प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्याल (डीपी)ले नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवलाई बोल्ने समय दिएका थिए।
कांग्रेसका तर्फबाट धारणा राख्दै सांसद यादवले भारतसँगको सीमा विवादसम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे स्पष्ट जवाफ आउनुपर्ने पार्टीको अडान दोहोर्याए।
‘प्रधानमन्त्रीज्यूको सीमा सम्बन्धी विवादित र आपत्तिजनक अभिव्यक्तिको विषयमा हाम्रो विरोध जारी छ। यसबारे उहाँले संसद्मा जवाफ दिनुपर्छ,’ यादवले भने।
गत १७ जेठमा प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादका विषयमा दुई महत्वपूर्ण धारणा राखेका थिए।
प्रधानमन्त्री शाहले लिपुलेक–लिम्पियाधुरा क्षेत्रसम्बन्धी विषयमा नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफ प्राप्त भएको बताएका थिए। उनले यस विषयमा भारत र चीनसँगै बेलायत सरकारसँग समेत छलफल गर्नुपर्ने धारणा राखेका थिए।
त्यसैगरी प्रधानमन्त्री शाहले नेपालतर्फबाट पनि केही स्थानमा भारतीय भूमि प्रयोग भएको हुन सक्ने विषय उठाउँदै दुवै देशले अध्ययन गरेर समस्याको समाधान गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस सुरु भएको थियो। विपक्षी दलहरूले अभिव्यक्तिको तथ्य र आधारबारे प्रश्न उठाउँदै संसद्मा स्पष्ट पार्न माग गर्दै आएका छन्।
विपक्षी दलका अनुसार प्रधानमन्त्रीले संसद्मा उक्त विषय उठाएको लामो समय बितिसक्दा पनि थप स्पष्टीकरण दिएका छैनन्। यही मागलाई निरन्तरता दिँदै विपक्षी सांसदहरूले आजको बैठकमा समेत विरोध प्रदर्शन गरेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...
श्रावण २२ गते, २०८३ - १३:१०
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका ...
श्रावण २२ गते, २०८३ - १२:५६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्म...
श्रावण २२ गते, २०८३ - १२:३३
वीरगन्ज। पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला ...
श्रावण २२ गते, २०८३ - १२:१८
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...
श्रावण २२ गते, २०८३ - १२:००
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...
श्रावण २२ गते, २०८३ - ११:३१
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन ग...
श्रावण २२ गते, २०८३ - ११:००
सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...



प्रतिकृया लेख्नुहोस्: