Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

सेवानिवृत्त शिक्षकद्वारा हाते कागज उद्योग सञ्चालन

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका सेवानिवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालन गरेका छन्। ४१ वर्षको शिक्षण पेसाबाट अवकाश लिएपछि गौतमले मालिका गाउँपालिका–५ थापाचौरमा जग्गा भाडामा लिएर ‘मालिका कागज उद्योग’ सुरु गरेका हुन्।

एक दशकअघि सामूहिक रूपमा सुरु भएको कागज उद्योग घाटामा गएर बन्द भएको थियो। ६ वर्षदेखि उद्योगको स्वामित्व लिएर मालिका गाउँपालिका–३ अधिभारामा हाते कागज उत्पादनलाई निरन्तरता दिएका गौतमले शिक्षण पेसाबाट अवकाशपछि नयाँ व्यवस्थापन र उत्पादन क्षमता बढाएर उद्योग सञ्चालन गरेको बताए।

‘थापाचौरमा पाँच रोपनी जग्गा भाडामा लिएर गोदाम, प्रशोधन केन्द्र र कागज सुकाउन टनेल घर बनाएको छु, फ्रेममा राखेको कागज सुकाउन टनेल घर बनाएपछि पानी परे पनि कागज उत्पादन गर्न सकिन्छ, पूर्वाधार विस्तारले उद्योगको कागज उत्पादन क्षमता बढेको छ,’ गौतमले भने।

जंगलमा पाइने बरुवाको लोक्तालाई प्रशोधन गरेर हाते कागज बनाइन्छ। उद्योगमा मालिका गाउँपालिका–२ रुम र ३ डाँडागाउँका चार सामुदायिक वनबाट उपभोक्ताले बरुवाको लोक्ता संकलन गरी बिक्री गर्छन्। उद्योगले प्रतिकिलो ८० देखि १०० रुपैयाँमा लोक्ता खरिद गर्छ। उद्योगले धूप बनाउन ७ ग्राम, कार्यालय प्रयोजनका लागि २० ग्राम र चिठी लेख्ने नेपाली कागज ४० ग्रामको गुणस्तरमा उत्पादन गर्छ।

उद्योगको हाते कागज म्याग्दी, बागलुङ, कास्की र काठमाडौंमा खपत हुन्छ। धूप, फोटोकपी, चिठी, तमसुक र निवेदन लेख्ने कागजको माग आउने गरेको गौतमले बताए। उद्योगमा लोक्ता प्रशोधनका लागि विद्युतीय बोयलर, बिटर र कटिङ मेसिन जडान गरिएको छ। ‘लोक्ताबाट कागज बनाउने परम्परागत र रैथाने सीप हो, जंगलमा खेर गएको लोक्ताको उपयोग गरी स्थानीय स्तरमा आयआर्जन र रोजगारी बढाउनु मेरो उद्देश्य हो, कागज किन्न बाहिर जाने पैसालाई स्थानीय स्तरमै रोक्न उद्योग सुरु गरेको छु,’ उनले भने।

२०७६ देखि एकल रूपमा उद्योग सञ्चालन गरेका गौतमको उद्योगमा हाल पाँच जनाले रोजगारी पाएका छन्। गौतम दम्पतीले उद्योग स्थापना गरेर स्वरोजगार बनेका छन्। एकपटक ६०० फ्रेममा कागज उत्पादन गर्ने क्षमता भएको उद्योगमा रंगीन नेपाली कागज पनि उत्पादन सुरु भएको छ।

मेसिन, औजार र सामग्री खरिदमा २५ लाख रुपैयाँ लगानी भएको गौतमले बताए। उद्योगबाट वार्षिक १५ लाखभन्दा बढीको कागज बिक्री हुन्छ। गौतम परिवारले दरबाङ बजारमा मालिका ह्यान्डीक्राफ्ट स्टोर्स सञ्चालन गरी नोटबुक, रजिस्टर, फाइल, खामलगायत सामग्री उत्पादन र बिक्री गर्छन्।

मालिका कागज उद्योगको स्तरीकरणमा गाउँपालिका र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सहयोग गरेका छन्। यस वर्ष मन्त्रालयले क्यालेन्डिङ मेसिन खरिदमा एक लाख ५० हजार रुपैयाँ अनुदान दिएको छ। मालिका गाउँपालिकाले टनेल घर निर्माण, ट्रसको छानो र पानी व्यवस्थापनमा दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।

गाउँपालिकाले स्थानीय उद्यमशीलता विकासका लागि सीप, प्रविधि र पूर्वाधार निर्माणमा सहयोग गरेको उनले बताए। उद्योगले जिल्लाका स्थानीय तह र सरकारी कार्यालयले नेपाली कागज प्रयोग गर्ने नीति बनाएमा क्षमता विस्तार र रोजगारी सिर्जना गर्न सकिने जनाएको छ।

म्याग्दीको मालिका, धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको २ हजार ४०० देखि ३ हजार २०० मिटर उचाइका जंगलमा बरुवा प्रशस्त पाइन्छ। एकपटक लोक्ता निकालेपछि पाँच वर्षमा सोही बिरुवाबाट पुनः लोक्ता प्राप्त हुन्छ। म्याग्दीमा हाते कागज उद्योग सञ्चालन र बन्द हुने क्रम जारी छ। वन पैदावारमा आधारित उद्योग भएकाले कच्चा पदार्थ संकलन, सञ्चालन र निर्यातमा जटिल कानुनी प्रक्रियाले दिगोपनामा चुनौती देखिएको छ। रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE