रुपन्देही । बुटवलको कालिकानगरस्थित होराइजन चोक नजिकैको मिलिजुली पथमा एक युवकले पूर्वपत्नी र उनका दुई छोरीको बीभत्स हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको हत्या गरेका हुन्।
दीपा बस्यालले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। मृतक दुई बालिका शंकर र दीपाकी सन्तान हुन्।
प्रहरीका अनुसार, कोइरालाले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए। बिहानैको समय चक्कु र घन प्रयोग गरी ती तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए। मृतक दीपा स्वास्थ्यकर्मी थिइन् र पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत थिइन्।
हत्या अभियोगमा पक्राउ परेका कोइरालालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ। उनी यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल चलान भएका थिए। तर, संविधान दिवसको अवसरमा सरकारले दिएको माफीनामा अन्तर्गत रिहा भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: