Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

बढी भार बोक्ने गाडी नियन्त्रण गर्न प्रहरीको २४ घण्टे गस्ती

खबरडबली संवाददाता

नवलपुर। बढी भार बोक्ने ठुला गाडीका कारण धमाधम पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरका पुल भाचिन थालेपछि प्रहरीले २४ घण्टा गस्ती गर्न थालेको छ ।

मर्मत गरी सञ्चालनमा आएको चोरमारास्थित गिरुवारी खोलाको पुलबाट बढी भार बोकेका गाडी चल्न रोक लगाउन २४ घण्टा प्रहरीले ड्युटी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए।

प्रहरीले यो पुलबाट ४० टनभन्दा बढी भार बोकेका गाडी चलाउन प्रतिबन्ध लगाएको छ । निर्धारित तौलभन्दा बढी भार बोकेका गाडीलाई नियन्त्रणमा लिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराका अनुसार ४० टनभन्दा बढी भार बोकेका ११ वटा गाडीलाई दुम्कीवासमा होल्ड गरेर राखिएको छ । दुम्किवासबाट पास भएर आएका ९ वटा गाडीलाई कारबाही गरिएको छ भने दुई वटा गाडीको भार मिलान गरेर गन्तव्यतर्फ लागेका छन् ।

यीमध्ये दुई वटा मात्र नेपाली गाडी हुन् भने बाँकी सबै भारतीय नम्बर प्लेटका गाडी हुन् । बढी भार बोकेर आएका गाडीहरूलाई अर्को गाडीमा भार मिलाएर मात्र गन्तव्यमा जान दिइएको प्रहरी निरीक्षक बन्जराले बताए।

गाडीको क्षमता ४० टनमन्दा माथि बोक्न सक्ने भए पनि निक्कै पुराना र जोखिमपूर्ण पुलका कारण सडक विभागको निर्देशनमा यस्तो गर्नु परेको प्रहरी प्रमुख ढकालले बताए।

भार नियमन गर्ने उपकरण भने प्रहरीसँग छैन । गाडीहरूले बोकेको बिल, भन्सार विभागले निर्धारण गरेको तौल र बेल्डहियामा रहेको धर्मकाँटाले लिएको तौलका आधारमा भार एकिन गर्ने गरिएको ढकालको भनाइ छ।

नवलपुरमा होङ्सी र सिजी सिमेन्टबाट आउने ठुला गाडीमा भारको समस्या हुने गरेको प्रहरीको भनाइ छ । बढी भार बोकेका गाडीहरुका कारण दुम्कीवासको विनयी खोलार चोरमाराको गिरुवारी खोलाको पुल भाँचिएपछि प्रहरीले कडाइ गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेस्सीको ६ गोल प्रेरित अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा

काठमाडौँ। कप्तान लियोनल मेस्सीले समूह चरणमा ६ गोल पूरा गरेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह जे अ...

रुखबाट लडेर घाइते बालिकाको उपचारका क्रममा मृत्यु

बाजुरा। रुखबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा सनिधन भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–३ की प्रिन्सा रा...

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending