Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पाकिस्तानको व्यापार घाटा घट्यो, निर्यातमा उल्लेखनीय बृद्धि

खबरडबली संवाददाता

इस्लामाबाद । पाकिस्तानले चालु आर्थिक वर्षको मे महिनामा आफ्नो व्यापार घाटामा उल्लेखनीय सुधार गरेको छ ।

पाकिस्तान तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, देशको व्यापार घाटा मे महिनामा दुई अर्ब ६१ करोड ९० लाख अमेरिकी डलरमा सीमित भएको छ, जुन अघिल्लो अप्रिल महिनामा तीन अर्ब ४२ करोड २० लाख डलर थियो । यो २३ दशमलव पाँच प्रतिशतले घटेको हो ।

यो सुधारको मुख्य कारण देशको निर्यातमा भएको १७ दशमलव ४ प्रतिशतको बृद्धि र आयातमा आएको ७ दशमलव ६ प्रतिशतको गिरावट हो । वैशाख महिनामा दुई अर्ब १७ करोड ४० लाख डलर बराबरको वस्तु निर्यात भएको थियो भने मे महिनामा यो मात्रा बढेर दुई अर्ब ५५ करोड ३० लाख डलर पुगेको छ । उता, आयात भने घटेर पाँच अर्ब १७ करोड २० लाख डलरमा झरेको छ, जुन वैशाख महिनामा पाँच अर्ब ५९ करोड ६० लाख डलर थियो ।

वर्षेनी तुलना गर्दा व्यापार घाटा बढ्दो

यद्यपि मासिक रूपमा घाटा घटे पनि, अघिल्लो वर्षको सोही महिनासँग तुलना गर्दा पाकिस्तानको व्यापार घाटा बढेको देखिन्छ । गत वर्षको मे महिनामा पाकिस्तानले दुई अर्ब ८३ करोड ९० लाख डलर बराबरको वस्तु निर्यात गरेको थियो, जुन यस वर्ष १० दशमलव एक प्रतिशतले घटेर दुई अर्ब ५५ करोड ३० लाख डलरमा सीमित भएको छ । 

उता, सोही अवधिमा आयात भने ५ दशमलव दुई प्रतिशतले बढेर पाँच अर्ब १७ करोड २० लाख डलर पुगेको छ ।

हालसम्मको ११ महिनाको विवरण

सन् २०२४ को साउनदेखि २०२५ को मे सम्मको ११ महिनाको अवधिमा पाकिस्तानको कुल व्यापार घाटा २४ अर्ब डलर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको २१ अर्ब ६९ करोड ८० लाख डलरको तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो । यस अवस्थाले पाकिस्तानलाई वैदेशिक मुद्राको सञ्चिति, उद्योग उत्पादन, रोजगारी तथा मुद्रा सटही दरमा समेत असर पार्न सक्ने अर्थविशेषज्ञहरूको अनुमान रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending