काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति-सुरक्षा व्यवस्थालाई सुदृढ बनाई सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। बुधबार जारी विज्ञप्तिमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मुलुकका विकसित राजनीतिक घटनाक्रम, जेन–जेड पुस्ताका समूहले घोषित प्रदर्शन, विभिन्न समूह तथा राजनीतिक दलका अभिव्यक्तिहरूबाट शान्ति-सुरक्षा र मानव अधिकारमा पर्न सक्ने असरप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
आयोगले गत भदौ २३ र २४ गते भएका हिंसात्मक कार्य तथा आगजनीका घटनाहरूको अनुसन्धानलाई तीव्रता दिँदै विकसित परिस्थितिको निरन्तर अनुगमन र तथ्य संकलन कार्यलाई जोड दिएको छ। हिंसात्मक गतिविधि, नकारात्मक टीका-टिप्पणी तथा घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव र राजनीतिक वातावरणलाई धमिल्याउने भन्दै आयोगले यसबाट शान्ति-सुरक्षा तथा विधिको शासनमा प्रतिकूल प्रभाव नपर्ने गरी सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम तथा जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत संक्रमणकालीन अवस्थाबाट निकास दिन राज्यका निकायको दायित्व रहेको उल्लेख गरेको छ। आमनागरिकको पनि यस्तो प्रक्रियामा सहयोग गर्नु कर्तव्य भएको जनाएको छ।
विकसित परिस्थितिमा शान्ति-सुरक्षा र विधिको शासन मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता तथा संयमतापूर्वक कदम चाल्न सरकारलाई निर्देशन दिँदै आयोगले राजनीतिक दल तथा समूहहरूलाई प्रदर्शनलाई मर्यादित राख्न, घृणायुक्त अभिव्यक्ति रोक्न, सामाजिक सद्भाव कायम राख्न तथा स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। यसमा सहयोग गर्न नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकार समुदायलाई अपिल गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: