Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान माधव नेपाल र विप्लवसँग एकताको लागि छलफल जारी छ: अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपालकाे नेकपा एकीकृत समाजवादीसँग र न विप्लवकाे नेकपासँग पार्टी एकताको छलफल चलिरहेको बताएका छन् ।

मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका अन्य दलसँग पनि एकता हुने बताएका छन् । ‘केही दिन अघि दुईवटा पार्टीसँग एकता समायोजन पनि भयो । अहिले अरु पार्टीसँग पनि एकताको निम्ति छलपल चलेको छ,’ प्रचण्डले भनेका छन्, ‘विप्लव र माधव नेपालले नेतृत्व गरेको पार्टीसँग पनि हाम्रो मोर्चा त बनेकै छ । पार्टी एकताबारे पनि छलफल चलिरहेको छ ।’

प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको र अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको पनि जिकिर गरे ।

‘देशैभर एकचोटी माओवादी केन्द्रको पक्षमा माहोल बन्दै गएको छ । यो परिस्थितिमा पार्टी केन्द्रले पनि अझै राम्रोसँग जनतासँग जोडिने भनेर हामीले विशेष योजना अन्तर्गत नै अभियान चलेको छ,’ प्रचण्डले भनेका छन् । उनले हुलाकी राजमार्ग केन्द्रीत अभियानकै क्रममा पनि ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको दाबी गरे । ‘हुलाकी मार्गमा मात्रै ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको रेकर्ड देखियो । यो माओवादीप्रति देखिएको सकारात्मक भाव हो,’ प्रचण्डले भनेका छन् ।

प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविककरणको कार्यलाई प्राथमिकतामा राखिएको जिकिर पनि गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा सवारी दुर्घटनामा ६ जना घाइते

उदयपुर ।  उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका ...

करदाता सेवा कार्यालय खारेजीको विरोधमा राजविराज बजार बन्द

सप्तरी । करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध उद्योग वाणिज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेको छ । संघले शुक्रबार बिहानदेखि राजविराजको मुख्...

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्...

हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम आदेश पाउन असफल भएका छन् । सर्वोच्च अदालतले उनलाई प्राधि...

प्रतिनिधिसभा निर्वाचन: प्रचार–प्रसार अवधि १४ दिनको मात्रै हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले फागुन २१ गतेका लागि मिति तोकिएको निर्वाचनका तयारी तीव्र...

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कक क्षेत्रमा पक्राउ अभियान जारी

रामल्ला । इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने ...

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो । दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाए...

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

इस्तानबुल । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्त...

लेबनानमा भएको इजरायली आक्रमणको इरानद्वारा निन्दा

तेहरान । इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता“को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले ...

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्प ‘खुला’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending