Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

कोशी प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

सङ्कटग्रस्त घोषणा र पुनर्निर्माण समन्वय टोली गठन

खबरडबली संवाददाता

विराटनगर। कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुन:निर्माण गरिदिने भएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा विराटनगरमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले ‘पुन:निर्माण अभियान’ सुरु गर्ने निर्णय गरेको हो । 

बैठकले सबैभन्दा बढी क्षति भएका इलाम, झापा र मोरङका घर पुन:निर्माण कार्य तत्काल सुरु गर्ने निर्णय गरेको हो । त्यसका लागि प्रदेश सरकारले घरहरूको विवरण सङ्कलन, नक्सा तयारी र निर्माण कार्य समानान्तर रूपमा अघि बढाउने तयारी गरेको छ ।

सङ्कटग्रस्त घोषणा र पुनर्निर्माण समन्वय टोली गठन

बैठकले इलामका सात पालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यहाँ पुन:निर्माणको नेतृत्व गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिइएको छ ।

सुनसरीमा वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र कानुन मन्त्री भण्डारीले समन्वय गर्नेछन् भने झापामा खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई पुनर्निर्माणको प्रमुख संयोजक तोकिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

सरकारी बैंकका सञ्चालकहरूले सामूहिक राजीनामा

काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकमा प्रतिनिधित्व गर्दै आएका सञ्चालकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक र कृषि...

बुटवलमा भूमिहीनको प्रदर्शन, विकल्पसहित व्यवस्थापनको माग

बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले विकल्पबिना बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन स...

जबर्जस्ती करणी आरोपमा बहालवाला वडाध्यक्ष पक्राउ

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय जुम्ल...

मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइयो, कानूनी उपचार खोज्ने छु: रास्वपा सांसद खरेल

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफ्नोविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालम...

साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौस...

सर्लाहीमा बस र मोटसाइकल जुध्दा चालकको मृत्यु

सर्लाही। बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका–९, खीला गाउँनजिक बिहीबार बस र मोटरसाइकल जुध्दा एक युवकको मृत्यु भएको छ ।  दुर्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending