कञ्चनपुर । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० मा प्रवेश गरेका छन्। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई टीका र खादा लगाएर स्वागत गरेका हुन्।
राजनीतिक विचलन, अवसरवाद र सत्तामुखी प्रवृत्तिका कारण नागरिक उन्मुक्ति पार्टीले जनताको अधिकार र समावेशी आन्दोलनको मर्म बिर्सिएको आरोप लगाउँदै रानाले बुधबार पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका थिए। राजीनामापछि केही घण्टामै माओवादी केन्द्र प्रवेश गरेका उनले आफ्नो राजनीतिक यात्राले फेरि मूल धारको परिवर्तनशील आन्दोलनसँग जोडिएको बताएका छन्।
‘नागरिक उन्मुक्तिले उठाएको मुद्दा महत्वपूर्ण भए पनि व्यवहारमा त्यो दिशाबाट विचलन भएको महसुस गरेँ। अब फेरि जनताको हक, अधिकार र पहिचानका लागि माओवादी आन्दोलनमार्फत अघि बढ्नेछु’ रानाले पार्टी प्रवेश कार्यक्रममा भने।
राना २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिका–८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। पछिल्लो संघीय निर्वाचनमा उनी कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पनि बनेका थिए। कञ्चनपुर जिल्लामा राजनीतिक रूपमा परिचित तथा प्रभावशाली नेताका रूपमा चिनिएका रानाको आगमनले सुदूरपश्चिममा माओवादी केन्द्र थप बलियो हुने अपेक्षा गरिएको छ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समावेशी आन्दोलनप्रति रानाको दीर्घकालीन योगदानको प्रशंसा गरे। उनले भने, “रानाजस्तो निष्ठावान र जनभावनासँग जोडिएका नेताको प्रवेश माओवादी आन्दोलनको नयाँ उर्जाका रूपमा लिइनेछ।”
उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको नेपाल सरकार पूर्व खानेपानी मन्त्री बीना मगरका स्वकीय सचिव दीपक तिमिल्सिनाले जानकारी दिए । नेताहरूले रानाको जनसंपर्क, नेतृत्व क्षमता र संगठनात्मक अनुभवले पार्टीको अभियानलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: