बागलुङ । दोस्रो आदर्श कप एसइई स्तरीय फुटबल प्रतियोगिता बिहिबारदेखि बाङेचौर खेलमैदानमा सुरु भएको छ ।
आदर्श विद्यामन्दिर खेलकुद क्लबको आयोजना तथा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको सह–आयोजनामा बिहिबारदेखि शुरु भएको प्रतियोगिता २१ गतेसम्म चल्ने छ । पहिलो दिन भएको उद्घाटन खेलमा छात्रतर्फ फ्युचर ब्राइटर बोर्डिङ स्कुललाई ट्राइबेकरमा पराजित गर्दै गरिमा आवासिय माध्यमिक विद्यालयले बिजयी शुरुवात गरेको छ ।
१८ औँ मिनेटमा फ्युचरका निशान कार्कीले गोल गर्दै अग्रता दिलाएपनि गरिमाका अप्सन केसीले दोस्रो हाफको १०औँ मिनेटमा खेल बराबरी गरेका थिए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा गरिमा ४–३ गोलले विजयी भएको हो । गरिमाको जितमा अप्सन केसी, गगन थापा, प्रिन्स कुँवर र चिराग रोकाले गोल गर्दा सविन थापाको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो । फ्युचर ब्राइटरका लागि निशान कार्की, भोजबहादुर नेपाली, आशिष सुनारले गोल गर्दा आयुष कुँवर र अरुण भण्डारी गोल गर्न चुके । गरिमाले १८ गते हुने न्यु एभरेष्ट एकेडेमी र रुद्रेपिपल माध्यमिक विद्यालयबिच हुने खेलको विजयी टोलीसंग प्रतिष्पर्धा गर्ने छ ।
यस्तै छात्रातर्फ धौलागिरि बोर्डिङ स्कुललाई पराजित गर्दै न्यु ओयसिस एकेडेमी विजयी भएको छ । ओयसिसको जितमा आयुषा आलेले खेलको इनजुरी समयमा गरेको आर्कषक गोल नै जितको आधार बन्यो । ओयसिले शुक्रबार हुने फ्युचर र रुद्रपिपल मावि बीचको खेलको विजयी टोलीसंग सेमीफाइनल खेल खेल्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिक...
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...




प्रतिकृया लेख्नुहोस्: