Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रचण्ड कप भलिबल जेठ २७ देखि ३१ सम्म पोखरामा हुने

खबरडबली संवाददाता

पाेखरा । नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा ‘प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।

अखिल नेपाल खेलकुद महासङ्घको सहआयोजनामा हुने प्रतियोगिता जेठ २७ देखि ३१ सम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगितामा राष्ट्रिय स्तरका छ प्रमुख महिला टिमको सहभागिता रहने अखिल नेपाल खेलकुद महासङ्घ अध्यक्ष शिव कोइरालाले जानकारी दिए । 

प्रचण्ड कपमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने पक्का भएको छ ।

राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख र उपविजेताले तीन लाख रुपियाँ पाउने छन् । तेस्रो हुने टिमले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने नेसनल स्पोर्ट्स एकेडेमी अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपियाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

सहभागी टिमले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ । एकेडेमीका अध्यक्ष कोइरालाले भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको सन्दर्भमा यसको विकासका लागि कार्यक्रम गर्न लागिएको बताए । उनले भने, ‘भलिबल खेललाई व्यावसायिक उचाइमा पुर्‍याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौँ । यो प्रतियोगिता महिला भलिबल खेलाडीको क्षमताको पहिचान र प्रवद्र्धनमा कोसेढुंगा बन्ने विश्वास लिएका छौँ ।’ 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।  झुठ्ठा विवरण पेस गरी ना...

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त

काठमडौँ  । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था...

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक हुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालबहाक सवारी टिपर सञ्चालनमा नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धुलि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending