गर्ने र मतदान प्रक्रियालाई बाधा पुग्ने गरी प्रचारप्रसार नगर्ने तथा मतदान अधिकृत र सुरक्षाकर्मीलाई पूर्ण रूपमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा मङ्गलबार प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालनासम्बन्धी राजनीतिक दलसँग भएको बैठकमा दलका नेताहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहितालाई अक्षरश: पालना गर्ने सहमति पनि जनाएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिए। यस्तै मतदानको दिन मतदान केन्द्रको वरिपरि निषेधित गरिएका गतिविधि नगर्नेरनगराउने कुरामा सबै राजनीतिक दल सहमत रहने निर्णय गरिएको उनले बताए।
प्रतिनिधि सभा सदस्य निर्वाचन भएपश्चात् मतपेटिका ढुवानी गरी ल्याउँदा तोकिएको सवारीसाधनमा बस्ने ठाउँको सीमिताका कारण सबै राजनीतिक दलका प्रतिनिधि एकैसाथ आउन नसक्ने अवस्था भए राजनीतिक दलले सहयोग गर्न आपसी सहमतिमा समन्वय गरेर एक जना साझा प्रतिनिधि मात्र पठाउन दल सहमत भएका छन् ।
यसै गरी मतपेटिका ढुवानीका लागि प्रयोग गरिने सवारीसाधनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी, सुरक्षा निकायले तय गरेको सुरक्षित रुटमा रहेर मात्र ढुवानी गर्ने, ढुवानीका क्रममा हुने अनावश्यक ढिलाइ वा अवरोधलाई शून्यमा झार्न र तोकिएको समयमै मतगणना स्थलमा मतपेटिका बुझाउन सबै पक्ष प्रतिबद्ध रहने निर्णय गरिएको उहाँले बताए। बैठकले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि सुरु हुने मौन अवधिको पूर्ण पालना गर्ने, यस अवधिमा भौतिक रूपमा वा सामाजिक सञ्जालमार्फत कुनै पनि प्रकारको मत माग्ने वा प्रचार गर्ने कार्यलाई पूर्ण रूपमा रोकेर निर्वाचनको निष्पक्षता कायम राख्न सबै दलले आआफ्ना कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको सूचना अधिकारी दाहालले जानकारी दिए।
मतदानको दिन मतदान केन्द्रमा कुनै विवाद वा असहमति उत्पन्न भएमा, त्यसलाई तत्कालै सम्बन्धित मतदान अधिकृत र उपस्थित राजनीतिक दलका प्रतिनिधिबिचको आपसी छलफल र सहमतिमा समाधान गर्ने, मतदान कार्यलाई कुनै पनि बहानामा स्थगित हुन नदिन र कानुनी प्रक्रियाभित्र रहेर समस्या सुल्झाउन सबै पक्ष सहमत रहने निर्णय गरिएको उनले बताए।
यहाँका सात वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखि पठाइएको सानो हेलिकप्टर प्राप्त हुने भएकाले मतपेटिका र मतदान अधिकृतलाई मात्रै ल्याउने विषयमा पार्टीको सहमति रहने निर्णय गरिएको उनले बताए।
हेलिकप्टरमार्फत ढिला हुने अवस्था भएमा तथा मौसम अनुकूल नभएमा प्रशासनरसुरक्षा निकायले अवस्था हेरी पैदल/सडक मार्ग प्रयोग गरेर मतपेटिका ढुवानीको व्यवस्था मिलाउने कुरामा दलका प्रतिनिधिसँग सहमति भएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १०:४२
काठमाडौँ। धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। ...
फाल्गुन १३ गते, २०८२ - १०:२३
सप्तरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले जेन–जी आन्दोलनपछि देश कठिन परिस्थितिमा रहेकाले अहिलेको अवस्थामा देशलाई सम्हाल्ने क्षमता नेपाली...
फाल्गुन १३ गते, २०८२ - ०९:५८
दमक । निर्वाचन प्रचार–प्रसारका क्रममा केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। आज उनले दमक र द...
फाल्गुन १३ गते, २०८२ - ०९:४५
बागलुङ। विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं। ४ को ओडारचौर–ढोड...
फाल्गुन १३ गते, २०८२ - ०९:३९
दार्चुला। प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताले प्रतिबद्धता जनाएको छन् । ...
फाल्गुन १३ गते, २०८२ - ०९:२९
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रति...
फाल्गुन १२ गते, २०८२ - १७:०८
नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।...
फाल्गुन १२ गते, २०८२ - १६:५४
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...
फाल्गुन १२ गते, २०८२ - १६:५०
काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नि...
फाल्गुन १२ गते, २०८२ - १६:४३
काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजै...



प्रतिकृया लेख्नुहोस्: