क्यानडा । तनावपूर्ण कूटनीतिक सम्बन्धपछि क्यानडा र चीनबिच सञ्चारका माध्यम नियमित गर्न सहमति भएको बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको कार्यालयले जनाएको छ ।
मार्क कार्नीले चीनका प्रधानमन्त्री ली कियाङसँग कुराकानी गरेका छन् । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्नुका साथै सञ्चारका माध्यमको उपायको महत्वबारे जोड दिए । उनिहरूबिच व्यापारको बारेमा पनि छलफल भएको र ‘फेन्टानिल सङ्कटलाई सम्बोधन गर्न’ सँगै काम गर्न दुबै देशका सरकारहरू प्रतिबद्ध रहेने बताइएको छ ।
सन् २०१८ मा अमेरिकी वारेन्टका आधारमा चिनियाँ टेलिकमका एक वरिष्ठ अधिकारी पक्राउ परेपछि बेइजिङ र ओटावाबिचको सम्बन्ध पछिल्ला वर्षहरूमा तनावपूर्ण बनेको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ प्रधानमन्त्री लीले क्यानडाका समकक्षी कार्नीसँग हालैका वर्षहरूमा चीन-क्यानडा सम्बन्धमा अनावश्यक गडबडी र गम्भीर कठिनाइको सामना गर्नुपरेको बताए ।
बढ्दो एकपक्षीयवाद र संरक्षणवादको सामना गर्दै चीन ‘बहुपक्षीयता र स्वतन्त्र व्यापारलाई संयुक्तरूपमा कायम राख्न क्यानडासँग मिलेर काम गर्न इच्छुक रहेको’ उनले बताए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कर वृद्धिले दुवै देशलाई निशाना बनाएको भन्दै दुबैले उक्त नीतिको आलोचना गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: