Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सुमन पुरीले किन छाडेनन् युवा संघको नेतृत्वमा आफ्नो अडान ?

पार्टीकाे आधिकारिक उम्मेदवार आफु रहेकेा थेबेकाे दावी

खबरडबली संवाददाता

पोखरा । पार्टी हेडक्वार्टर एकातिर ढल्किँदा सुमन पुरी कसको आडमा युवा संघको अध्यक्ष बन्ने अडानमा छन् भनेर एक नेतालाई सोध्दा उनले भने, ‘मदन भण्डारी फाउन्डेसन उहाँसँग छ । यसको मतलब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विना यो सम्भव होला ?’ 

चीन भ्रमणमा रहेकी भण्डारीले आधिकारिक वक्तव्य दिएकी त छैनन्, तर उनको समर्थन पुरीलाई छ भन्ने हल्ला युवा संघको राष्ट्रिय महाधिवेशन स्थल पोखरा सभागृहभर फैलिएको छ ।

 यता हालका अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत बनाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका थिए । तर पुरीको अडानका कारण अध्यक्ष मण्डलले उनलाई सर्वसम्मत बनाउन नसकेपछि निर्वाचन हुन लागेको छ । जसअनुसार थेबे र पुरी प्यानलसहित मैदानमा खडा भएका छन् । 

युवासंघका पूर्व अध्यक्षहरू भानुभक्त ढकाल, महेश बस्नेत र हालका इन्चार्ज समेत रहेका राजीव पहारी सम्मिलित अध्यक्ष मण्डलले ओलीको निर्देशन अनुसार भरमग्दुर प्रयास गरे । पुरीले अडान नछाड्दा मतदानको अवस्था सिर्जना भएको हो । 

त्यसो त अध्यक्षमा आधा दर्जनको आकाङ्क्षा थियो । हालका उपाध्यक्षहरू महाराजा गुरुङ, प्रकाश गौतम, युवा विज्ञ परिषद् संयोजक मदन भण्डारी लगायतले अध्यक्षमा दाबी गरेका थिए । अन्ततः उनीहरू तितरबितर भए । गौतमले पुरीलाई साथ दिए र उनको उपाध्यक्ष भएर उम्मेदवारी दिएका छन् । महाराजा भने थेबेतिरै खुले, उनले पनि प्यानलबाट उपाध्यक्षमा दोहोरिन मनोनयन दर्ता गराएका छन् । 

थेबे समूहबाट उपाध्यक्षमा माहाराजा गुरूङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिव महिला निशा लिम्बू, सचिव खुलातर्फ मोबिन आलम, मदन भण्डारी, देबु बस्नेतले मनोनयन दर्ता गराएका छन् । पुरी समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिव कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले मनोनयन दर्ता गराएका छन् । महिला सचिवमा रेशु तामाङ र सचिव ९मधेसी० मा चित्ररञ्जन यादव, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवरले उम्मेदवारी दिएका छन् । 

एमाले हेडक्वार्टको दबाब पछि थेबे उठ्नै पर्ने अवस्थामा पुगे । यता पुरीको दाबी स्वाभाविक रहेको युवासंघका नेताहरू बताउँछन् । दुई पटक उपाध्यक्ष बनेर महासचिवमा थुमथुम्याइएका पुरीले मतदानको माग गरिरहँदा उनलाई बोक्ने नेता खुलेर मैदानमा झरेका छैनन् । तर केन्द्रमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ सहितका नेताहरूले पुरीको प्यानल निर्माणमा सघाएको बताइन्छ । स्रोतका अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त्यो काम गर्न नेताहरूलाई अह्राएकी थिइन् ।

नेतृत्व दोहोर्‍याउन नहुने वक्तव्य दिँदै आएका युवा संघका इन्चार्ज तथा पूर्व अध्यक्ष राजीव पहारी, महेश बस्नेतहरू  थेबेतिरै खुलेका छन् । एमाले नेतृत्व थेबेलाई सर्वसम्मत नेतृत्व चुन्न चाहन्थ्यो, महाधिवेशनका प्रतिनिधिहरू आफ्नो नेता आफै मत दिएर निर्वाचित गराउनुपर्ने अडानमा टसमस नभएपछि एमालेको भ्रातृ संस्थामा निर्वाचन ‘निषेध’को शृङ्खला युवा संघबाट तोडिँदै छ । 

९ सदस्यीय पदाधिकारीसहित १ सय ५१ पदमा निर्वाचन हुने छ । योबाहेक पनि लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको समेत मतदान हुनेछ । 

महाधिवेशनमा १ हजार ७ सय ५२ प्रतिनिधिले मतदान गर्ने छन् । मतदान सोमबार बिहान ८ बजेदेखि हुने कार्यतालिका छ । तर भोटिङ मेसिनमा नामावली मिलाउनुपर्ने र अन्य प्राविधिक कारणले दिनैभर समय लाग्ने बताइएको छ । जे होस्, मंगलबारसम्ममा युवा सघंको  अध्यक्ष निर्वाचित हुनेछन् । भोटिङ मेसिन सभागृहमा ल्याइसकिएको छ । 

म एमालेको आधिकारिक उम्मेदवार हुँः थेबे

हाम्रो संगठन गतिशील संगठन हो । अधिकार प्राप्तिको अभियानमा लागेको संगठन हो । अबको उद्देश्य भनेको समृद्धी र राष्ट्रिय पुँजी निर्माण गर्नु हो । नेपालमा केही गर्न सकिँदैन र युवाहरूका लागि नेपालमा कुनै भविष्य छैन भन्ने भाष्य निर्माण गर्न लागिएको छ । यसलाई तोड्नुपर्ने छ । नेपालको मुख्य समस्या भनेको बेरोजगारी हो । यो महाधिवेसनले नीतिमा सुधार ल्याउन दबाब दिन्छ । बेरोजगारी अन्त्य गर्न हामी आफै उद्यमी बन्छौं । ३ वर्षमा २० लाख रोजगारी दिने प्रण गरेर अगाडि बढ्छ । अहिलेको नेपालको राजनीतिलाई अगाडि बढाउन र राष्ट्र जोगाउन युवा संघ चाहिएको छ । त्यसको लागि सक्षम नेतृत्व चाहिन्छ । 

अर्कोतिर भूराजनीतिले विश्वलाई गिजोलेको छ, ग्लोबल युगमा कसरी नेपाललाई समाहित गर्ने भन्ने सोचमा हामी केन्द्रित छौँ । नेपाललाई देशी विदेशीको षड्यन्त्रबाट जोगाउन भिजिनरी लिडरसिप चाहिएको छ । आम युवा पङ्क्तिले क्षितिज थेबे दोहोरिन पर्छ भनेपछि म अघि बढेको हुँ । नेकपा एमालेको उम्मेदवार म हुँ । यो सामान्य कुरा हो । केपी शर्मा ओली पार्टी अध्यक्ष हो, युवासंघको अहिलेको अध्यक्ष म हुँ । राजनीतिक सुझबुझका साथ युवा मुभमेण्टलाई निष्कर्षमा लैजान म अघि बढेको छु । पार्टी पङ्क्ति र अध्यक्ष कमरेडसँग छलफल गरेपछि निर्णयमा पुगेको हुँ ।

अध्यक्ष कमरेडले पनि मलाई नै सहयोग गर्नुहुन्छः पुरी 

बहालवाला अध्यक्षले नेतृत्व दाबी गर्दा पार्टी नेतृत्वले साथ दिएको हो कि भन्ने अड्कलबाजी मात्रै हो । हाम्रो अध्यक्ष सम्माननीय प्रधानमन्त्री ज्यूले सकेसम्म सर्वसम्मत गर्नुस् नत्र स्वच्छ प्रतिस्पर्धा गर्नुस् भन्नुभएको छ । मुगुको साथीसँग झापाको साथीले भोट माग्ने अवसर अरू बेला कहाँ पाइन्छ रु यसले त हार्दिकता बढाएको छ, सङ्गठनलाई चलायमान बनाएको छ । यो राम्रो पक्ष हो । 

दुई कार्यकाल उपाध्यक्ष भएर महासचिवमा झरेँ । नवीन कार्यक्रम मार्फत दुई संस्करण सफल गर्‍यौं । अध्यक्ष ज्यूलाई हामीले सक्दो सहयोग गर्‍यौं । विश्वास छ, अध्यक्ष कमरेडले पनि मलाई नै सहयोग गर्नुहुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending