Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बोगटान फुड्सिल गाउँपालिकामा 'मातृभूमि महोत्सव' सम्पन्न

खबरडबली संवाददाता

दिपायल । डोटीको बोगटान फुड्सिल  गाउँपालिकामा  बोगटान समृद्ध अभियानअन्तर्गत 'मातृभूमि महोत्सव' सम्पन्न भएको छ।

समृद्ध बोगटान मूल नारा साथ गाउँपालिकाद्वारा आयोजित महोत्सवको एक समारोहबीच पालिका अध्यक्ष कमल गड्सिलाले उद्घाटन गरेका छन्।

बोगटानको चमरा चौतारास्थित श्री खत्याडी माविमा आयोजित महोत्सवमा बोगटान क्षेत्रको कला, साहित्य, संस्कृति, संकार,  सम्पदा   र बोगटान  क्षेत्रको समृद्धिका आधारबारे विभिन्न बक्ताले परिचर्चा गरेका थिए। 

बोगटान क्षेत्र कला, संस्कृति र प्रकृतिको अथाह भण्डार रहेको चर्चा गर्दै अध्यक्ष गड्सिलाले यहाँको समृद्धिसँग कला, संस्कृति, प्रकृति, पर्यटन र स्थानीय उत्पादन जोडिएकोले बोगटानको समृद्धिका लागि प्रत्येक वर्ष महोत्सव आयोजना गरिने बताए। उनले महोत्सवका माध्यमबाट अन्यत्र छरिएका बोगटानीहरूलाई पनि जोड्दै लगिने र सबैको सहयोगमा समृद्ध बोगटान अभिष्टलाई पूरा गरिने बताए।

यस क्षेत्रको विकास र समृद्धिका लागि बोगटानभन्दा  बाहिर रहेको दक्ष जनशक्तिलाई  जोडने र सहकार्य गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।

महोत्सवमा मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले बोगटान क्षेत्रको कला, संस्कृति, संकार र पहिचान  छुट्टै र विशेष प्रकारको रहेकोले यसलाई बोगटानको पहिचानका रुपमा जोगाइराख्नु पर्ने विचार व्यक्त गरे। बोगटानबाट बसाइ सरेर अन्यत्र गएकाहरूले आफ्नो मातृभूमिको समृद्धमा योगदान पुर्‍याउन बोगटान गाउँपालिकाले थालेको समृद्ध बोगटान अभियानमा जोडिनुपर्ने  र सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

गाउँपालिका अध्यक्ष गड्सिलाले समृद्ध बोगटान अभियानको थालनी गरी यस क्षेत्रको  कला, संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई संस्कारित, नैतिकवान, पठनशील र आफ्नो माटोप्रति कर्तव्यनिष्ठ हुन प्रेरित गर्ने कार्यको थालनी गरेकोमा खुशी व्यक्त गरे। 

आफूले आफ्ना कृतिमा बोगटानको भूगोलसँगका बाल्यकालीन सम्झनाका साथै  बोगटानी  जनजीवन र माटोको सुवास लेखेको अनुभूति सुनाए। बोगटानका प्रतिभाले  बोगटानजस्तो पवित्र भूमिको प्रकृति, संस्कृति र फरक संस्कारयुक्त जनजीवनलाई चिनाएर आफ्नो जन्मभूमिप्रतिको कर्तव्य निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा चर्चित राईझुमा गीतका गायक तथा काली कर्णालीको लोकसाहित्य तथा संस्कृति नामक पुस्तकका लेखक यज्ञराज उपाध्यायले पुराना पुस्ताको अवसानसँगै लोकसंस्कृति र संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। 

आफ्नो संकार, संस्कृति र परम्परा नयाँ पुस्तामा पढाउनका लागि स्कुलमा विद्यार्थीलाई हाम्रा संस्कार, संस्कृति र लोकजीवन पढाउनु पर्ने उनले विचार व्यक्त गरे। आजको पुस्ताका लागि संस्कार सहितको शिक्षा दिनुपर्ने आवश्यकता भएकोले बालबालिकालाई  घर र स्कुलबाट नै संस्कार र संस्कृति सिकाउनु पर्ने उनको राय थियो।

विद्यार्थीहरूमा  पठन संस्कृतिको विकास र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि  पालिकाभित्रका ६ कक्षाभन्दा माथिका करिब  १३ सय विद्यार्थीलाई  'बाआमा' आख्यान र   प्रत्येक  स्कुललाई एक/एक वटा कालीकर्णालीको लोकसाहित्य तथा संस्कृति नामक पुस्तक पालिकाको तर्फबाट अध्यक्ष गड्सिलाले प्रदान गरेका थिए। 

महोत्सवमा क्रिकेटको माध्यमले उल्लेखनीय योगदान गरी राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा बोगटान चिनाउने क्रिकेटर लोकेश बमलाई एक लाख राशीको पुरस्कारले सम्मानित गरिएको थियो। पुरस्कार ग्रहण गर्दै खेलाडी लोकेश बमले आफूलाई आफ्नो पालिकाका अध्यक्षले सम्झेर सम्मान गरिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए।

 कला, संस्कृति, शिक्षा, खेल र समाजसेवाका माध्यमले बोगटानको गौरव वृद्धि गर्ने प्रतिभाहरूलाई प्रत्येक वर्ष पालिकाले सम्मान गर्दै जाने अध्यक्ष गड्सिलाले बताए। 

पालिका उपाध्यक्ष विष्नादेवी बमको सभापतित्त्वमा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख चेतराज बिनाडीद्वारा अतिथिहरूलाई स्वागत गरिएको थियो।

कार्यक्रममा पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र नजिकका विद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूका पनि प्रस्तुति रहेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध क्रसर बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

धुलीखेल  । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...

नेकपा बैठकः निर्वाचन परिणामको समीक्षा र भावी रणनीतिमा केन्द्रित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...

दाार्चुलाको दुम्लिङ पुगेर किन रोए हर्क साम्पाङ ?

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...

भाउजूकाे नाममा देवरले एसइई परीक्षा दिएपछि...

सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...

इन्धन मूल्य वृद्धिबिच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...

उषा खड्गीको जाहेरीमा जिपी तिमल्सिना पक्राउ, एक रात हिरासतमा राखिने

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...

ललितपुरको थसीखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोराको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending