विराटनगर । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ। उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।
विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो । विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।
यसरी भएको थियो बिहे
२०५९ सालमा नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा केही मानिसहरू भेला भए। लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो। बिहे कोसँग गर्ने त ? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्।
२०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित भएकी थिइन्। भैँसेपाटीमा पर्ने त्यो क्षेत्र हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २५ मा पर्छ।
उनको नाम आएपछि लालबाबुले पनि ‘त्यसो भए हुन्छ नि त’ भनेर सहमति दिए। बिहे त गर्ने तर कसरी ? उनलाई लागिरह्यो। उनले बिहेको निम्तोपत्र ‘ए फोर साइज’को पेपरमा चारवटा निम्ता हुने गरी बनाए। त्यही फोटोकपी गरेर बाँडे।
पार्टी कार्यालय, बल्खुमै जनवादी विवाह तय भयो। बिहेको आयोजक मोरङकाठमाडौँ सम्पर्क मञ्च बन्यो। प्रमुख अतिथि त्यसबेलाका महासचिव माधवकुमार नेपाल थिए। पार्टीका अरू नेताहरू पनि थुप्रै सहभागी भए। अष्टलक्ष्मी शाक्य, भरतमोहन अधिकारीहरू पण्डितको बिहेमा पुगेका थिए।
विमला पनि नेतृ भएकाले साथीहरूमार्फत नै चिनजान भएपछि जनवादी विवाह गर्न सजिलो भएको पण्डित सम्झन्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: