बैंकक । म्यानमारको सत्तारूढ सैनिक सरकार (जुन्टा) ले राष्ट्रसङ्घ अन्तर्गतको श्रम संस्था (अन्तर्राष्ट्रिय श्रम सङ्ठन) ले पारित गरेको श्रम अधिकारसम्बन्धी प्रस्तावलाई शनिबार खारेज गरेको छ । उसले उक्त प्रस्तावलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ भएको आरोप लगाएको छ ।
श्रम सङ्गठनले बिहीबार आफ्नै नियमावलीको ३३ औं धारामा आधारित उपाय अपनाउँदै म्यानमारको सैनिक प्रशासनमाथि प्रतिबन्धसमेत लगाउन सकिने सङ्केत दिएको थियो । सो धारामा उल्लिखित व्यवस्थाहरू अत्यन्त गम्भीर मानव तथा श्रमिक अधिकार उल्लङ्घन भएको अवस्थामा लागू गरिन्छ ।
सङ्गठनले सबै सदस्य राष्ट्रहरूलाई म्यानमारसँगको सम्बन्धले ‘कुनै पनि रूपमा श्रमिकहरूको स्वतन्त्र सङ्गठन गर्ने अधिकार र जबर्जस्ती श्रमको उल्लङ्घनलाई प्रोत्साहन र निरन्तरता दिनु हुँदैन’ भनी आह्वान गरेको छ । साथै, अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि ‘सैनिक शासनअन्तर्गत श्रमिक अधिकारको उल्लङ्घनमा प्रत्यक्ष वा परोक्षरूपमा सहयोग पुर्याउने कुनै पनि कार्य’ रिपोर्ट गर्न अनुरोध गरिएको छ ।
यसका जवाफस्वरूप म्यानमारको श्रम मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सो प्रस्ताव ‘न्यायपूर्ण र निष्पक्ष नभएको’ बताउँदै त्यसलाई ‘राजनीतिक धारणाबाट प्रेरित’ भनिएको छ । सन् २०२३ मा गरिएको राष्ट्रसङ्घीय अनुसन्धानमा म्यानमारको सेनालाई श्रममा जबर्जस्ती प्रयोग नगर्न र श्रमिक सङ्गठनकर्मीहरूमाथिको हिंसा तुरुन्त रोक्न आग्रह गरिएको थियो । उक्त प्रतिवेदनमा श्रमिकको स्वतन्त्रता र जबर्जस्ती श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूको व्यापक उल्लङ्घन भएको ठहर गरिएको थियो ।
बिहीबार पारित भएको प्रस्तावमा म्यानमारका सैन्य शासकहरूले ती सिफारिसहरूलाई गम्भीर रूपमा ग्रहण नगरेको र कार्यान्वयनका कुनै स्पष्ट सङ्केत नदिएको भनिएको छ । तर म्यान्माले भने आफूले ती सिफारिसहरूलाई कार्यान्वयन गर्दै आएको, निरन्तर प्रगति भइरहेको, तर श्रम संस्थाले ती प्रयासहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ ।
आशिया प्रशान्त क्षेत्रका श्रमिक सङ्गठनहरूको महासङ्घका अनुसार, श्रम संस्थाले आफ्नो सय वर्षे इतिहासमा केवल तेस्रो पटक यस्तो कठोर धारामा आधारित उपाय अपनाएको हो । सन् २०२१ मा प्रजातान्त्रिक सरकार प्रमुख आङ सान सु चीलाई हटाएर सैनिकले सत्तामा कब्जा जमाएपछि म्यानमारमा निरन्तर द्वन्द्व, दमन र श्रमिक अधिकार उल्लङ्घनको अवस्था जारी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: