Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

'भिजिट भिषा' मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाजीले गरेका थिए सरूवा

खबरडबली संवाददाता

काठमाडौं  । नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब र अन्ततः सरुवासम्मको चपेटामा परेका थिए।

३० वर्षसम्म प्रहरी सेवामा रहेर कर्तव्यनिष्ठ ढंगले काम गरेका पन्थी ५८ वर्षको उमेरमा गत भदौ १६ गते अनिवार्य अवकाशमा गए। उनले कार्यकालभरि मानव तस्करी, ठगी, हत्या जस्ता जघन्य अपराधको अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरे।

गत वर्ष कात्तिकमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पन्थीलाई उत्कृष्ट कार्य सम्पादनका लागि ‘सर्वोत्कृष्ट प्रहरी’को उपाधि प्रदान गरेको थियो। उपत्यका अपराध अनुसन्धान महाशाखाको पिलर-८ को नेतृत्व गर्दै उनले वैदेशिक रोजगारका नाममा हुने ठगी, नक्कली कागजात बनाउने गिरोहमाथि ठोस अनुसन्धान सुरु गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६४१ राहदानीसहित फर्काइएका शंकास्पद यात्रुहरूको अनुसन्धान पन्थीको नेतृत्वमा भएको टोलीले गर्‍यो।

अनुसन्धानका क्रममा विभिन्न ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी, होटल, एयरलाइन्स, श्रम विभाग, अध्यागमन विभाग र प्रहरीका केही कर्मचारीको मिलेमतोमा व्यापक मानव तस्करी सञ्चालन भइरहेको खुलासा भयो। पन्थीको टिमले करिब ४० जनालाई पक्राउ गरी कागज किर्ते, मानव तस्करी र संगठित अपराधअन्तर्गत मुद्दा दायर गर्‍यो। मुद्दालाई संगठित अपराधमा लैजान सरकारी वकिलसँग निकै बहस गर्नुपरेको थियो।

तर अनुसन्धानको क्रममा पन्थीलाई विभिन्न तरिकाले दबाब दिइयो। अख्तियारमा १६ पानाको उजुरी हाल्ने धम्की दिइयो, राजनीतिक पहुँच भएका व्यक्ति–विशेषले संरक्षण दिइरहेका संस्थाहरूको नाम अनुसन्धान प्रतिवेदनमा आउन थालेपछि पन्थीमाथि चरम दबाब सिर्जना भयो।

एक महिनाभित्र फाइल अर्को पिलरमा फिर्ता गर्न, अनुसन्धान टुंग्याउन र मुद्दा कमजोर बनाउने प्रयास भइरहे पनि तत्कालीन एसएसपी सोमेन्द्रसिंह राठौरले स्पष्ट निर्देशन दिए – “जुनसुकै तहका व्यक्ति किन नपरे, जरैदेखि अनुसन्धान गर।”

डिएसपी पन्थीले यसअघि पनि उपत्यकामा भएका चर्चित हत्या र अपराधका घटनामा सफल अनुसन्धान गरेका थिए। कपनमा निरा पाण्डेको हत्या, तार्केश्वरमा ९० वर्षीय वृद्धको विभत्स हत्या, रामघाटमा भारतीय नागरिकको हत्या जस्ता घटनामा संलग्नलाई पत्ता लगाएर कानुनी दायरामा ल्याएका थिए।

तर, जब भिजिट भिसा प्रकरणमा ठूला नृपहरूको नाम आउन थाल्यो, पन्थीको सरुवा भयो। अनुसन्धान टिममा अन्य सदस्य पठाइए। तर, पन्थीको प्रतिवेदनले प्रहरी संगठन र देशकै नीति निर्माण तहलाई सोच्न बाध्य बनाएको छ।

अब यो विषय निष्पक्ष र गहिरो अनुसन्धान हुन आवश्यक छ। सरकारले विशेष न्यायिक आयोग गठन गरेर यस मामिलामा संलग्न सबै तहका व्यक्ति–विशेषमाथि छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। आयोग गठन भई छानबिन भएमा विगतका केही गृहमन्त्री, श्रममन्त्रीदेखि प्रधानमन्त्रीका सचिवालयसम्मको संलग्नता उजागर हुने सम्भावना उच्च देखिन्छ।

उनले फेसबुकमा यस्ताे लेखेका छन्ः

भिजिट भीषा अनुसंधान गर्दा धम्की र सरुवा सम्म !

जब मानव बेचबिखन अनुसंधान ब्युरोको टोलि एयर्पोर्ट बाट हट्यो त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिबिधी अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसंधान कार्यालयमा पठाइयो।त्यस बखत म ८ न पिलरमा DSP को रुपमा नेतृत्व गर्दै थिए उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दा को अनुसंधान तथा कारबाही गर्दथ्यो।तसर्थ एयर्पोर्ट बाट आएका कागजात ३ न पिलर मा आए।उक्त पिलरले ठगी हेर्ने हुदा स्वभाबिक भयो।एक महिनाको अनुसंधानमा राहदानी आउने अनि जस्को हो उसैलाई फिर्ता दिने कार्य भयो।त्यस बाट अपेक्षित परिणाम नआए पछि तत्कालिन SP रबिन्द्र रेग्मी सर ले SSP सोमेन्द्र सिंह राठौर सर सङ्ग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण ८ न पिलर बाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो।तत्पश्चात मेरो नेतृत्वको टोलिले गहिरिएर अनुसंधान गर्दा सबै नक्कली कागजात तयार गर्ने , काम ल्याउने दलाल, कन्सल्टेन्सी , ट्राभल ब्याबसायी , म्यानपावर ,होटल र एयरलाइन्स , अध्यागम , श्रम बिभाग र प्रहरिका केही अधिकारीको मिलोमतो मा ठूलो तस्करी संचालित भएको देखिए पछि मैले अनुसंधान प्रतिवेदन पेश गरेको मा तत्कालिन कार्यालय प्रमुख SSp सोमेन्द्र सिंह राठौर ले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनु भएको थियो तत्पश्चात २० जना दलाल,२० वटा ट्राभल ,८ क्स्न्सल्टेन्सी , नेता र कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी , किर्ते र सङठित अपराध मुद्दा चलाइएको थियो।उक्त मुद्दा लाई सङठित मा लैजान हामिले सरकारी वकिल सङ्ग नोक झोक नै गर्नु परेको थियो र मैले अनुसंधान गर्दा मलाई अख्तियारमा१६ पाने भोर्याउने धम्की पनि नदिइएको हैन ।कुनै कुरालाई प्रभाह नगरी पत्रकार सम्मेलन बाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारिको सङ्लग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिए।जुन कुरा ब्याबसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सर को कारण बाट सम्भब भएको थियो।पछि अनुसंधान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे।उक्त file अनुसंधानको लागि अख्तियार दुरुपयोग अनुसंधान आयोगमा समेत पठाइएको थियो।दुई बर्ष न भयो बल्ल।आशा गरौ अनुसंधान हुँदै होला। धेरै दलाल र ठुला तस्करीमा सङ्लग्न दुबइ र भारत गएर बस्नु पर्यो।त्यस्तो स्थिती सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठूलो थैली को जोहो गरेर बुझाएको हल्ला चल्यो। नभन्दै मेरो सरुवा भयो।सरुवा कसरी भयो र किन कार्यालय प्रमुख्ले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २,३ दिन अगाडि हटेका गृहमन्त्री नारायण काजी श्रेष्ठले टिपाएको र तत्कालीन igp वसन्त कुवर को जोडबल मै भएको बुझिए पछि ssp सोमेन्द्र सरले रोक्न हालका igp तत्कालीन मेट्रो प्रमुख दिपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जस्का कारण सरुवा रोकिएन। पछि तत्काल गृहमन्त्री फेर बदल पश्चात् मैले गृहमन्त्री रबि लामेछाने लाई एउटा पत्र लेखे जस्को कारण मेरो सरुवा कानुन त रोकिएन किनकी बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो।तसर्थ मौखिक रुपमा रवाना नगरी त्यही काम गर्न भनियो।मैले लेखेकोनपत्र पछि सार्बजनिक गर्नेछु।

तसर्थ साच्चिकै अनुसंधान गरेर तस्करी नियन्त्रण गर्ने र शुशाशन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ।त्यसो गरियो भने एकाद बाहेक कुनै गृहमन्त्री , श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिने छ।अहिले सहसचिब तिर्थ भट्रराइ लगायत अख्तियारको अनुसंधान को दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ।अख्तियार प्रमुख ज्यु ले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अबसर आएको छ।यो विषय सुक्ष्म र निस्पक्ष अनुसंधान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित छ।अबसर लाई सदुपयोग होस।शुभकामना ।।।।


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending