Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्त्वपूर्ण आयाम स्थानीय तह भएको बताएकी छन् । विराटनगर महानगरपालिकाद्वारा आयोजित स्थानीय तहका उपप्रमुखहरूको दुई दिने राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको संविधानले सङ्घीय शासन प्रणालीमार्फत स्थानीय तह अर्थात् स्थानीय सरकारलाई अधिकार सम्पन्न र जनताप्रति उत्तरदायी बनाएको बताइन् ।

पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘स्थानीय तहमा महिला नेतृत्वले प्राप्त गरेको भूमिकाले समावेशिता, जबाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाइरहेको छ ।’ संविधानले स्थानीय पूर्वाधार निर्माण, विद्यालयको व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, वातावरण तथा जैविक विविधताको संरक्षण, कृषि प्रवर्द्धन, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइलगायत विषयमा स्थानीय सरकारलाई अग्रणी भूमिका प्रदान गरेको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणाली मात्र नभई अब एउटा जीवन पद्धतिका रूपमा विकसित भएको छ । गणतन्त्रको जगमा हामीले विकास निर्माणलाई तीव्रता दिएर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनु लाग्नुपर्छ ।’

पूर्व राष्ट्रपति भण्डारीले मुलुकमा सुशासन र पारदर्शिता आम चासोको विषय बनिरहेको सन्दर्भमा स्थानीय तहका जनप्रतिनिधिसहित सम्बद्ध सबैले यसमा ध्यान पुर्‍याउनु  आजको आवश्यकता भएको चर्चा गरिन् ।

उनले संवैधानिक व्यवस्थाले महिलाको प्रतिनिधित्व मात्र सुनिश्चित गरेको नभई नेतृत्वदायी भूमिकामा सहभागिता बढाएर विकास निर्माणका सारथि महिला पुरुष दुवै हुन् भन्ने मान्यतालाई पनि स्थापित गरेको उल्लेख गरिन्। पूर्व राष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकास निर्माणको प्रक्रियालाई तीव्रता दिनु आजको आवश्यकता भएकोमा जोड दिइन् ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले मानवीय विकास, आर्थिक चलायमानमा प्रदेश सरकारको मुख्य जोड रहेको धारणा राखे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीलगायतले स्थानीय तहमा विभिन्न दलहरूबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले जनताको काममा एकजुट भएर काम गर्नुपर्ने बताए । सम्मेलनमा २९१ स्थानीय तहका उपप्रमुखहरूको सहभागिता छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: