पोखरा । पोखरामा बुधबार दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना घाइते छन् । पोखरा महानगरपालिका वडा ३२, लामेआहालमा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । सो दुर्घटनामा ८ जना घाइते भए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० हाइस (इलेक्ट्रिक) पोखरा ३२, लामेआहालमा बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा २५, हेमजाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका वडा ५, खरी बस्ने ४५ वर्षीया तीलकुमारी आचार्य र धादिङकै नीलकण्ठ नगरपालिका वडा २, भुलभुले बस्ने १५ वर्षीय आगम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
दुर्घटनामा चालकसहित ११ जना यात्रु घाइते भएका थिए । तीमध्ये ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र बाँकीलाई दुर्घटनास्थल नजिकै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएका गम्भीर घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । गाडी सडकदेखि अन्दाजी ३५÷४० मिटर तल बारीमा खसेको छ । तीव्र गतिमा रहेको उक्त गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धान छ ।
यस्तै, बुधबार दिउँसो साढे १ बजे पोखराको पर्यटकीय क्षेत्र पुम्दीमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा २८ जना घाइते भए । तीमध्ये ५ जना गम्भीर घाइते छन् ।
पोखरा २२ पुम्दीकोटदेखि छोरेपाटनतर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको भारतीय पर्यटक बोकेको माइक्रो बस सडकदेखि तल खसे दुर्घटना भएको हो ।
विश्व शान्ति स्तुप पार्किङभन्दा केही माथि दोस्रो घुम्तीमा बस दुर्घटना भएको हो । घाइतेको स्थानीयले उद्धार गरी अस्पताल पठाएका हुन् । बस ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: