Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

खबरडबली संवाददाता

विराटनगर । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ। उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।  

विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो । विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्। 

यसरी भएको थियो बिहे
२०५९ सालमा नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा केही मानिसहरू भेला भए। लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो। बिहे कोसँग गर्ने त ? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्। 

२०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित भएकी थिइन्। भैँसेपाटीमा पर्ने त्यो क्षेत्र हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २५ मा पर्छ।

उनको नाम आएपछि लालबाबुले पनि  ‘त्यसो भए हुन्छ नि त’ भनेर सहमति दिए। बिहे त गर्ने तर कसरी ? उनलाई लागिरह्यो। उनले बिहेको निम्तोपत्र ‘ए फोर साइज’को पेपरमा चारवटा निम्ता हुने गरी बनाए। त्यही फोटोकपी गरेर बाँडे। 

पार्टी कार्यालय, बल्खुमै जनवादी विवाह तय भयो। बिहेको आयोजक मोरङकाठमाडौँ सम्पर्क मञ्च बन्यो। प्रमुख अतिथि त्यसबेलाका महासचिव माधवकुमार नेपाल थिए। पार्टीका अरू नेताहरू पनि थुप्रै सहभागी भए। अष्टलक्ष्मी शाक्य, भरतमोहन अधिकारीहरू पण्डितको बिहेमा पुगेका थिए।

विमला पनि नेतृ भएकाले साथीहरूमार्फत नै चिनजान भएपछि जनवादी विवाह गर्न सजिलो भएको पण्डित सम्झन्छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending