Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

तीन दिन अख्तियारमा उपस्थित भए सहसचिव भट्टराई, कहाँ पुग्याे भिजिट भिसा प्रकरणकाे अनुसन्धान ?

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसामा सेटिङ गरेको उजुरीका आधारमा जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै नियन्त्रणमा लियो । 

सो दिन अख्तियारले छापा मारेर भट्टराईसँग सम्बन्धित अफिसियल र व्यक्तिगत डिभाइस समेत नियन्त्रणमा लिएको थियो । सोही प्रकरणले गर्माएको राजनीति अझै सेलाएको छैन  । 

सोही घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेसहितका माग राख्दै प्रतिपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै आएका छन् । प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामासहित संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गरिरहेका छन् । 

यही घटनामा प्रतिनिधिसभा बैठक जेठ १३ गते र जेठ २२ गते सुरु भयो तर प्रतिपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन । जेठ १४, २० र २१ गते सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिल्दा एकै दिनमा पटक–पटक सूचना टाँसेर स्थगित गरियो । अझै पनि दलहरूबिच सहमति बन्न सकेको छैन । शुक्रबार दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक समेत सत्तापक्ष र प्रतिपक्षबिच सहमति नजुटेकाले बस्नेरनबस्ने टुंगो छैन ।  

तर जसका कारण प्रतिनिधिसभा बन्धक बनिरहेको छ, उनै सहसचिव भट्टराई भने दैनिक गृह मन्त्रालय पुगेर हाजिर गर्दै फर्किँदै गरिरहेको पाइएको छ । भट्टराईलाई गृहमन्त्री लेखकस्तरीय निर्णयबाट अख्तियारले कार्यालयमा छापा मार्नुको अघिल्लो दिन मन्त्रालयमा सरुवा गरिएको थियो । उनको स्थानमा तत्कालीन पाँचथरका प्रमुख जिल्ला अधिकारी सहसचिव विष्णुप्रसाद कोइरालालाई सरुवा गरिएको थियो । त्यसको औपचारिक जानकारी गृह मन्त्रालयले १६ गते शुक्रबार चार प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गर्दा दिएको थियो । गृहले आवश्यक पर्दा कर्मचारीको सरुवा र काज गर्ने र धेरैको सरुवा र काज गर्दा औपचारिक रूपमा बाहिर ल्याउने गर्छ । 

गृह मन्त्रालय निकट स्रोतका अनुसार भट्टराई ९ गतेबाटै मन्त्रालय पुगेर हाजिर गरेका थिए । त्यसयता उनले मन्त्रालयमा हाजिर गरिरहेका हुन् । उनलाई कुनै जिम्मेवारी नदिएर जगेडामा राखिएकाले काम भने गर्न पर्दैन । 

भट्टराईले अख्तियारले नियन्त्रणमा लिने दिनसहित अहिलेसम्म तीन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर सामान्य बयान दिएका छन् । अख्तियार निकट स्रोतका अनुसार सहसचिव भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अख्तियारको कार्यालय टंगाल पुर्‍याएको थियो । त्यो घटनाबारे अनुसन्धान गरिरहेका अख्तियारका एक अनुसन्धान अधिकृतले  भने, ‘हामीले उजुरीका आधारमा उहाँलाई नियन्त्रणमा ल्याएर कार्यालयमा ल्यायौँ । उहाँले कानुन पढ्नु भएको रहेछ । पक्राउ पुर्जीबिना मलाई यहाँ किन ल्याएको भन्ने प्रश्न गर्नुभयो । त्यसपछि हामीले जवाफ दिने ठाउँ नै रहेन । अनि केही सोधपुछ गर्नुपर्ने भएकाले ल्याएको भनेर सोधपुछ कागज दिएर सामान्य सोधपुछ गर्‍यौँ र डिभाइस राखेर उहाँलाई पठायौँ ।’ 

त्यसपछि अख्तियारले भट्टराईलाई जेठ ८ गते बिहान १० बजे अख्तियारको टंगालस्थित कार्यालयमा बोलायो । उनी बोलाइएको समयमै पुगे । अनुसन्धान गरिरहेका ती अधिकृतले भने, ‘त्यो दिन हामीले उहाँविरुद्ध परेको उजुरीबारे जानकारी गरायौँ । प्रारम्भिक कुरामात्रै सोधेर करिब १५ मिनेटमा डिभाइसको ‘फरेन्सिक ल्याब रिपोर्ट’ आएपछि १० दिनपछि आउनु भन्दै पठायौँ ।’ 

त्यसको १० दिन जेठ १८ गते पुग्थ्यो । तर त्यो दिन उपत्यकामा मत्स्येयन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा थियो । त्यसपछि भट्टराई जेठ १९ गते अख्तियारको कार्यालयमा उपस्थित भए । ‘१९ जेठमा हामीले उहाँलाई पाँच प्रश्न सोध्यौँ । जुन केही उहाँविरुद्ध परेको उजुरीसम्बन्धी थिए । त्यसपछि २५ जेठमा आउने गरी छोडेका छौँ,’ ती अनुसन्धान अधिकृतले भने । 

अख्तियारले जेठ २५ गते आइतबार भने उनको डिभाइसमा भेटिएका प्रमाणका बारेमा बयान लिने जानकारी भट्टराईलाई गराएको स्रोत बताउँछ । 

गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालले भट्टराई निलम्बनमा नपरेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट रमना लिएर मन्त्रालयमा आएपछि हाजिर भएको बताए । तर उनी अहिले बिदामा रहेको रिजालको भनाइ छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट रमना लिएर मन्त्रालय आउनु भयो । केही दिन हाजिर गरेर अहिले बिदामा बस्नुभएको छ,’ महाशाखा प्रमुख रिजालले भने, ‘निलम्बनमा नपरेकाले हाजिर गराउन प¥यो । हाजिर गरेर बिदा लेखेर अहिले बिदामा हुनुहुन्छ ।’

अख्तियारले छानबिन गरिरहे पनि भट्टराई निलम्बनमा परेका छैनन् । अख्तियारले मुद्दा दर्ता ग¥यो भने मात्रै उनी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव राजेन्द्रप्रसाद पौडेलले भट्टराईमाथि अनुसन्धान जारी रहेको र टुङ्गिन समय लाग्ने बताए । ‘हामीले अनुसन्धान गरिरहेका छौँ । अनुसन्धानकै क्रममा रहेकाले धेरै बताउन मिल्दैन,’ प्रवक्ता पौडेलले भने, ‘र्‍याकेट हो यो । त्यसबारे गहिराइमा पुग्न त समय लागिहाल्छ ।’ ‘र्‍याकेट’ भन्नाले समूहमा चलाइने गैरकानुनी धन्दा भन्ने बुझिन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending