Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

रौतहटमा श्रृङ्खलाबद्ध तीनजना नवविवाहिताको हत्या

खबरडबली संवाददाता

रौतहट । पछिल्लो समय रौतहटमा शृङ्खलाबद्ध नवविवाहिता महिलाको हत्या सुरु भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको दाबी गरिएको छ।

कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको संकास्पद हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ। मात्र १ महिनाको अवधिमा यो तेस्रो नवविवाहिताको शंकास्पद हत्या हो। यसअघी एक नवविवाहिताको मृत्यु प्रकरणमा उनको श्रीमान माथी प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो। तर अर्को घटना अनुसन्धानकै क्रममा रहेको छ।

मंगलवार बेलुकी ८ बजे कटहरिया नगरपालिका १ भसेढवा बस्ने अनकेश यादवको श्रीमती बर्ष २२ कि अल्का यादव आफनै घरको सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको खबर लगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुग्दा उक्त महिला उतानो परी मृत अवस्थामा रहेको,निज मृतकले उल्टि गरेको, घटना सन्कास्पद रहेको डिएसपी राजन कार्कीले न्युज कारखानालाई बताए । प्रहरी टोली घटनास्थल पुगेपछी मृतकका श्रीमान अनकेश यादव र सासु बर्ष ४६ की शान्ति देवी फरार रहेको कारण मृतकको ससुरा बर्ष ५१ को रामपुकार प्रसाद यादव लाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिएका छन्।  मृतकको शव  पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ।

मंगलनार बेलुकी अल्काको श्रीमान, सासु, ससुरा मिलेर  कुटपिट गरी घाँटी थिचेर हत्या गरिर आत्महत्या देखाउन खोजेको माईती पक्षको दाबी रहेको छ। डिएसपी कार्कीका अनुसार अल्का यादवको मृत्युको घटना सम्बन्धमा गम्भीर रुपमा अनुसन्धान भईरहेको छ,। उसको ससुरा सँग घटनाबारे सोधबुझ जारी रहेको छ। पोष्टमार्टम रिपोर्ट संगै अनुसन्धान पूरा भएपछी घटनाबारे एकिनका साथ भन्नसक्ने डिएसपी कार्कीले जानकारी दिएका छन्। साथै फरार रहेका मृतकका श्रीमान र सासुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

दुईसाता अघि मात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया ३ बडेरवा घर भई हाल कटहरिया बजारमा बस्ने अहमद राय भाटको छोरा बर्ष २५ का अरमान राय भाट माथी ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको थियो। उनी हालसम्म फरार रहेका छन्। 

त्यस्तै गत १६ गते दुर्गा भगवती गाँउपालिका छेउ खोला किनार झाडीमा अनेक श्रृंगार बाट सजिएकी सुन चाँदीको गहना लगाएकी एक २४ बर्षिया नवविवाहिताको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटले घटना शंकास्पद भएको भन्दै अनुसन्धान सुरु भएको छ। तर हालसम्म घटनाको कारण तथा मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

दाईजो लगायत बिभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिता महिलाको हत्याको घटनामा वृद्धि भएको छ। घटना पछी राजनीतिक संरक्षण र आर्थिक चलखेलको कारण अपराधी कार्वाही बाट उम्किने गरेको कारण यस्ता जघन्य घटनाहरू दिनानुदिन बढ्दै गएको स्थानीयहरूले बताएका छन्।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending