Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

अन्नपूर्ण हीरक महोत्सव : आधार शिविरमा फ्रान्सेली कलाकारको प्रस्तुति

खबरडबली संवाददाता

म्याग्दी। अन्नपूर्ण हिमालको काखमा फ्रान्सेली कलाकारहरुले प्रथम हिमाल आरोही मौरिस हर्जोगको सम्झनामा सांगीतिक प्रस्तुती गरेका छन् । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा फ्रान्सेली कलाकारहरुले आधार शिविरमा सांगीतिक प्रस्तुती गर्ने भएका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ अर्थात् जेठ २० गतेका दिन पहिलोपटक मानव पाइला परेको थियो । त्यसैले अन्नपूर्णलाई जेठो हिमाल भनेर पनि भनिन्छ ।

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा हर्जोगको सम्मानका लागि अन्नपूर्ण अधार शिविरमा फ्रान्सेली कलाकारको टोलीले सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको शिविर, नारच्याङ र घोडेपानी र पुनहिलमा जेठ १९ र २० गते दुई दिन सांगीतिक कार्यक्रम हुने जानकारी दिनुभयो । उहाँका अनुसार मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको अगुवाइमा रहेको अन्नपूर्ण सङ्गीत समूहले पदयात्रासहित आधार शिविरमा सांगीतिक प्रस्तुती दिने छ । उक्त सङ्गीत समूह नेपाल आइसकेको उनले बताए ।

पालिका अध्यक्ष पुनले भने, ‘‘अन्नपूर्ण हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा पहिलो आरोही मौरिस हर्जोगको सम्मानमा फ्रान्सेली कलाहरुले सांगीतिक प्रस्तुती गर्ने कार्यक्रमले हामीलाई निकै उत्साहित बनाएको छ । अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले अन्नपूर्णको विश्वव्यापी रुपमा प्रचारप्रसार गर्न टेवा पुर्‍याउने छ ।’’ सांगीतिक कार्यक्रममा काठमाडौँस्थित फ्रान्सेली राजदूतलगायत विशिष्ट पाहुनाहरुको पनि सहभागिता हुने छ ।

उहाँले मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जना सहभागी हुने बताए।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाइमा जेठ १६ देखि २१ सम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन व्यवस्थापन समितिका सदस्य इन्द्रसिंह शेरचनले स्थानीयहरु महोत्सवको तयारीमा जुटेको बताए ।

पालिका अध्यक्ष पुनले पर्वतारोही हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरकारी स्तरबाट गरिएको पहिलो कार्यक्रमले सम्पूर्ण म्याग्दीवासीहरुलाई नै उत्साहित बनाएको बताए। 

जुन ३ अर्थात् जेठ २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण, खुला सङ्ग्राहलयको उद्घाटन गर्नेछन् । आधार शिविरमा आयोजित कार्यक्रमपछि प्रधानमन्त्री ओली नारच्याङको बेंसीमा हीरक महोत्सव मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा हर्जोगले प्रयोग गरेको बाटोलाई गाउँपालिकाले उहाँको सम्मानमा मौरिस हर्जोग पदमार्ग नामाकरण गरी पूर्वाधार निर्माण गरेको छ । प्रधानमन्त्री ओलीले उक्त पदमार्गको उद्घाटन समेत गर्नेछन् ।

आधार शिविर जाने पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । 

हीरक महोत्सवमा प्रधानमन्त्री ओली आउने भएपछि स्थानीय पर्यटन व्यवस्थापन समिति, स्थानीय पर्यटनकर्मी लगायत अन्नपूर्णवासीहरु तयारीमा जुटेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE