Ntc summer Offer
Khabar Dabali २३ आश्विन २०८२ बिहीबार | 9th October, 2025 Thu
Investment bank

सहकारी समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री अधिकारी

खबरडबली संवाददाता

सुर्खेत। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएको छन् । बुधवार वीरेन्द्रनगरमा भएको सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी कर्णाली प्रदेश स्तरीय अभिमूखिकरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएको हो । 

उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताए। उनले सहकारी संकटमा आए भनेर बजारमा हल्ला भन्दा पनि बदमास गर्ने सहकारीको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री अधिकारीले सहकारीले विधि विधान भन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताए। उनले ३१ हजार सहकारीमा २० वटा भन्दा बढीले बदमास नगरेको दाबी गरे।  

उनले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गरे । उनले ग्रामीण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताए। उनले सहकारी अभियान तथा अन्य सम्बन्धित निकायले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताए। 

त्यस्तै, प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनोदकुमार शाहले सहकारी अर्थतन्त्रको खम्बा भएको बताए । हल्ला चलेको जसरी कर्णालीमा भने सहकारीले बद्मासी नगरेको उनको भनाइ छ । उनले भने, ‘प्रदेशमा ३११ वटा सहकारी छन, एक-दुई वटा बाहेक सबैले राम्रै काम गरिरहेका छन्, सहकारीबारे नागरिक स्तरसम्म सचेतना पुर्‍याउन जरुरी छ ।’राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवि मल्लले सरकारले महासंघको हितको लागि न्यून मात्र बजेट विनियोजन गर्नेगरेको बताए । जसले गर्दा सहकारीको बारेमा जनतासम्म कार्यक्रम लिननसकिएको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र सुदनविरुद्ध कैलालीमा पनि उजुरी, दर्ता भने हुन बाँकी

धनगढी । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र (बालेन) शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध  एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ज...

जेनजी आन्दोलनपछि कांग्रेसको पहिलो बैठक बस्दै, सभापति देउवा उपस्थित हुने

काठमाडौँ । नेपाली कांगेसको केन्द्रीय कार्य समितिको बैठक असोज २६ गते बस्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ ।  पार्टी सभापति शेरबहादुर देउवाको...

कोशी प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

सङ्कटग्रस्त घोषणा र पुनर्निर्माण समन्वय टोली गठन

नेपाल सरकार र जर्मन सरकारबिच विभिन्न सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबिच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन...

लिचिबारी जग्गा प्रकरण: गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख बिगो मागदाबी, अरूलाई कति ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बुधबातत्कालीन संघीय ...

जापानमा भालुको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते

टोकियो । जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका कारण दुई जना मानिस घाइते भएको तथा छुट्टै आक्रमणमा अर्का एक व्यक्ति मृत फे...

बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध युवराज सफल भनिने युवराज पौडेलले पनि जिल्ला प्रहरी परिसर का...

सरकारलाई महेश बस्नेतको चुनौती, तिम्रो बाउको हिम्मत छ भने केपीलाई पक्राउ गर

काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले हिम्मत भए अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । ...

रौतहटको सवगढा लचकामा ३५ जना यात्रु सवार बस दुर्घटना

रौतहट। रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत पर्ने सवगढा लचकामा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको छ । पानीको बहाब धेरै रहेकोले बस अनिय...

बालेन र सुदनविरुद्ध एमाले निकट अखिलले देशैभरि जाहेरी दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध एमाले निकट विद्यार्थी संगठन अखिलले जाहेरी दिने भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending