Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

वर्तमान सरकार उत्पीडित वर्गहरूप्रति संवेदनशील छैनः अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार उत्पीडित वर्गहरूप्रति संवेदनशील नरहेको आरोप लगाएका छन् । छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने–'गठबन्धन सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा दलित मुद्दालाई उपेक्षा गर्नुले वर्तमान सरकार उत्पीडित वर्गहरूप्रति असंवेदनशील रहेको स्पष्ट हुन्छ।'

वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थ विरुद्ध बृहत् शान्ति सम्झौता पश्चात विसं २०६३ साल जेठ २१ गते पुनर्स्थापित संसद्‌बाट नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको स्मरण गर्दै उनले यो घोषणा साढे तीन हजार वर्षदेखि दलित समुदायमाथि भइरहेका सामाजिक विभेद अन्त्य गर्न गरिएको ऐतिहासिक पहल भएको बताए । 

ुहाम्रो पार्टीको नेतृत्वमा सञ्चालन भएको दशवर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनको जगमा निर्माण भएको नेपालको संविधानले दलित समुदायका हक–अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। संविधानमा छुवाछूत तथा विभेदजन्य कार्यलाई गम्भीर सामाजिक अपराधका रूपमा व्याख्या गरिएको छ। साथै, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि होु उनले शुभकामना सन्देशमा भनेका छन् । 

ऐन, नियम र नीति निर्माण तथा कार्यान्वयनमा ढिलाइका कारण आज पनि दलित समुदाय विभेद, उत्पीडन र बहिष्करणको चक्रबाट मुक्त हुन सकेका नसकेको भन्दै उनले जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहेको उल्लेख गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending