Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवार ली जे-म्युङ विजयी

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी सत्तारूढ पीपुल पावर पार्टी ९पीपीपी० का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका हुन् ।

प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए। जीतपछि लीले भने, ‘म मतदाताहरूसँग आभारी छु। म यो जिम्मेवारी कहिल्यै बिर्सिने छैन। म देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’

त्यसैगरी, पराजित उम्मेदवार किम मून–सूले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णय विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे–म्युङलाई जितको लागि बधाई दिन्छु।’

७८ प्रतिशत भन्दा बढी मतदाता सहभागी

यसपटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो । सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७.१ प्रतिशत थियो। दक्षिण कोरियामा सबैभन्दा धेरै मतदान सन् १९८७ को चुनावमा भएको थियो, जुन ८९.२ प्रतिशत थियो।

यसपटक चुनावमा ६ उम्मेदवार मैदानमा थिए, तर मुख्य प्रतिस्पर्धा डीपीके र पीपीपीबीच थियो।

समयअघि भएको राष्ट्रपतीय चुनाव

दक्षिण कोरियामा अर्को चुनाव सन् २०२७ मा हुने तय थियो। तर पीपीपीका नेता तथा तत्कालीन राष्ट्रपति युन सुक–योललाई सैनिक शासन घोषणा गरेको आरोपमा पदबाट हटाइएको थियो।

युनले मार्शल ल घोषणा गर्दा उत्तर कोरियाको खतरा र राज्यविरोधी शक्तिहरूको सक्रियतालाई कारण भनेका थिए । तर उनले आफ्ना राजनीतिक समस्याबाट छुटकारा पाउन यस्तो कदम चालेका थिए ।

उनले सैनिक शासन लगाएको एक हप्तापछि संसदले उनलाई महाभियोग लगायो। अप्रिल ४ मा संवैधानिक अदालतले महाभियोगलाई सदर गर्‍यो र उनलाई स्थायी रूपमा पदबाट हटायो। त्यसपछि, कानुनअनुसार ६० दिनभित्र अनिवार्य चुनाव गर्नुपर्ने व्यवस्थाअनुसार नयाँ निर्वाचन भएको हो ।

त्यही सैनिक शासन लगाउने छोटो तर अलोकतान्त्रिक बाटो रोज्दा पूर्व राष्ट्रपति युन सुक योलको राजनीतिक करियर समाप्त भएको छ । महाअभियोगपछि पदमुक्त भए पनि उनले अझै शक्ति दुरुपयोगको अभियोगमा आपराधिक मुद्दा खेपिरहेका छन् ।

दक्षिण कोरियामा राष्ट्रपति प्रत्यक्ष जनमतबाट निर्वाचित हुन्छन्। कार्यकाल ५ वर्ष हुन्छ, दोस्रो कार्यकालको अनुमति हुँदैन। यो नियम सन् १९८७ देखि लागू छ।

त्यहाँ उम्मेदवारहरूले चुनाव प्रचारका लागि २३ दिन मात्र पाउँछन्, जसले अनावश्यक खर्च रोक्न सहयोग गर्छ। राष्ट्रपतीय चुनाव एकै चरणमा हुन्छस सबैभन्दा बढी मत पाउने उम्मेदवार विजयी घोषित हुन्छ।

यसपटकको चुनावमा कुनै महिला उम्मेदवार थिएनन्, जुन १८ वर्षमा पहिलो पटक हो। सन् २०१२ मा चार महिला उम्मेदवार थिए। यसपटक प्रचार अभियानमा के–पप नृत्य र हिप–हप संगीत समेत प्रयोग भएको थियो।

दक्षिण कोरियामा कुल ४.२४ करोड मतदाता छन्, जुन देशको ८२प्रतिशत जनसंख्या हो। तिनीहरूमध्ये ५०.५प्रतिशत महिला छन्।यस चुनावका मुख्य मुद्दाहरू

यसपटकको चुनावमा उत्तर कोरियासँगको सम्बन्ध पनि महत्वपूर्ण मुद्दा बन्यो । दक्षिण कोरियाको राजनीतिमा उत्तर कोरिया जहिले मुख्य मुद्दा रहँदै आएको छ। २०२४ भर दुवै देशबीच तनाव रह्यो। डीपीके सम्बन्ध सुधार्न चाहन्छ भने पीपीपी कठोर नीति लिइरहेको थियो।

ट्रम्पले कोरियामा तैनाथ अमेरिकी सेनाको खर्च सोलले बेहोर्नुपर्ने अभिव्यक्ति दिंदै आएका छन् । साथै, भन्सार शुल्क (ट्यारिफ) को विषयमा पनि विवाद छ। यो विषयले पनि चुनावमा महत्व पायो ।

दक्षिण कोरिया अहिले विश्वकै सबैभन्दा कम जन्मदर (०.७५) भएको देश बनेको छ। त्यसैले चुनावमा यो मुद्दा पनि चर्चामा रह्यो ।

नवनिर्वाचित लीको करियर पनि विवादास्पद नै रहेको कोरियाली सञ्चार माध्यमले लेखेका छन् । केहीले उनीमाथि अभद्र व्यवहारको आरोप पनि लगाएका छन् ।

त्यसैले उनको जितलाई पीपीपी र यसको नेतृत्वले गरेको कमजोरीलाई जिम्मेवार ठहर्‍याउँदै टिप्पणी भइरहेको छ । कतिपय विश्लेषकले लोकतन्त्रको विघटन भइरहेको अनुभूति गरेका मतदाताले यस्तो निर्णय लिए । कतिपयले यसलाई पुरानो संस्थापनप्रतिको आक्रोशको मत भनेका छन् ।

मिन कन्सल्टिङका अध्यक्ष पार्क सुङ-मिनले बीबीसीसँग भनेका छन्, ‘चुनाव एउटा रिसको अभिव्यक्तिको माध्यम बन्यो‘ र यो सत्तारूढ पार्टीप्रतिको स्पष्ट अस्वीकार थियो, जुन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मार्शल ल कानूनका लागि जिम्मेवार थियो ।’ उनले थपे, ‘लीको जितले देखाउँछ कि मतदाताहरूले दक्षिण कोरियाको लोकतन्त्रलाई ‘सबैभन्दा माथि’ राखेका छन् ।’

चुनौतीका चाङ

लीले खुल्ला रूपमा श्रमिक परिवारमा बिताएको कठोर बाल्यकाल स्मरण गर्ने गरेका छन् । त्यसपछि उनले कलेज पढे र मानव अधिकार कानुन व्यवसायी बने।

कानुन अध्ययनपछि मात्र राजनीतिक जीवन सुरू गरेका लीले डेमोक्रेटिक पार्टी हुँदै २०२२ मा राष्ट्रपतीय उम्मेदवार बने पनि पराजित भए । चुनाव हारेको ३ वर्षपछि ६१ वर्षीय ली विजयी भएरै छाडेका छन् । यसपटक पनि मत सर्वेक्षणमा ली पछाडि परिरहेका थिए, तर बुधबार बिहानै प्रतिस्पर्धीले हार स्वीकार गर्दै उनलाई ‘विजयको लागि बधाई’ दिए।

जितको सम्भावना बढेपछि उनले ‘दक्षिण कोरियाली लोकतन्त्र पुनर्स्थापित गर्नु’ आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । यो आकस्मिक चुनाव ६१ वर्षीय लीले अघिल्लो राष्ट्रपतीय चुनाव झिनो अन्तरले हारेको तीन वर्षपछि आएको हो।

यद्यपि चुनावी विजयपछि पनि लीले प्रतिपक्षी पार्टी पीपीपीसँग सहकार्य गर्नुपर्नेछ । विभाजित देशलाई एकताबद्ध गर्ने र जनविश्वास पुनःप्राप्ति गर्ने क्रममा उनले पीपीपीका केही सदस्यहरूसँग सहकार्य गर्नुपर्ने हुनसक्छ ।

‘पूर्व राष्ट्रपति मुन र युन दुवैको कार्यकालमा बढ्दो ध्रुवीकरणले दक्षिण कोरियाको राजनीतिक परिदृश्यलाई गम्भीर रूपले विभाजित बनाएको छ,’ पार्कले भने, ‘लीले राष्ट्रिय एकताको कुरा त गर्छन्, तर उनी गहिरो द्विविधामा छन् कि विद्रोह प्रयास मानिएको सैनिक कानुनले बनाएको घाउहरू नबल्झाइ जवाफदेही कसरी बनाउने ?’

किनकि पीपीपीले चुनाव हारे पनि युनको समर्थनमा बलियो जमात अझै कोरियाली राजनीतिमा बाँकी नै छ जुन तत्काल कमजोर हुनेछैन ।

यी सबै चुनौतीका बीच नवनिर्वाचित राष्ट्रपति लीले भने, ‘म जनताको अपेक्षालाई निराश नपार्ने गरी, मेरो काँधमा आएको यो महान जिम्मेवारी र मिसन पुरा गर्न पूर्ण प्रयास गर्नेछु ।’

बीबीसी र एजेन्सीहरूको सहयोगमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending