Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘महिलाको लिङ्ग चेक गर्ने’ पूर्वमन्त्रीविरुद्ध मुद्दा दायर

के हो घटना ?

खबरडबली संवाददाता

काठमाडौं ।  राप्रपा नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राप्रपाका नेता सुब्बालगायत तीन जनाविरुद्ध एक महिलाले गैरकानुनी शरीर तलासी तथा बेइज्जती मुद्दा दायर गरेकी हुन् ।

सुब्बा २०७२ मा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारका भूमिसुधार मन्त्री बनेका थिए । सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल साह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् । आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलासी तथा बेइज्जती गरेको आरोप उनको छ ।

के हो घटना ?

श्रीमानसहित परिवारका सदस्यहरूले हेलाहोचो गरी घरबाट निकाला गरेको भन्दै पीडित महिलाले यसअघि अंश मुद्दा दायर गरेकी थिइन् । श्रीमान र ससुराको बारम्बारको यातनाको कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्यादसमेत नबुझेको र गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र ससुरा गोपालसाहमेत माइतीमै आएर दुर्व्यवहार गरेको पीडितको भनाइ छ ।

सुब्बाले आफूलाई ‘तिमी महिला नरहेको, महिलाको गुण नरहेको, महिलाको स्वरूप नरहेकोले घरजम नभएकोले हेर्न आएको’ भन्दै धाकधम्की दिएको उनको जाहेरीमा उल्लेख छ । ‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला ण्सुनिता घिमिरे) कर्मचारी ल्याएका छौं । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए’ जाहेरीमा पीडितले भनेकी छन्, ‘मैले इन्कार गरे। मेरो परिवारले पनि उक्त कुराको ईन्कारी गर्नुभयो । तर, प्रतिबादी रामकुमार सुब्बाले आफू पूर्वमन्त्री रहेको तथा प्रहरी प्रशासन सबैमा प्रभाव रहेकोले सार्वजनिक रूपमा नांगेझार पार्छौ भन्दै ममाथि र मेरो परिवारमाथि मानसिक र शारीरिक रूपमा दवाव सिर्सना गर्दै जान थाल्नुभयो ।’

सुब्बासहितले आफ्नो अङ्गहरू हेर्न र महिला, पुरुष वा अन्य तेस्रो लिङ्गी भन्दै सँगै आएकी सुनिता घिमिरेलाई आदेश दिएको पीडितको भनाइ छ । उनीहरुको निर्देशनपछि घिमिरेले आफ्नो देब्रे पाखुरामा समातेर जबरजस्ती घरको भान्साको छेउमा लगेर सबै कपडा खोली गोप्य अङ्गहरू हेरेको उनले बताएकी छन् । त्यसपछि हिँजडा हैन रहेछ भन्दै प्रतिवादीहरू फर्किएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending